News Portal

  • कटुन्जेस्थित महेन्द्र निमाविको बिजोग : विद्यालय बन्यो बासस्थान

    निशा कुस्मा/भक्तपुर पोस्टभक्तपुर, २३ साउन
    ३००१ पटक
    भक्तपुर, २३ साउन

    विद्यालय बासस्थान बनेको शिर्षक सुन्दा तपाईलाई अचम्म लाग्यो होला तर यो कुरा साँचो हो । सूर्यविनायक नगरपालिका वडा नम्बर ५ कटुन्जे स्थित श्री महेन्द्र निम्न माध्यमिक विद्यालय हाल वासस्थानमा परिणत भएको छ ।

    हिजोआज यो विद्यालय स्थानीय कर्मचारी तथा कामदारको बसोबास गर्ने थलो बनेको छ । विद्यार्थी पढ्ने कक्षा कोठाहरु गोदाम घर र भान्सा कोठा बनाइएका छन् भने कार्यालय सुत्ने ठाउँ भएको छ ।  कुनै समय बालबालिका कुद्ने विद्यालय प्रांगण यतिबेला गाई, बाख्रा बाध्ने र निर्माण सामाग्री थुपार्ने थलो बनेको छ ।

    गाविस नगरपालिकामा परिणत भएपछि नगरपालिकाको आफ्नो कार्यपालिकाको कार्यालय बनाउने उदेश्यले विद्यालय खाली गर्न लगाइएको थियो । तर हालसम्म त्यहाँ नगरपालिकाको कार्यालय स्थापना हुन भने सकेको छैन । उक्त विद्यालय कर्मचारी र मजदुरको बसोबास गर्ने थलो बनेको शिक्षकको भनाई छ । एक स्थानीयका अनुसार विद्यालयमा बसोबास गर्ने नगरपालिकाकै कर्मचारी तथा कामदार रहेका छन् ।

    उक्त विद्यालय भवन सुरक्षाको दृष्टिकोणले असुरक्षित भएपछि चारपाँच महिनादेखि कार्यालयकै एक कर्मचारीलाई बस्न लगाइएको सुर्यविनायक नगरपालिकाका मेयर बासुदेव थापाले स्वीकार गरे ।

    ‘विद्यालय सार्वजनिक ठाउँमा छ । भवन खाली भए पछि गाँजा खानेहरुले उत्पात मचाउन थाले’, मेयर थापाले भने ‘कैले ताला फोर्ने त कैले झ्यालढोका फुटाउने ।’ त्यसैले सार्वजनिक क्षेत्रमा भई रहेको निर्माण कार्यका सामाग्री राखिएको उनले बताए । स्थानीय कार्यमा संलग्न भएका मजदुरलाई सो भवनमा बस्न अनुमति दिएको थापाको भनाई छ ।

    नालीको पर्खाल बनाउन नगरपालिकाले नै खटाएको हेटौडा घर भई भक्तपुर बस्ने बुद्धिप्रसाद धलानले बताए । ‘हामीलाई नगरपालिकाले नै यहाँ बस्न भनेको थियो’, उनले भने ‘अहिले सडक निर्माणका लागी आएका मजदुर पनि यहाँ बस्छन् ।’ मन्दिर नजिकको पाटी बनाउने र अन्य मजदुरलाई सम्बन्धित कामका ठेकेदारले ल्याएर राख्ने गरेको उनले बताए ।

    ‘विद्यालय भवन ठीकै भए पनि हामीलाई शुशिल भैरवमा सरुवा गरेर पठाइयो’ महेन्द्र निमाविकी शिक्षक कुन्ति थापा भन्छिन्, ‘यहाँ शौचालय, खानेपानी जस्ता आधारभुत आवश्यकता पनि छैनन् ।’ खानेपानी दैनिक जसो आए पनि वर्षौदेखि पानीको ट्याङ्की सफा नगरेकाले विद्यार्थीले पानी पिउन नरुचाएको उनको गुनासो छ ।

    ‘कक्षा कोठा पुगेको छैन । शिक्षामैत्री पूर्ण वातारणमा कक्षा सञ्चालन गर्न कठिन छ’ प्राध्यानाध्यापक एमपी भुषालले भने, ‘त्यसैले शिक्षकले चाहेजतिको ज्ञान दिन सकेका छैनन् ।’ यहाँका विद्यार्थी सिजनल भएकाले पनि नतिजामा फेरबदल भईरहेको उनले बताए ।

    ‘यो शैक्षिक सत्रमा भर्ना हुने विद्यार्थीको सङ्ख्या एक सय चौंतीस पुगेको छ’ भुषाल भन्छन्, ‘नियमित हुने भने ८०/८५ जना मात्र छन ।’ उनले भर्ना भएका विद्यार्थी पनि नियमित कक्षामा उपस्थित नहुने जानकारी दिए । पहिला विद्यार्थी संख्या कम थियो । भुसाल प्रअ भएदेखि विद्यालयले प्रगती गरेको भने देखिन्छ ।

    ”ईट्टा भट्टाको सिजनमा ईट्टा भट्टाको विद्यार्थी बढ्छन् । जब ईट्टा भट्टाको सिजन सकिन्छ । उनीहरु बाबुआमासंगै गाउँघर फर्किन्छन् । यसले गर्दा शैक्षिक सत्रको सुरुमा विद्यार्थी कम हुने र मध्यतिर बढ्ने गर्दछ । प्रअ भुसालले भक्तपुर पोस्ट संग भने । यसले गर्दा प्रत्यक्ष र अप्रत्यक्ष रुपमा विद्यार्थीको पढाईमा असर परेको उनी बताउँछन् ।

    विद्यालयको कक्षा कोठा आपुर्ति गर्न छ कोठे भवन निर्माण भईसकेको छ र थप कक्षा कोठाको लागि अर्को चार कोठे भवन बनाउँने क्रममा रहेको भुसालको भनाइ छ ।

    महेन्द्र निमाविमा विद्यार्थी सङ्ख्या कम छ । स्थानीय र नगरसभाबाट भएको निर्णय अनुरुप शुशिल भैरवमा गाभेको हो । नगरको मध्य भागमा परेकोले नगरपालिकाको कार्यालयका लागि यो ठाउँ चयन गरेको मेयर थापाले बताए ।

    विद्यालयले नगरपालिकालाई उपलब्ध गराएको उक्त भवनको भौतिक संरचनामा केही नभएको शिक्षा शाखाका नायव सुब्बा जीवन नेपालले बताए । ‘अहिले भवनको माथिल्लो तलमा हाम्रै कर्मचारी बसोबास गरिरहेका छन्’ उनले भने, ‘तल्लो तलामा भने मजदुर छन् ।’ विद्यालय भवनमा परिक्षाको सबै कार्यहरु हुने गरेको छ । परिक्षाको प्रश्नपत्र वितरणदेखि लिएर शिक्षक आपुर्तिको परीक्षा सञ्चालन समेत गरिरहेको नेपालले जानकारी दिए ।

    महेन्द्र निमावि रहेको स्थानमा हाल नगरपालिकाको भवन बन्ने बताइएको छ । नगरपालिका भवनको डीपीआरको तयारी अन्तिम चरणमा पुगेको र भवन निर्माण कार्य वर्षा सके लगतै सुरु हुने मेयर थापाले बताए । ‘पाँचौं नगरसभाबाट भवन निर्माणको लागि नौ करोड रुपैयाँ विनियोजन गरेका छौं’, उनले भने, ‘यति बजेटबाट नगरपालिकाको भवन र दुईवटा वडा कार्यालय पनि बनाउँछौं ।’

    महेन्द्र निमावि वि.सं. २०३२ सालमा स्थापना भएको थियो । ‘नवरात्री विद्यालय पनि सञ्चालन गरिरहेकै थियो । वि.सं. २०४६ मा मैले यहीँबाट एसएलसी परिक्षा दिएँ’ एक स्थानीयले भने, ‘पहिले त विद्यालय राम्रै थियो, चलेकै थियो, विद्यार्थीलाई पनि एसएलसीमा सामेल गराएकै थियो ।’ पहिलेको महेन्द्र निमावि र शुशिला भैरव आवि दुई विद्याालय नगरपालिकाले २०७५ मा गाभिदिएपछि विद्यालयको इतिहास संकटमा पर्यो । गाभिएका दुई विद्यालय अहिले कटुन्जे आधारभूत विद्यालयको नाममा सञ्चालन हँदै आएको छ । महेन्द्र निमाविमा ३५ विद्यार्थी भएपनि ६ विद्यार्थी रहेको विद्यालयमा गाभेर नगरपालिकाले पठाएपछि उक्त विद्यालय यतिबेला आफ्ना बिछोड भएका केटाकेटीको आशमा आखाँ बिछ्याइरहेकी एक्ली आमा झैँ प्रतित हुन्छ ।

    प्रतिकृया दिनुहोस्

    सुडालमा शुक्रवार पनि ७ सय एभोकाड़ोको विरुवा वितरण

    चाँगुनारायण सिटी एभोकाड़ो सिटी अभियान अन्तर्गत अभिन्ताहरुले चाँगुनारायण-८ सुडालमा विरुवा वितरण गरेका छन् । शुक्रवार...

    अन्नु श्रेष्ठ मिस भक्तपुर डिभाको ताज पहिरीन सफल, पछिपछि प्रतिक्षा र माला

    miss bhaktapur diva

    मिस भक्तपुर डिभाको ताज पहिरीन अन्नु श्रेष्ठ सफल भएकी छन् । शुक्रवार सम्पन्न प्रतिष्पर्धाको अन्तिम...

    आइतबार उपत्यकाका सबै स्थानीय तहमा बिदा

    bida

    आइतबार उपत्यकाभित्रका सबै स्थानीय तह र स्थानीय तह मातहतका निकायमा सार्वजनिक बिदा हुने भएको छ...

    मिस भक्तपुर डिबाको फाइनल शुक्रवार

    मिस भक्तपुर डिबाको फाइनल शुक्रवार हुने भएको छ । प्रतियोगिताको फाइनल चरणमा ११ प्रतियोगी रहेका...

    देकोचामा बसको ठक्करबाट ज्यान गुमाएका मानिसको खुलेन पहिचान

    भक्तपुरको देकोचामा मंगलबार यात्रुबाहक बसको ठक्करबाट ज्यान गुमाएका मानिसको पहिचान हुन सकेको छैन । बुधबार...