News Portal

  • ६ लेन सडकमा हरियाली अभियान शुरु : प्राणी उद्यानलाई पूर्णता दिने बन मन्त्रीको प्रतिवद्धता

    भक्तपुर, १८ साउन
    १४५७ पटक
    भक्तपुर, १८ साउन

    भक्तपुरको सूर्यविनायकदेखि मनोहरासम्मको सडकमा हरियाली प्रवर्द्धन अभियान आरम्भ भएको छ । उक्त ६ लेन सडकको बिच भागमा विरुवा र दुबो लगाएर हरियाली बनाउने अभियान सुरु भएको हो ।

    शनिवार हनुमन्ते नदी सफाई अभियानको ७५ औं हप्ताको विशेष कार्यक्रममा सूर्यविनायकको घलातेस्थित सडक क्षेत्रमा विरुवा र दुबो लगाएर बन तथा वातावरण मन्त्री शक्तिबहादुर बस्नेतले हरियाली प्रवर्द्धन अभियान शुरु गरेका हुन् । उक्त अभियानमा बन तथा वातावरण मन्त्रालयले १ करोड बजेट समेत उपलब्ध गराएको छ ।

    उक्त अवसरमा उपस्थित सभालाई सम्बोधन गर्दै मन्त्री बस्नेतले भक्तपुरको पर्यावरण जोगाइराख्न र यहाँको इतिहास, कला र सस्कृती हेर्न आउने पर्यटकलाई आकर्षित गर्न हरियाली प्रवर्द्धन अभियान उपयोगी हुने बताए ।

    नेपाल आउने सबै पर्यटकलाई भक्तपुर भित्राउन आवस्यक रहेको भन्दै मन्त्री बस्नेतले त्यसका लागि सुन्दर , सफा र हराभरा भक्तपुर बनाउन आफ्नो मन्त्रालयले सहयोग गर्ने प्रतिवद्धता प्रकट गरे । सूर्यविनायकमा निर्माणाधिन प्राणी उद्यानलाई पूर्णता दिन आफू अग्रसर रहेको जानकारी गराउदै उनले डिपिआर तयार भैसकेकाले छिट्टै पूर्णता पाउने जिकिर समेत गरे ।

    कार्यक्रममा बोल्दै प्रतिनिधि सभाका सांसद महेश बस्नेतले हनुमन्ते नदी सफाई अभियानले नदी सफ़ाइका अलावा विविध सृजनात्मक अभियान मार्फत भक्तपुरको विकाशलाई अगाडी बढाएको बताए । उनले राजनीतिमा प्रतिस्पर्धा भएपनि विकासमा एक्यवद्धता हुनुपर्नेमा जोड दिंदै हनुमन्ते नदी सफाई अभियानले मानिसहरुको मन पनि सफा गरिदिएको दावी गरे ।

    पूर्व उद्योग मन्त्रीसमेत रहेका सांसद बस्नेतले भक्तपुरमा प्रदुषणयुक्त इट्टा भट्टा बन्द गर्नुपर्ने धारणा समेत व्यक्त गरेका थिए ।

    सूर्यविनायक नगरपालिकाका प्रमुख वासुदेव थापाको अध्यक्षतामा सम्पन्न कार्यक्रममा हनुमन्ते नदी सफाई अभियानमा सरिक रहेका प्रहरी, सेना र अभियन्तालाई सम्मान समेत गरिएको थियो भने उक्त अवसरमा प्रदेश नं ३ की सांसद रजनी जोशी, मध्यपुरथिमि नगरपालिकाका उपप्रमुख अञ्जनादेवी मधिकर्मी, हनुमन्ते सफाई अभियानका अभियन्ता रुद्र पौडेल लगायतले अभियानको महत्व र औचित्वमाथि प्रकाश पारेका थिए । कार्यक्रममा प्रदेश सांसद प्रतिमा श्रेष्ठ, स्थानीय जनप्रतिनिधिहरु, सत्तारुढ नेकपाका नेताहरु, प्रमुख जिल्ला अधिकारी, बिभिन्न कार्यालयका प्रमुखहरु लगायत अन्य अभियन्ताहरुको उपस्थिति रहेको थियो ।

    प्रतिकृया दिनुहोस्

    हनुमन्ते खोलामा सेनाका हवल्दारको शव फेला

    भक्तपुर । भक्तपुर-१, सल्लाघारी स्थित हनुमन्ते खोलामा शव फेला परेको छ । दिउँसो करिब साढे...

    भक्तपुर आए आधा दर्जन सहसचिव

    भक्तपुर । नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठानका प्रशिक्षार्थी रहेका निजामती सेवाका सहसचिवहरुले भक्तपुर नगरपालिकाको अध्ययन भ्रमण...

    बनेपाको अग्नी सहकारी पीडितलाई उजुरी गर्न एक हप्ताको समय

    काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका–८ सिनागालमा अवस्थित ‘अग्नी बचत तथा ऋण सहकारी संस्था लिमिटेड’सँग सम्बन्धित...

    इप्सन भक्तपुरको वादविवादमा यी भए अगाडि

    भक्तपुर । शिक्षा अब केवल परीक्षाको अङ्कमा मात्र सीमित रहेन, तर्क, विचार र अभिव्यक्तिको पनि...

    ललितपुरमा राधा–लक्ष्मण क्रियाशील पत्रकारिता पुरस्कार स्थापना

    ललितपुर, २२ साउन २०८२ । नेपाल पत्रकार महासंघ, जिल्ला शाखा ललितपुरले पत्रकारितामा सक्रिय योगदान पुर्‍याउने...