News Portal

  • मङ्सिर १४ मा फेरि चुनाव : भक्तपुरमा पनि हुने

    भक्तपुर, १८ साउन
    १८७६ पटक
    भक्तपुर, १८ साउन

    लामो समयदेखि जनप्रतिनिधि विहीन बनेका निर्वाचन क्षेत्रहरुमा उप निर्वाचन गर्ने मिति तय भएको छ । निर्वाचन आयोगको बैठकले उप निर्वाचन गर्ने मिति तय गरेको हो ।

    निर्वाचन आयोगले ४ महिनाको अवधी राखेर उपनिर्वाचन गर्ने मिति सार्वजनिक गरेको छ । आयोगको शुक्रवार बसेको बैठकले मंसिर १४ गते उप निर्वाचन गर्ने निर्णय गरेको बताइएको छ ।

    प्रतिनिधिसभा, प्रदेश सभा र स्थानीय तहसम्म रिक्त रहेका सबै पदमा एकसाथ मंसिर १४ गते उप निर्वाचन गर्ने आयोगका प्रवक्ता शंकरप्रसाद खरेलले जनाए । प्रतिनिधिसभा, प्रदेशसभा र स्थानीय तहमा गरी ५० जना जननिर्वाचित पदाधिकारीकाे पद विभिन्न कारणले रिक्त छ ।

    विभिन्न ३७ जिल्लामा गरी प्रतिनिधि सभासदस्य १ , प्रदेश सभा सदस्य ३ उपमहानगरपालिका प्रमुख १, गाउँपालिका अध्यक्ष ३, गाउँपालिका उपाध्यक्ष १, गाउँपालिका तथा नगरपालिका वडाध्यक्ष ४१ सहित कुल ५० रिक्त स्थानका लागि उपनिर्वाचन हुने प्रवक्ता खरेलले जानकारी गराए ।

    तत्कालिन पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारीको निधन पछि कास्की क्षेत्र नम्बर २, प्रतिनिधिसभा सदस्यविहीन छ ।

    त्यसैगरी ,प्रदेश ३ अन्तर्गत भक्तपुर निर्वाचन क्षेत्र नम्बर १ ‘ख’ बाट निर्वाचित हरिशरण लामिछानेको निधनपछि प्रदेशसभा सदस्यको पद खाली छ भने गण्डकी प्रदेश अन्तर्गत बाग्लुङ क्षेत्र नम्बर २ ‘ख’ का सांसद टेकबहादुर घर्ती र प्रदेश पाँच अन्तर्गत दाङ क्षेत्र नम्बर ३ ‘ख’ बाट निर्वाचित प्रदेशसभा सदस्य उत्तरकुमार ओलीको निधनपछि ति स्थान पनि जनप्रतिनिधि विहीन बनेका छन ।

    विभिन्न ३७ जिल्लामा उपमहानगरपालिका प्रमुख १, गाउँपालिका अध्यक्ष ३, गाउँपालिका उपाध्यक्ष १, गाउँपालिका तथा नगरपालिका वडाध्यक्ष ४१ जना पनि रिक्त रहेका छन् ।

    प्रतिनिधिसभादेखि स्थानीय तहसम्म रिक्त रहेका यि विभिन्न ५० स्थानका लागि मंसिर १४ गते उप निर्वाचन गर्ने निर्वाचन आयोगले निर्णय गरेको हो ।

    भक्तपुरमा पनि आयो चुनाव

    निर्वाचन आयोगले रिक्त सबै स्थानमा निर्वाचन गर्ने निर्णय गरेसंगै भक्तपुरमा पनि उपनिर्वाचन हुने भएको छ । यहाँ निर्वाचन क्षेत्र नम्बर १ को प्रदेश नम्बर १( ख ) बाट निर्वाचित प्रदेश सभा सदस्य हरिशरण लामिछानेको रिक्त रहेको पदमा उप निर्वाचन हुने भएको हो ।

    गत वर्ष ३१ वैशाखमा उनको हृदयघातका कारण निधन भएपछि उनी निर्वाचित स्थान रिक्त रहदै आएको छ ।
    तत्कालिन नेकपा (एमाले )बाट उम्मेदवार बनेका लामिछाने १२ हजार ७ सय ८९ मतसहित प्रदेश सभा सदस्य निर्वाचित भएका थिए ।

    मङ्सिर १४ मा हुने उपनिर्वाचनका लागि फेरि यस क्षेत्रमा चुनावी रन्को शुरु हुने भएको छ ।

    प्रतिकृया दिनुहोस्

    मध्यपुर थिमिमा जेष्ठ नागरिक र गर्भवतीलाई नि:शुल्क वडागत स्वास्थ्य सेवा शुरु

    भक्तपुरको मध्यपुर थिमि नगरपालिकाले जेष्ठ नागरिक र गर्भवती महिलाहरुको लागि नि:शुल्क वडागत स्वास्थ्य सेवा शुभारम्भ...

    साथीको घरमा युवकको शव फेला

    भक्तपुरको चाँगुनारायण– ४ मा एक युवक मृत फेला परेका छन् । १९ वर्षीय निरोज लामा...

    चाँगुनारायणमा ५० जनालाई झोल साबुन बनाउने तालिम

    प्रमुख प्रतिपक्षी दल नेकपा (माओवादी केन्द्र) को महिला संगठन अनेमसंघ (क्रान्तिकारी)ले चाँगुनारायणमा सिपयुक्त स्वरोजगार गृहिणी...

    भारतमा नेपाली विद्यार्थीमाथि दमन भएको भन्दै भक्तपुरमा बिरोध प्रदर्शन

    भारतको ओडिसा राज्यको राजधानी भुवनेश्वरस्थित कलिंगा इन्स्टिच्युट अफ इन्डस्ट्रियल टेक्नोलोजी (केआईआईटी) विश्वविद्यालयमा अध्ययनरत एक नेपाली...

    कुकुरलाई हेर्ने दृष्टिकोण बदलौँ !

    “कुकुर” समाजमा हुने अरु प्राणीसरह नै हो । अझ भन्ने हो भने कुकुरको काम अरू...