News Portal

  • सरकारले भक्तपुरलाई पक्षपातपूर्ण व्यवहार गरेको नेमकिपा अध्यक्ष बिजुक्छेको आरोप

    भक्तपुर, २० साउन
    ११४५ पटक
    भक्तपुर, २० साउन

    नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छे ‘रोहित’ले सरकार सबैको साझा हुन नसकेको आरोप लगाएका छन् । जुनसुकै सरकार पनि भक्तपुर भनेपछि पक्षपातको आखाँले हेर्ने उनको आरोप छ ।

    आइतवार भक्तपुरको ख्वप बहु–प्राविधिक अध्ययन संस्थानमा आयोजित शिक्षक–कर्मचारी भेलामा अध्यक्ष बिजुक्छेले सत्तासीन दलको स्वार्थ र पक्षपातपूर्ण व्यवहारको आफू भुक्तभोगी भएको जिकिर गरे । उनले दलीय स्वार्थ भन्दा माथि उठेर निस्वार्थ काम गर्ने सरकार बन्न नसक्नु बिडम्बना भएको बताए ।

    ख्वप नामक शैक्षिक संस्थाहरुको स्थापनाका लागि विगतमा गर्नुपरेको संघर्षको बेलीबिस्तार लगाउदै अध्यक्ष बिजुक्छेले भक्तपुरले दुख गरेर स्थापना गरेको सस्थालाई सबै मिलेर अझ सबल बनाउदै अघि बढ्नुपर्नेमा जोड दिए । उनले ख्वप देशमा उदाहारणीय शैक्षिक सस्थामा दर्ज हुन सफल भएपनि ख्वप विश्वविद्यालयलाई स्वीकृति नदिइएको प्रति आक्रोस व्यक्त गरे । सरकार आफू पनि गर्न नसक्ने र भक्तपुरले गर्छु भन्दा गर्न नदिने आरिसे स्वभावको भएको उनको आरोप छ ।

    प्रजग कोरियामा १ सय ११ जनाका लागि १ जना डाक्टर उपलब्ध रहेको स्मरण गर्दै उनले राज्य शिक्षाप्रति उदाशीन हुँदा नेपालमा शिक्षाको व्यापारीकरण भएको र शिक्षाको सहज पहुँच नहुँदा जनशक्ति अभाव भएको धारणा व्यक्त गरे । ”कम शुल्कमा मेडिकल शिक्षा प्रदान गर्ने ख्वप विश्वविद्यालयलाई स्वीकृति नदिनुबाट सत्तासीन दलको स्वार्थ, दलीय संकीर्णता र पक्षपातपूर्ण व्यवहार प्रष्ट हुन्छ ।” उनले भने ।

    उक्त अवसरमा आफ्नो मन्तब्य राख्दै भक्तपुर नगरपालिकाका प्रमुखसमेत रहेका ख्वप बहु–प्राविधिक अध्ययन संस्थान सञ्चालक समितिका अध्यक्ष सुनिल प्रजापतिले संस्थान भक्तपुरको शान भएकोले यसलाई अझ जनताको अधिकत्तम हितमा जोड्न क्रियाशील रहने प्रतिबद्धता प्रकट गरे । उनले यहाँका शिक्षक–कर्मचारीहरु अरुको तुलनामा अब्बल हुनुका साथै सेवाभावले ओतप्रोत रहनुपर्ने आवश्यकता औल्याए ।

    सस्थानलाई सवैले हेरिरहेकोले सांगठनिक नैतिकतालाई कायम राख्दै एक उदाहरण बन्न पर्नेमा उनको जोड रहेको छ । प्रमुख प्रजापतिले ख्वप नाम सुन्ने बित्तिकै संस्थाहरुलाई विभिन्न बहानामा दुःख दिइरहने प्रवित्तिबाट निरास नहुन र त्यसको कडा प्रतिवाद गर्न सम्पूर्ण शिक्षक–कर्मचारीहरुलाई प्रेरित गरेका थिए ।

    उक्त अवसरमा संस्थानका प्राचार्य डा. रत्नसुन्दर लासिवा त्यसैगरी अन्य शिक्षक–कर्मचारीहरुले सस्थानको अवस्था, समस्या र सम्भावनाबारे बोलेका थिए ।

    प्रतिकृया दिनुहोस्

    खसीबोका चोरेर मासु बेच्ने गिरोह भक्तपुरमा समातियो

    भक्तपुरका विभिन्न ठाउँबाट घरको गोठमा बाँधिएका खसीबोका चोरीएको गुनासोले गर्दा सक्रिय प्रहरीले चोरीमा संलग्न दुई...

    प्रधानमन्त्री प्रचण्ड शनिवार सूर्यविनायक आउने

    प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड भक्तपुर आउने भएका छन् । शनिवार दिउँसो उनी भक्तपुरको सूर्यविनायक आउने...

    गृहमा रविले नसकेको रेकर्ड राख्न श्रेष्ठ सफल : पहिलो निर्णयले नै जोगियो देशको दैनिक पाँच लाख

    गृह मन्त्रालय सम्हाल्न पुगेका उपप्रधानमन्त्री नारायणकाजी श्रेष्ठले सुराकीको नाममा गृहमन्त्री र गृहसचिवले खर्च गर्न पाउने...

    अरनिको हाइवेस्थित पलासेमा मोटरसाइकल दुर्घटना हुँदा चालकको निधन

    भक्तपुरको अरनिको हाइवेस्थित सूर्यविनायक ९ पलासेचोकमा सवारी दुर्घटना हुँदा एक मोटरसाइकल चालकको ज्यान गएको छ...

    भक्तपुर–नगरकोट सडकखण्डको ठेक्का सम्झौता रद्द

    सरकारले भक्तपुर–नगरकोट सडकखण्डको ठेक्का सम्झौता रद्द गरेको छ । दुई वर्षमा सम्पन्न गर्ने गरी ठेक्का...