News Portal

  • क्यान्सर अस्पतालको नयाँ व्यवस्थापन समितिले गर्यो मजदूरको पक्षमा महत्वपूर्ण निर्णय

    भक्तपुर, २ भदौ
    २१०९ पटक
    भक्तपुर, २ भदौ

    भक्तपुर क्यान्सर अस्पतालमा नयाँ व्यवस्थापन समितिलाई स्वागत गरिएको छ । नयाँ व्यवस्थापन समितिलाई भक्तपुर क्यान्सर अस्पतालका मेडिकल डाइरेक्टर प्रा.डा. ऋषिकेशनारायण श्रेष्ठले अस्पतालमा स्वागत गरेका हुन् ।

    आइतबार अस्पतालद्वारा आयोजित बिशेष कार्यक्रममा मेडिकल डाइरेक्टर श्रेष्ठले नगर प्रमुख समेत रहेका नयाँ अध्यक्ष तथा अन्य पदाधिकारीलाई स्वागत गर्दै बधाई समेत दिएका थिए । अस्पतालका मेडिकल डाइरेक्टर प्रा.डा. ऋषिकेशनारायण श्रेष्ठले अस्पतालमा भइरहेको अनियमितता र भ्रष्टाचारलाई रोक्न र संस्थालाई बचाउन नगरपालिकाको कदम स्वागतयोग्य भएको बताए ।

    स्वागत कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष प्रजापतिले नयाँ व्यवस्थापन समितिले आर्थिक अनुशासन र पारदर्शितालाई उच्च प्राथमिकतामा राख्ने प्रतिबद्धता प्रकट गरेका थिए । उक्त अवसरमा उनले क्यान्सर अस्पताल जनताकै सम्पत्ति भएको भन्दै बिरामीको सेवा र अस्पतालको हितमा काम गर्नेहरूलाई व्यवस्थापन समितिले उत्साहित गर्ने तर काम नगर्ने र भागबण्डा, पक्षपात र आर्थिक अनियमितता गर्नेलाई नछाड्ने चेतावनी समेत दिए ।

    उक्त अवसरमा उक्त क्षेत्रबाट निर्वाचित संघीय सांसद एवम् अस्पताल व्यवस्थापन समितिका सल्लाहकार प्रेम सुवालले अस्पतालमा भइरहेको अनियमितता रोक्न नयाँ व्यवस्थापन समिति गठन भएको भन्दै नवगठित व्यवस्थापन समितिले कर्मचारीको वृत्ति विकासका साथै बिरामीहरूलाई गुणस्तरीय सेवा प्रदान गर्न महत्वपूर्ण भूमिका खेल्ने विस्वास व्यक्त गरेका थिए ।

    भक्तपुर क्यान्सर अस्पताल कल्याणकारी समितिका संयोजक शिवराम धुख्वा,अस्पतालका प्रशासन प्रमुख राजाराम तजलेलगायतले मन्तब्य राखेको कार्यक्रममा अस्पतालका डाक्टर र कर्मचारीहरुको उल्लेख्य उपस्थिति रहेको थियो ।

    यसैबीच आइतवार नवगठित व्यवस्थापन समितिले पहिलो बैठक सम्पन्न गरेको जानकारी प्राप्त भएको छ । अध्यक्ष प्रजापतिको सचिवालयले भक्तपुर पोस्टलाई बताए अनुसार पहिलो बैठकले अस्पतालका मजदूरको पक्षमा महत्वपूर्ण निर्णय लिएको छ ।

    यस अघि सेवा प्रदायक बिचौलीया कम्पनी मार्फत अस्पतालमा काम गरिरहेका सुपरभाइजर १ जना र सफाई कर्मचारीहरू ३७ जनालाई अस्पतालको शुरु तहको कर्मचारीको रुपमा नियुक्ति गर्ने र उनीहरुलाई अस्पतालको नियमानुसार मासिक तलब र सुविधा प्रदान गर्ने निर्णय गरिएको बताइएको छ ।

    यसअघि भरोसा सर्भिस् प्रा.लि. महाराजगंज, काठमाडौंसँग गरिएको ठेक्का सम्झौता बैठकले आइतवार देखि नै रद्द गरेको छ । बिचौलीया उक्त कम्पनीले अस्पतालबाट प्राप्त हुने भन्दा धेरै कम ज्याला दिएर  श्रम शोषण गरी आर्थिक लाभ लिइरहेको थियो ।

    त्यसैगरी बैठकले अस्पतालमा कार्यरत कर्मचारीहरूको अन्तिम पदोन्नती भएको मितिदेखि मिति २०७५ चैत्र मसान्तसम्म ५ वर्ष स्थायी नोकरी अवधि पुगेका कर्मचारीहरू तथा मौजुदा कर्मचारी प्रशासन नियमावली अनुसार तह बृद्धि गर्ने, २ वर्ष कार्यकाल पुरा भएका चिकित्सिक (रजिष्ट्रार भन्दा माथि) २ जना र ५ वर्ष कार्यकाल पुरा भएका ९ जना कर्मचारीहरूलाई नियमावली अनुसार स्थायी नियुक्ति गर्ने निर्णय समेत गरेको छ ।

    अस्पतालमा कार्यरत कर्मचारीहरूले २०७५ चैत्र मसान्त अघिसम्म पाउँदै आएको घरविदा, पर्व बिदा, बिरामी बिदा लगायतका बिदा सुविधा अर्को व्यवस्था नहुञ्जेलसम्मका लागि आजैका मितिदेखि लागु हुनेगरी यथावत कायम गर्ने निर्णय पनि भएको बताइएको छ ।

    आइतवारको पहिलो बैठकले अर्को एक निर्णय गर्दै भक्तपुर क्यान्सर अस्पतालमा भएको आर्थिक अनियमितता र भ्रष्टाचारको विषयमा एक महिनाभित्र सत्यतथ्य पत्ता लगाई सार्वजनिक गर्न एक छानवीन समिति गठन गरेको छ ।

    वडा नं. ९ का वडाध्यक्ष रबिन्द्र ज्याख्वको संयोजकत्जमा गठित समिति सदस्यहरूमा लेखा परीक्षक कृष्णगोविन्द लाखा र अधिवक्ता अनिता जधारी रहेका छन् ।

    भक्तपुर नगरपालिकाले उक्त अस्पतालमा रहेको व्यवस्थापन समिति भंग गरी नगर प्रमुखकै अध्यक्षतामा विहीवार नयाँ व्यवस्थापन समिति गठन गरेको थियो ।

     

    प्रतिकृया दिनुहोस्

    बेहुली झैं बन्यो ताथली : भक्तजन संगै तानिए टिकटकर

    भक्तपुरको चाँगुनारायण ९ ताथलीमा शुक्रवारबाट सुरु हुने श्रीमदभागवत विराट पितृ मुक्ति ज्ञान महायज्ञको तयारी सम्पन्न...

    Municipality welcomes the first group to enter Bhaktapur city

    bhaktapur welcomes

    On the occasion of World Tourism Day, the first group to enter Bhaktapur has been...

    सहकारी मार्फत कारखाना खोल्नु आवश्यक : बिजुक्छेँ

    narayanman bijukchhen

    नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेँ (रोहित) ले भक्तपुरको अशक्त र असहाय नागरिकहरुलाई अब...

    भक्तपुरमा डाक्टरहरुको बिरोध प्रदर्शन

    देशका बिभिन्न भागमा चिकित्सकमाथि हातपातको बिरोधमा भक्तपुरका डाक्टरहरुले बिरोध प्रदर्शन गरेका छन् । आकस्मिक बाहेकका...

    नेपाल कोरिया मैत्री नगरपालिका अस्पतालमा सिटी स्क्यान सेवा शुरु

    city scan thimi

    मध्यपुर थिमिको नेपाल कोरिया मैत्री नगरपालिका अस्पतालमा सिटी स्क्यान सेवा शुरु भएको छ । मंगलवारबाट...