News Portal

  • भक्तपुरस्थित क्यान्सर अस्पताल आर्थिक भ्रष्टाचारको अखडा भएको आरोप, नछोड्ने मेयरको चेतावनी

    भक्तपुर, २९ साउन
    १०१३ पटक
    भक्तपुर, २९ साउन

    भक्तपुरस्थित क्यान्सर अस्पताल आर्थिक भ्रष्टाचारको अखडा भएको आरोप लागेको छ । उक्त आरोप लगाउदै भक्तपुरका स्थानीयले भक्तपुर नगरपालिका लाइ ध्यानाकर्षण गराएका छन् ।

    वडा नं. १ देखि १० सम्मका वडाबासीहरुको प्रतिनिधित्व रहेको एक टोलीले बुधवार भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिलाई ध्यानाकर्षण गराउँदै ज्ञापनपत्र बुझाएको हो । ज्ञापनपत्रमा अस्पतालको भ्रष्टाचार रोकी सेवामुखी अस्पताल बनाउनु पर्ने लगायतका माग गरिएको छ ।

    ज्ञापनपत्र बुझ्दै प्रमुख प्रजापतिले भक्तपुर क्यान्सर अस्पतालको स्थापनाकालदेखि भक्तपुर नगरपालिका अस्पताल व्यवस्थापन समितिको सदस्य भए पनि कुनै पनि बैठकमा नगरपालिकालाई सामेल नगराइएको कारण नगरपालिकाले त्यहाँ सुधार गर्न नसकेको जानकारी गराएका थिए ।

    उनले उक्त क्यान्सर अस्पताल कुनै निजी व्यक्तिले खोलेको नभई सार्वजनिक हितमा स्थापना भएको र त्यसका लागि नगरपालिकाको तर्फबाट जग्गा प्रदान गरिएको अवगत गराउँदै नगरबासीहरुको न्यायोचित मागप्रति आफ्नो गम्भीर ध्यानाकर्षण भएको बताए ।

    त्यस लगत्तै नगर प्रमुखको नेतृत्वमा जनप्रतिनिधिहरुसहितको टोली भक्तपुर क्यान्सर अस्पताल दुधपाटीमा स्थलगत निरीक्षन्को लागि पुगेको थियो । नगर प्रमुखको निजि सचिवालयले जनाए अनुसार पटक पटक फोन सम्पर्क गर्दा पनि अस्पताल व्यवस्थापन समितिका कुनै पनि पदाधिकारीहरु सम्पर्कमा नआएपछि प्रमुख प्रजापतिले अस्पतालका मेडिकल डाइरेक्टर ऋषिकेश नारायण श्रेष्ठसँग छलफल गरेका थिए ।

    मेडिकल डाइरेक्टर ऋषिकेश नारायण श्रेष्ठले समेत भक्तपुर क्यान्सर अस्पतालमा भएको आर्थिक अनियमिता र भ्रष्टाचारजस्ता कुरा सञ्चारमाध्यममा पनि आएको हुँदा त्यसको सत्यतथ्य छानबिन गरीदिन अनुरोध गरेका थिए ।

    उक्त अवसरमा जनताको गुनासो आउनु दुखद भएको भन्दै प्रमुख प्रजापतिले अस्पताललाई व्यवस्थित रुपमा सञ्चालन गर्न तथा बिरामीको उपचारमा ध्यान दिन निर्देशन दिए। उनले राम्रो सेवा दिए नगरपालिकाले सहयोग गर्ने तर नराम्रो गर्नेलाई नछाड्ने समेत चेतावनी दिएका थिए ।

    प्रतिकृया दिनुहोस्

    हनुमन्ते खोलामा सेनाका हवल्दारको शव फेला

    भक्तपुर । भक्तपुर-१, सल्लाघारी स्थित हनुमन्ते खोलामा शव फेला परेको छ । दिउँसो करिब साढे...

    भक्तपुर आए आधा दर्जन सहसचिव

    भक्तपुर । नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठानका प्रशिक्षार्थी रहेका निजामती सेवाका सहसचिवहरुले भक्तपुर नगरपालिकाको अध्ययन भ्रमण...

    बनेपाको अग्नी सहकारी पीडितलाई उजुरी गर्न एक हप्ताको समय

    काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका–८ सिनागालमा अवस्थित ‘अग्नी बचत तथा ऋण सहकारी संस्था लिमिटेड’सँग सम्बन्धित...

    इप्सन भक्तपुरको वादविवादमा यी भए अगाडि

    भक्तपुर । शिक्षा अब केवल परीक्षाको अङ्कमा मात्र सीमित रहेन, तर्क, विचार र अभिव्यक्तिको पनि...

    ललितपुरमा राधा–लक्ष्मण क्रियाशील पत्रकारिता पुरस्कार स्थापना

    ललितपुर, २२ साउन २०८२ । नेपाल पत्रकार महासंघ, जिल्ला शाखा ललितपुरले पत्रकारितामा सक्रिय योगदान पुर्‍याउने...