News Portal

  • भक्तपुरमा भर्जिनको घिन्ताङ घिसी ट्वाक्क सम्पन्न

    भक्तपुर, ५ भदौ
    १२९५ पटक
    भक्तपुर, ५ भदौ

    भक्तपुरको टाकटुके गीत, नृत्य र खेल भनेर चिनिने घिन्ताङ घिसी ट्वाक्कको विशेष आयोजना भएको छ । मंगलवार भर्जिन व्हिस्कीले आयोजना गरेको एक बिशेष कार्यक्रममा यो खेल खेलिएको हो ।

    भक्तपुर दरबार स्क्वायरमा सयौ मानिस भेला गरि घिन्ताङ घिसी ट्वाक्कको प्रदर्शन गरिँदा पर्यटकहरु पनि लोभिएका थिए । उनीहरु उक्त दृश्यलाई आफ्नो क्यामेरामा कैद गर्न व्यस्त देखिन्थे ।

    घिन्ताङ घिसी ट्वाक्कको सरंक्षण तथा प्रचार गर्ने भन्दै भर्जिन व्हिस्कीले आयाेजना गरेको उक्त कार्यक्रममा स्थानीयहरुको समेत उत्साहप्रद सहभागीता रहेको थियो ।

    भक्तपुरमा गाईजात्राका दिन थुप्रै रौनकका साथ गाइजात्रा पर्व मनाइने परम्परा रहिआएको छ । त्यसमध्येको एक हो घिन्ताङ घिसी ट्वाक्क खेल । यो गीत, संगीत र नृत्यको फ्युजन भएको खेल हो । परापूर्वकालदेखि चल्दै आएको यो खेल गाइजात्राको एक अभिन्न अंग बनिसकेको छ ।

    दुई लट्ठी जुदाउदा जुन ट्वाक्क आवाज निस्कन्छ त्यसलाई प्रेमको प्रतिफलसँग तुलना गर्न सकिन्छ । यसलाई पुरुष र नारीको मिलनपछि आनन्दको रुपमा पनि व्याख्या गर्न सकिन्छ । यो खेल ७२ भन्दा बढी तालमा खेलिने भएपनि धेरै लोप हुँदै गएको बताइन्छ । पहिले मनोरन्जनको साधन नहुँदा यसको जत्ति महत्व थियो आज धेरै मनोरन्जनको साधन हुँदा समेत यसको महत्व घटेको छैन । ‘पुर्खाले दिएको सम्पति, हाम्रो कला र सस्कृति’ भन्ने भक्तपुर वासीले यसलाई बचाएर राखेका छन् ।

    मानिस बाच्ने भनेको रिति रिवाज, परम्परा र कला सस्कृतिले नै हो । भक्तपुरमा जीवनको सुखदुखको साक्षी बनेर रहेको घिन्ताङ घिसी ट्वाक्क पनि एक यस्तो परम्परा हो जसले मृतकको सम्झनामा ठट्टा र रमाइलो गर्दै गरिने गाईजात्रामा मृत्युको सास्वत सत्यलाई स्वीकार गरि बाच्न प्रेरित गर्दछ । यसको संरक्षण र सम्बर्द्धनमा सबै एकजुट भएर लाग्नु जरुरी रहेको संकृतिविदहरु बताउञ्छन ।

    प्रतिकृया दिनुहोस्

    यात्रुवाहक सवारीका लागि सोमबारदेखि रुट परमिट खुला

    भक्तपुर । सरकारले यात्रुवाहक सवारीका लागि सोमबारदेखि रुट परमिट खुला गरेको छ । घटस्थापनादेखि पूर्णिमाको...

    डिपी ढकालको प्रश्न-आफ्नै महानगर जलिरहँदा एक बाल्टिन पानी बोकेर निस्कन नसक्नेलाई नायक बनाएर के पाइन्छ?”

    DP dhkal

    भक्तपुर । नेकपा (माओवादी केन्द्र) का केन्द्रीय सदस्य डिपी ढकालले देशलाई रुपान्तरण गर्ने काम कुनै...

    जनप्रतिनिधि र कर्मचारीलाई निजी विद्यालयमा लगानी गर्न रोक्नुपर्छ : महानिर्देशक काप्री

    ललितपुर । शिक्षा तथा मानव श्रोत विकास केन्द्रका महानिर्देशक कृष्णप्रसाद काप्रीले सार्वजनिक शिक्षामा सुधार गर्न...

    जेन-जी आन्दोलनमा भक्तपुरका पत्रकारमाथि आक्रमण र दुर्ब्यवहारको निन्दा

    भक्तपुर । जेन–जी पुस्ताले गरेको आन्दोलनका क्रममा भक्तपुरमा प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता कुण्ठित भएको प्रति...

    इजरायली बन्दीहरूको ‘बिदाई तस्वीर’मा विपिन जोशी पनि

    भक्तपुर । हमासको सशस्त्र शाखाले गाजामा राखिएका ४८ इजरायली बन्दीहरूको ‘बिदाई तस्वीर’मा नेपालका विपिन जोशीको...