News Portal

  • भक्तपुरस्थित आयोजनामा कार्यरत नायव सुब्बा रंगेहात समातिए

    भक्तपुर, २० साउन
    २६१९ पटक
    भक्तपुर, २० साउन

    भक्तपुरस्थित दिब्येश्वरी जग्गा अधिग्रहण आयोजनामा कार्यरत नायव सुब्बा अख्तियारको फन्दामा परेका छन् । लालपुर्जा बनाईदिने प्रयोजनको लागि सेवाग्राहीसँग घुस लिएपछि उनी अख्तियारको फन्दामा परेका हुन् ।

    उक्त आयोजनामा कार्यरत देउमान कडरियालाई घुस रकम सहित रंगेहात पक्राउ गरिएको अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जनाएको छ । आयोगको विशेष टोलीले कडरियालाई सोमवार समातेको हो ।

    आयोगका प्रवक्ता प्रदीपकुमार कोइरालाका अनुसार उनलाई पेप्सीकोलास्थित दाजुभाई सेकुवा घरबाट घुस रकम सहित रंगेहात नियन्त्रणमा लिइएको छ । उनलाई सेवाग्राहीसंग ५० हजार घुस लिएको अवस्थामा रंगेहात समातिएको अख्तियारको दावी रहेको छ ।

    कडरियामाथि थप अनुसन्धान कार्यवाही भइरहेको प्रवक्ता कोइरालाले बताएका छन् ।

    त्यसैगरी अख्तियारले जनाए अनुसार मालपोत कार्यालय टीकापुर कैलालीमा कार्यरत नायव सुब्बा सिंहबहादुर कुँवर र खरिदार नरराज पाण्डे पनि पक्राउ परेका छन् । उनीहरुलाई हराएको जमिनको लालपुर्जाको प्रतिलीपि बनाउने प्रयोजनको लागि जग्गा नाप जाँच गरिदिए बापत घुस लिएको अवस्थामा रंगेहात पक्राउ गरिएको छ भने उद्योग, वाणिज्य तथा उपभोक्ता हित संरक्षण निर्देशनालय, हेटौंडा मकवानपुरका अधिकृत चन्दनकुमार अमात्यलाई पनि आयोगले पचास हजार घुस लिइसकेको अवस्थामा पक्राउ गरेको अख्तियारका प्रवक्ता कोइरालाले जानकारी दिएका छन् ।

    प्रतिकृया दिनुहोस्

    भक्तपुर आए आधा दर्जन सहसचिव

    भक्तपुर । नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठानका प्रशिक्षार्थी रहेका निजामती सेवाका सहसचिवहरुले भक्तपुर नगरपालिकाको अध्ययन भ्रमण...

    बनेपाको अग्नी सहकारी पीडितलाई उजुरी गर्न एक हप्ताको समय

    काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका–८ सिनागालमा अवस्थित ‘अग्नी बचत तथा ऋण सहकारी संस्था लिमिटेड’सँग सम्बन्धित...

    इप्सन भक्तपुरको वादविवादमा यी भए अगाडि

    भक्तपुर । शिक्षा अब केवल परीक्षाको अङ्कमा मात्र सीमित रहेन, तर्क, विचार र अभिव्यक्तिको पनि...

    ललितपुरमा राधा–लक्ष्मण क्रियाशील पत्रकारिता पुरस्कार स्थापना

    ललितपुर, २२ साउन २०८२ । नेपाल पत्रकार महासंघ, जिल्ला शाखा ललितपुरले पत्रकारितामा सक्रिय योगदान पुर्‍याउने...

    मध्यपुर थिमिमा जेष्ठ नागरिक र गर्भवतीलाई नि:शुल्क वडागत स्वास्थ्य सेवा शुरु

    भक्तपुरको मध्यपुर थिमि नगरपालिकाले जेष्ठ नागरिक र गर्भवती महिलाहरुको लागि नि:शुल्क वडागत स्वास्थ्य सेवा शुभारम्भ...