News Portal

  • बामदेव एकाएक कसरी भए बलिया

    काठमाडौं, १ भदौ
    ७०९ पटक
    काठमाडौं, १ भदौ

    नेकपाभित्र वामदेव गौतम फेरि शक्तिशाली भएका छन्। गत प्रतिनिधिसभा चुनावमा पराजित भएयता नेकपाभित्रै गौतमको राजनीतिक भविष्यमा प्रश्न उठिरहेका बेला एकाएक उनी फेरि पार्टीमा शक्तिशाली बनेर उदाएका हुन्।

    उनले संगठन विभागको नेतृत्व मात्र पाएनन्, उनकै लागि विधान संशोधन गरेरै उपाध्यक्ष बनाउने प्रस्तावमा समेत सचिवालय बैठकमा छलफल भएको छ। अब नेकपाको सचिवालयले उनलाई उपाध्यक्ष बनाउने प्रस्ताव स्थायी समितिमा लगेर निर्णय लिनेछ। यो निर्णयसँगै नेताहरूको मर्यादाक्रममा पाँचौं नम्बरमै रहे पनि गौतम पार्टीभित्र बलिया बन्नेछन्।

    दुई कम्युनिस्ट पार्टी एकतामा समेत निर्णायक भूमिका खेले पनि उपयुक्त जिम्मेवारी नदिएको, निर्वाचनमा ओली पक्षका नेताहरूकै कारण पराजित हुन परेको र उपचुनावमार्फत फेरि संसद् छिर्न आफूले गरेको तयारीमा समेत ओली नै ‘अवरोधक’ बन्न पुगेको ठानेपछि गौतम ओलीसँग टाढिन पुगेका थिए।

    गत स्थायी समिति बैठक (मंसिर २९ देखि पुस १३) मा दुई अध्यक्षको लिखित प्रस्तावमाथि गौतमले फरक मत राखेका थिए। प्रधानमन्त्रीसमेत रहेका अध्यक्ष केपी ओलीको खरो आलोचकका रूपमा देखिएका गौतमले त्यसबेला ‘एक व्यक्ति एक कार्यकारी पद’ को बहस ल्याएर एउटा अध्यक्षलाई प्रधानमन्त्री र अर्का अध्यक्षलाई पार्टी सञ्चालनको प्रस्ताव गरेका थिए। त्यसपछि भने नेकपाभित्रै धेरै नेतालाई लागेको थियो, गौतमको ओलीसँग सम्वन्धविच्छेद हुने भयो। तर ८ महिनामै नेकपाभित्रको समीकरण यसरी बदलियो कि फेरि वामदेव ओलीका लागि सबैभन्दा भरपर्दा व्यक्ति बनेर निस्किए।

    नेकपाकै एक सचिवालय सदस्य भन्छन्, ‘वामदेवलाई ओलीसँग सम्बन्ध बिगार्दा आफू पार्टी राजनीतिमा पर्दापछाडि परिने अनूभूति भइरहनु र ओलीलाई पनि वामदेवलाई विरोधी बनाउँदा पार्टीभित्र अप्ठ्यारो भइरहने अनूभूति भएपछि दुई नेताबीच सम्झौताको सम्बन्ध बनेको हो।’

    ओली–वामदेव सम्बन्धपछि नेकपाभित्रको राजनीतिमा नयाँ समीकरण देखिएको छ। झन्डै दुई साताअगाडिसम्म अध्यक्ष ओली, ईश्वर पोखरेल र विष्णु पौडेल एकातिर र अन्य सचिवालयका ६ नेता अर्कातिर जस्तै देखिएको राजनीतिक समीकरणमा गौतमको भूमिका बलियो भएपछि नयाँ मोड लिन पुगेको छ।

    सुरुमा दाहालको प्रस्तावमा संगठन विभाग प्रमुखमा प्रस्तावित गौतमलाई प्रधानमन्त्री ओलीले पार्टीभित्र संगठन विभाग मात्र होइन, विगतको आफ्नो वचनअनुसारकै (नवौं महाधिवेशनका बेला भएको सहमति कार्यान्वयन) अन्य जिम्मेवारीको पनि प्रस्ताव गरेपछि नेकपाभित्र राजनीतिक समीकरण फेरबदल भएको थियो।

    ओली–गौतम सम्बन्ध गौतमको २८ असारमा परेको जन्मदिनमा ओलीले बालुवाटारमा दिएको भोजदेखि नै विस्तार भएको थियो। ओलीले गौतमका बाबु–छोरालाई बालुवाटारमा बोलाएर जिम्मेवारीका वियषमा छलफल गरेपछि दुई नेता नजिकिएका थिए।

    २७ साउनमा अध्यक्ष ओली सिंगापुरबाट फिर्कंदा गौतम पुष्पगुच्छा बोकेर स्वागतका लागि पुगेका थिए। भोलिपल्टै गौतमलाई प्रधानमन्त्री ओलीले बालुवाटारमा रात्रिभोजसमेत दिएका थिए। भोजका क्रममा ओली र गौतमबीच चार घण्टासम्म भएको छलफलपछि गौतमलाई उपाध्यक्षको पद सिर्जना गर्ने समझदारी बनेको थियो।

    शुक्रबारको सचिवालय बैठकपछि नेकपाभित्र ओली, दाहाल र वामदेवको धुव्रीकरण र वरिष्ठ नेता माधव नेपालको कित्ता अलग्गै देखिन पुगेको छ। त्यत्तिमात्रै होइन, नेकपामा अहिले नेपाल र झलनाथ खनालसँगको सम्बन्धमा पनि ओलीले खेल्न खोजेको नेपाल पक्षले बुझेको छ। १४ महिनाअगाडिको नेता खनालको वरीयता विवादको प्रस्तावलाई फेरि ओली–दाहालले सचिवालय बैठकमा ब्युँताइदिएपछि नेपाल पक्ष झस्किएको छ।

    पार्टीमा पनि बलिया छन् गौतम

    तत्कालीन एमालेभित्र ओली र नेपालपछि गौतम बलिया थिए। तत्कालीन माले समूहको नेतृत्वमा रहेका कारण पार्टीभित्र उनको छुट्टै हैसियत थियो। नवौं महाधिवेशनमा ओली–गौतमको समीकरण बनेकै कारण ओलीले अध्यक्षमा जिेतका थिए।

    पार्टी एकतापछि निरन्तर कमजोर बन्दै जान थालेपछि उनी निकटका केही नेताहरूले गुट अदलबदलसमेत गरे। त्यतिबेला गौतमले आफ्नो समूहलाई छिन्नभिन्न पार्ने प्रयास भइरहेको बताएका थिए। तर पनि उनको नेकपाभित्र ओली, दाहाल, नेपालपछि रामबहादुर थापासरहकै गुटको प्रतिनिधित्व गर्थे। पार्टी केन्द्रीय समितिको ४४१ सदस्यमा झन्डै ५ प्रतिशत नेता गौतमसँग छन्। केन्द्रीय समितिमा केशवलाल श्रेष्ठ, दलबहादुर राना, बलराम बाँस्कोटा, राधा ज्ञवाली, हरिप्रसाद पराजुली, सावित्रीकुमार भुसाललगायत नेता गौतम पक्षका छन्।

    शुक्रबार थपिएका प्रदेश पदाधिकारीसहित प्रदेशका ४२ पदाधिकारीमा गौतम पक्षका तीन नेता जिम्मेवारीमा छन्। जिल्ला अध्यक्षमा गौतमका ८ नेता छन्। पार्टीका जिल्ला इन्चार्ज र सहइन्चार्जमा उनी पक्षका एक दर्जन नेताले जिम्मेवारी पाएका छन्। यसैबीच नेकपा सचिवालय बैठक आइतबार बस्दैछ।

    अन्नपूर्णपोस्टका लागि रामकृष्ण अधिकारीको रिपोर्ट

    प्रतिकृया दिनुहोस्

    घिमिरे गाउँमा भेटिएको शवको पहिचान, हत्या आरोपमा सुडालका एकसहित २ जना सार्वजनिक

    भक्तपुरको सीमाना संगै जोडिएको काभ्रेको बनेपा १ स्थित घिमिरे गाउँमा आइतवार बिहान मृत अवस्थामा भेटिएका...

    आज बर्षाको सम्भावना

    नेपाल र भारतको बिहार त्था पश्चिम बंगाल आसपासको क्षेत्रमा रहेको न्यूनचापीय क्षेत्रको प्रभावले सोमबार देशभर...

    बेरोजगार उत्पादन गर्ने शिक्षा आवश्यक छैन : विप्लव

    नेपाल कम्युनिष्ट पार्टीका महासचिव विप्लव सीले बेरोजगार उत्पादन गर्ने शिक्षा आवश्यक नरहेको बताएका छन् ।...

    शिक्षकले राजनीति गर्न पाउनुपर्छ र एसईई पनि हटाउनु हुँदैन : प्रेम सुवाल

    prem suwal

    भक्तपुर १ का प्रतिनिधि सभा सदस्य प्रेम सुवालले शिक्षा बिधेयकमा उल्लेख शिक्षकले राजनीति गर्न नपाउने...

    प्रधानमन्त्रीको चीन भ्रमणले समृद्धिका लागि सम्भावनाको नयाँ ढोका खोल्यो : माओवादी केन्द्र

    नेकपा (माओवादी केन्द्र)ले पार्टी अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को चीन भ्रमणले विश्वासको वातावरण बनाउँदै...