News Portal

  • गठ्ठाघरमा एकाविहानै भयानक सडक दुर्घटना : १६ जना घाइते

    भक्तपुर, २६ साउन
    १५२७ पटक
    भक्तपुर, २६ साउन

    भक्तपुरमा एकाविहानै भयानक सडक दुर्घटना भएको छ । दुर्घटनामा परि १६ जना घाइते भएका छन् ।

    आइतवार विहान करिब साढे छ बजेको समयमा मध्यपुर ठिमी नगरपालिका-३ गठ्ठाघरमा रहेको ६ लेन सडकको आकाशेपुल मुनी भयानक सडक दुर्घटना भएको हो । काठमाण्डौबाट सिन्धुली तर्फ जाँदै गरेको बा ४ ख ५७९४ नम्बरको बस आफै अनियन्त्रित भई ३ वटा बसलाई ठक्कर दिएको थियो । बा ४ ख ५७९४ नम्बरको बस आफै अनियन्त्रित भई एउटै दिशा तर्फ जादै गरेको बा ३ ख ७०९३, बा ५ ख ४०२९ र ना ६ ख ७१८५ नम्बरको ३ वटा बसलाई ठक्कर दिँदा उक्त सवारी साधनमा यात्रारत १६ जना यात्रीहरु घाईते भएका भक्तपुर प्रहरीले जनाएको छ ।

    घाइतेमध्ये १३ जनालाई उपचारका लागी गठ्ठाघर स्थित नागरिक अस्पतालमा राखिएको छ भने ३ जनालाई ठिमीस्थित मध्यपुर अस्पतालमा पुर्याइएको प्रहरीको भनाइ छ । सबै घाईतेहरु खतरामुक्त रहेको अस्पतालले जनाएको छ ।

    प्रहरीले ४ वटै बस सहित ठक्कर दिने बस चालक सिन्धुलीको गोलन्जोर गाउँपालिका- ६ घर भई हाल काठमाण्डौ ताहचल बस्ने बर्ष ३०को दिपकराज ठकुरीलाई नियन्त्रणमा लिएर थप अनुसन्धान गरिरहेको महानगरीय प्रहरी परिसर भक्तपुरका डीएसपी रेवतीरमण पोखरेलले जानकारी दिएका छन् ।

    प्रतिकृया दिनुहोस्

    भक्तपुर आए आधा दर्जन सहसचिव

    भक्तपुर । नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठानका प्रशिक्षार्थी रहेका निजामती सेवाका सहसचिवहरुले भक्तपुर नगरपालिकाको अध्ययन भ्रमण...

    बनेपाको अग्नी सहकारी पीडितलाई उजुरी गर्न एक हप्ताको समय

    काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका–८ सिनागालमा अवस्थित ‘अग्नी बचत तथा ऋण सहकारी संस्था लिमिटेड’सँग सम्बन्धित...

    इप्सन भक्तपुरको वादविवादमा यी भए अगाडि

    भक्तपुर । शिक्षा अब केवल परीक्षाको अङ्कमा मात्र सीमित रहेन, तर्क, विचार र अभिव्यक्तिको पनि...

    ललितपुरमा राधा–लक्ष्मण क्रियाशील पत्रकारिता पुरस्कार स्थापना

    ललितपुर, २२ साउन २०८२ । नेपाल पत्रकार महासंघ, जिल्ला शाखा ललितपुरले पत्रकारितामा सक्रिय योगदान पुर्‍याउने...

    मध्यपुर थिमिमा जेष्ठ नागरिक र गर्भवतीलाई नि:शुल्क वडागत स्वास्थ्य सेवा शुरु

    भक्तपुरको मध्यपुर थिमि नगरपालिकाले जेष्ठ नागरिक र गर्भवती महिलाहरुको लागि नि:शुल्क वडागत स्वास्थ्य सेवा शुभारम्भ...