News Portal

  • काठमाडौं-भक्तपुर विद्युतीय बसहरु संचालन हुँदै : यस्ता छन् विशेषता

    भक्तपुर, १ भदौ
    १६२६ पटक
    भक्तपुर, १ भदौ

    सुन्दर यातायात प्रालिले काठमाडौं-भक्तपुर विद्युतीय बसहरु संचालन गर्ने भएको छ । भदौ दोस्रो साताबाट विद्युतीय बसहरु संचालन गरिने भएको हो ।

    सूर्यविनायक, कोटेश्वर, बानेश्वर, वीर अस्पतालदेखि जमलसम्मको यात्रा अब विद्युतीय बसहरु बाट गर्न सकिने सुन्दर यातायातले जानकारी गराएको छ । त्यसैगरी गोंगबुदेखि सामाखुसी, गौशाला, कोटेश्वर हुदै सल्लाघारीसम्म पनि उक्त यातायात संचालन हुने सुन्दर यातायातका अध्यक्ष भेष बहादुर थापाले भक्तपुर पोस्टसंग भने ।

    त्यसको लागि रुट परमिट लिईसकिएको र भदौ दोस्रो साताबाट नै यातायात संचालन गरिने बताइएको छ । यातायातले काठमाडौको चक्रपथ र भित्रि रुटहरुमा पनि बस संचालनको तयारी गरेको जानकारी प्राप्त भएको छ । काठमाडौमा एक कार्यक्रमका बीच आइतवार उक्त जानकारी गराइएको हो ।

    बसमा एलइडी, सिसि क्यामरा, जिपिएस, उभिएर यात्रा गर्नेको लागि ह्याङ्गर रहनुका साथै बसहरु अपांगमैत्री रहेको सुन्दर यातायातले बताएको छ ।

    भाडा लेनदेनमा सहजताको लागि मोबाइलबाटै पैसा तिर्न मिल्ने प्रविधिसमेत रहेको सुन्दर यातायातका अध्यक्ष भेष बहादुर थापाले जानकारी दिएका छन् । ”ई पेमेन्ट गेट वे प्रयोग गरेर मोबाइलबाटै भाडा तिर्न सक्ने व्यवस्था मिलाइएको छ । नगद भाडा तिर्दा भने गाडीमा राखिएको डब्बामा पैसा खसाल्नुपर्छ ।” उनले भने ।

    प्रतिकृया दिनुहोस्

    भक्तपुर–नगरकोट सडकखण्डको ठेक्का सम्झौता रद्द

    सरकारले भक्तपुर–नगरकोट सडकखण्डको ठेक्का सम्झौता रद्द गरेको छ । दुई वर्षमा सम्पन्न गर्ने गरी ठेक्का...

    पुरा भयो एसईई परीक्षाको तयारी

    २०७९ मा हुने एसईई परीक्षाको तयारी पुरा भएको छ । शुक्रबारदेखि सुरु हुने माध्यमिक शिक्षा...

    आज साँझसम्म मन्त्रिपरिषद् विस्तार हुने

    मन्त्रिपरिषद् विस्तारलगायत विषयमा सत्ता साझेदार दलहरुबीच आज बिहान छलफल भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा...

    सूर्यविनायक साँगा सडक खण्डको निर्माण कार्य शुरु

    सूर्यविनायक धुलिखेल सडक आयोजना अन्तर्गत सूर्यविनायक साँगा सडक खण्डको सडक निर्माण कार्य शुरु भएको छ...

    वैशाख ६ र ७ गते भिटामिन ‘ए’ खुवाइदै

    आगामी वर्ष वैशाख पहिलो साता राष्ट्रिय भिटामिन ‘ए’ अभियान कार्यक्रम सञ्चालन गर्ने भएको छ ।...