News Portal

  • गाईजात्रामा सहज आवागमनका लागि तोकियो २७ पार्किङ स्थल

    हिना सुवाल / भक्तपुर पोस्ट भक्तपुर, २९ साउन
    १५५४ पटक
    भक्तपुर, २९ साउन

    पर्सी अर्थात शुक्रवार गाईजात्रा (सापारु) । यस दिन उपत्यकामा वर्षभरि दिवगंत भएका आफन्तहरुको संझनामा गाइसहित जात्रा निकालिन्छ ।

    मृतकको सम्झनामा ठट्टा र रमाइलो गर्दै गरिने गाईजात्राले मृत्युको सास्वत सत्यलाई स्वीकार गरि बाच्न प्रेरित गर्दछ ।

    भक्तपुरमा पनि यस दिन थुप्रै रौनकका साथ गाइजात्रा पर्व मनाइने परम्परा रहिआएको छ । यहाँबाट लगिने गाई अर्थात् साः लाई भक्तपुर नगरभरि घुमाइन्छ । साथै त्यसको अगाडि बालबच्चादेखि बूढाबूढीहरु कोही धूप बालेर आइरहेको हुन्छन् त कोही दुई ओटा लठ्ठी जुदाउँदै घिन्ताङ्गघिसीं ट्वाक्क गर्दै खेल्दै आउने गर्दछन् । यो हेर्न अरु विभिन्न जिल्ला तथा उपत्यका बाहिरका मानिसहरुको भीड लाग्ने गर्दछ । त्यतिमात्र होइन बिदेशी पर्यटक समेत गाइजात्रा हेर्न भनेर आफ्नो बसाइ लम्बाएर बसेका हुन्छन ।

    गाइजात्रामा संलग्न हुनेहरु र आन्तरीक तथा बाह्य पर्यटकको भीडलाई व्यवस्थापन गर्न भक्तपुर नगरपालिकाले विशेष योजना बनाएर कार्य गरिरहेको छ । गाइजात्रा निकालिने रुटमा सरसफाइ गर्नेदेखि अव्यवस्थित रुपमा राखिएका सामानहरु समेत हटाइसकिएका छन् ।

    त्यसैगरी गाइजात्रा हेर्न आउनेहरुको सजिलोको लागि नगरपालिकाले सवारीसाधन पार्किङको समेत व्यवस्था गरिदिएको छ । जात्राको लागि २७ वटा स्थानमा पार्किङको व्यवस्था गरेको नगरपालिकाले जनाएको छ ।

    नगरपालिकाले सैनिक आवसीय विद्यालयको चौर, भक्तपुर क्याम्पसको चौर, भक्तपुर मिनिबस पार्क र एक्सप्रेस बसपार्क, सहिद स्मृति खेल मैदान, नः पुखु उत्तर र दक्षिण क्षेत्र, भक्तपुर नगरपालिकाको भवन अगाडिदेखि इन्द्रायणीको पूर्वपट्टि सडक क्षेत्रसम्म, भक्तपुर औद्योगिक क्षेत्रभित्र भक्तपुर ठूलो ब्यासीदेखि कासनसम्म एक छेउ, मंगलतीर्थ, ब्राइट स्टार, मेहेन्द्र विद्या आश्रमको चौर, टुरिजम मार्केटसँगैको खोला किनारमा सवारीसाधन पार्किङको व्यवस्था गरिएको जानकारी प्राप्त भएको छ ।

    त्यसैगरी भुलाँचा मार्ग, ल्योसिंख्यो, पुरानो कम्पोष्ट प्लान्ट क्षेत्र, मुःदिप क्षेत्र, देकोचा क्षेत्र, महाकाली पीठको उत्तरतर्फ (प्रभात स्कूलसँगै), हनुमानघाट परोपकार क्षेत्र, माहेश्वरी खेलमैदान, पाँचा खेल क्षेत्र, थुसाचादेखि च्याम्हासिंहसम्म पसिखेल सडकको एक छेड, गरुडकुण्डको उत्तरतिरको सडक छेउ, सरस्वती विद्यागृह चौरको पार्किङ क्षेत्र, कमलविनायक नेपाल बैङ्क अगाडिको बाटो छेउ, बेखाल पोखरीको उत्तरतिरको क्षेत्रमा पार्किङ गर्ने व्यवस्था मिलाइएको छ ।

    प्रतिकृया दिनुहोस्

    उपभोक्ता हित संरक्षणमा चाँगुनारायण प्रतिवद्ध

    चाँगुनारायण नगरपालिकाका मेयर जीवन खत्रीले उपभोक्ताको हित संरक्षणका लागि नगरपालिका दृढ रहेको दावी गरेका छन्...

    चार दिने युएई भ्रमणमा प्रधानमन्त्री प्रचण्डका दुई दर्जन उपलब्धी

    प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड जलवायु सम्मेलनमा भाग लिएर आइतबार स्वदेश फर्किएका छन् । उनले चार...

    दुवाकोट सडकमा स्थानीयको अवरोध

    दुवाकोट मोडमा स्थानीयले सडक अवरुद्ध गरेका छन् । स्थानीयले सडकमा प्रदर्शन गर्दै सवारी आवागमनमा अवरोध...

    शर्मा र सुवेदीलाई सम्मान

    २०८०।०८।१४ काठमाडौं अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज नेपाल च्याप्टरले अनेसास बिओटी सल्लाहकार रोहिणी शर्मा र अनेसासका...

    आयल निगम ऋण मुक्त भएसंगै घट्यो पेट्रोलियम पदार्थको मूल्य

    भारी ऋणमा रहेको नेपाल आयल निगम ऋण मुक्त भए संगै पेट्रोलियम पदार्थको मूल्य घटेको छ...