News Portal

  • आफ्नै श्रीमतीलाई जबर्जस्ती करणी गरेको आरोपमा अनुसन्धान गर्दै भक्तपुर प्रहरी

    भक्तपुर, ६ भदाै
    २४७१ पटक
    भक्तपुर, ६ भदाै

    आफ्नै श्रीमतीलाई जबर्जस्ती करणी गरेको आरोपमा भक्तपुर प्रहरीले एक पुरुषमाथि अनुसन्धान थालेको छ । श्रीमतीको इच्छा विपरीत जबर्जस्ती करणी गरेको उजुरी परेपछि उनीमाथि अनुसन्धान थालिएको हो ।

    भक्तपुर जिल्ला बाहिर घर भै हाल चाँगुनारायण नगरपालिका भित्र अस्थायी बसोबास गर्दै आएका अन्दाजी ३० वर्षिय पुरुषमाथि आफ्नै श्रीमतीलाई बलात्कार गरेको आरोपमा अनुसन्धान भैरहेको महानगरीय प्रहरी परिसर भक्तपुरले पुष्टि गरेको छ । उनको करिब २५ वर्षिया श्रीमतीले जबर्जस्ती करणी गरेको उजुरी दिएपछि पीडक पुरुषलाई नियन्त्रणमा लिई अनुसन्धान भैरहेको प्रहरीको भनाइ छ । उनी प्रहरीले पक्राउ गर्नु अघि नै स्वयम् परिसर आएर प्रहरीको नियन्त्रणमा रहेका एक प्रहरी अधिकृतले भक्तपुर पोस्टलाई बताए ।

    बिबाहको एक दशक बितिसकेको उक्त जोडीको एक सन्तान समेत रहेको बताइएको छ । आफू बिरामी रहेको बेला लोग्नेले बलात्कार गरेको उजुरीमा आरोप लगाइएको छ । पीडक भनिएका पुरुषले भने आफूले जबर्जस्ती करणी नगरेको जिकिर गरेका छन् । आफ्नो घरायसी झगडा रहेको र श्रीमतीले पटक पटक आफूसंग डिभोर्स माग्दा पनि नदिएकोले उक्त आरोप लगाइएको उनको दावी छ ।

    घटनाको अनुसन्धान भैरहेको महानगरीय प्रहरी परिसर भक्तपुरले जनाएको छ ।

    यौन सम्बन्धमा दुवै पक्षको सहमति चाहिन्छ । एक पक्षको सहमति छैन भने त्यहाँ हिंसा हुन्छ । यस्तो हिंसालाई फौजदारी कानूनले अपराधको रुपमा परिभाषा गरी पर्याप्त सजायको व्यवस्था समेत गरिदिएको छ । नेपालको विद्यमान कानूनले महिलाको यौनिक अधिकारलाइ सुनिश्चित गर्दै आफ्नै श्रीमती भएपनि उनको इच्छा विपरित गरिने करणीलाई बलात्कार मानेको छ र पीडक श्रीमान्लाई बलात्कारी मानि सजायको भागीदार बनाएको छ ।

    प्रतिकृया दिनुहोस्

    भक्तपुर आए आधा दर्जन सहसचिव

    भक्तपुर । नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठानका प्रशिक्षार्थी रहेका निजामती सेवाका सहसचिवहरुले भक्तपुर नगरपालिकाको अध्ययन भ्रमण...

    बनेपाको अग्नी सहकारी पीडितलाई उजुरी गर्न एक हप्ताको समय

    काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका–८ सिनागालमा अवस्थित ‘अग्नी बचत तथा ऋण सहकारी संस्था लिमिटेड’सँग सम्बन्धित...

    इप्सन भक्तपुरको वादविवादमा यी भए अगाडि

    भक्तपुर । शिक्षा अब केवल परीक्षाको अङ्कमा मात्र सीमित रहेन, तर्क, विचार र अभिव्यक्तिको पनि...

    ललितपुरमा राधा–लक्ष्मण क्रियाशील पत्रकारिता पुरस्कार स्थापना

    ललितपुर, २२ साउन २०८२ । नेपाल पत्रकार महासंघ, जिल्ला शाखा ललितपुरले पत्रकारितामा सक्रिय योगदान पुर्‍याउने...

    मध्यपुर थिमिमा जेष्ठ नागरिक र गर्भवतीलाई नि:शुल्क वडागत स्वास्थ्य सेवा शुरु

    भक्तपुरको मध्यपुर थिमि नगरपालिकाले जेष्ठ नागरिक र गर्भवती महिलाहरुको लागि नि:शुल्क वडागत स्वास्थ्य सेवा शुभारम्भ...