News Portal

  • शिक्षक लाइसेन्सको प्रवेश पत्र सार्वजनिक : यसरी सच्याउन सकिन्छ प्रवेश पत्र

    भक्तपुर, ७ भदौ
    ५१४९ पटक
    भक्तपुर, ७ भदौ

    सानोठिमीस्थित शिक्षक सेवा आयोगले शिक्षक लाइसेन्स परीक्षाको प्रवेशपत्र आयोगको वेवसाइटमा सार्वजनिक गरेको छ ।

    आयोगको वेवसाइटको अनलाइन एप्लीकेशनमा गई प्रवेशपत्र लेखिएको बटनमा क्लिक गरी आफ्नो भौचरमा रहेको एप्लिकेशन आईडी र मोबाइल नम्बर इन्ट्रि गरी प्रवेशपत्र पाउन सकिने आयोगले जनाएको छ ।

    साथै, बैंक राजश्व रकम नबुझाउने उम्मेदवारको प्रवेशपत्र हेर्न नमिल्ने आयोगले स्पष्ट पारेको छ ।

    अनलाइनबाट परीक्षा फारम भरेकामध्ये ईमेलमा कन्फरमेसन प्राप्त गर्न नसकेका अधिकांश उम्मेदवारहरुको विवरण संशोधन गर्ने र बैंक कारोवार संकेत नम्बर सवमीट गर्ने कार्य सकिएको समेत आयोगले जनाएको छ ।

    त्यसक्रममा कतिपयको विवरण खाली देखिएकाले उनीहरुले आफ्नो पुरा विवरण भरेपछि मात्रै प्रवेशपत्र हेर्न सक्ने समेत आयोगले स्पष्ट पारेको छ ।

    साथै, आयोगमा निवेदन र भौचर पठाउने उम्मेदवारहरुको युजरनेम यथावत राखिएको र पासवर्ड परिवर्तन गरी फारम भर्दा उल्लेख गरिएको मोवाइल नम्बर कायम गरिएको समेत आयोगले जनाएको छ ।

    कसरी हेर्ने प्रवेश पत्र ?

    १. आयोगको वेवसाइट  http://tsc.gov.np खोली दायाँ छेउमा चम्किरहेको अनलाइन एप्लीकेशन लेखिएको ठाउँमा (क्लिक)दबाउने

    २. त्यसपछि एउटा नयाँ पेज खुल्छ । त्यहाँ तल आइडी र पासवर्ड राख्ने ठाउँ छ । त्यहाँ एप्लिकेशन आईडी र मोबाइल नम्बर इन्ट्रि गरी प्रवेशपत्र लेखेको ठाउँमा (क्लिक) गर्ने ।

    ३. अनि प्रवेशपत्र देख्न सकिन्छ ।

    प्रवेशपत्र नदेखिएमा के गर्ने

    १. यदि प्रवेश पत्र नदेखिएमा आयोगमा जानकारी गराउनुपर्नेछ । किनभने बैंक राजश्व रकम नबुझाउने उम्मेदवारको प्रवेशपत्र हेर्न नमिल्ने आयोगले स्पष्ट पारेको छ ।

    २. फारम भर्दा कतिपयको विवरण खाली देखिएकाले आफ्नो पुरा विवरण भरेपछि मात्रै प्रवेशपत्र हेर्न मिल्ने आयोगले स्पष्ट पारेको छ ।

    साथै, आयोगमा निवेदन र भौचर पठाउने उम्मेदवारहरुको युजरनेम यथावत राखिएको र पासवर्ड परिवर्तन गरी फारम भर्दा उल्लेख गरिएको मोवाइल नम्बर कायम गरिएको समेत आयोगले जनाएको छ ।

    विवरण गलत भएमा कसरी सच्याउने ?

    १. शिक्षक लाइसेन्स विज्ञापनको शर्त बमोजिम फारममा विवरण नभरेका र तोकिएको राजश्व रकम नबुझाउनेको प्रवेश पत्र नदेखिने र देखिएपनि पूर्ण नदेखिने वा अस्वीकृत हुने आयोगले जनाएकोछ । यसो भएमा फारम अस्वीकृत नहुनुपर्ने प्रमाण कागजातहरु(बैंक भौचरसमेत) सहितको विवरण सच्याउन आयोगमा निवेदन पठाउनु र्ने छ ।

    २. नाम, थर, जन्ममिति, जिल्ला र ठेगाना नमिलेको भए नागरिकता, वि.नं. र नमिलेको भए ट्रान्सक्रिप्टको स्क्यान कपी सहितका कागजातहरु आयोगमा पठाउनुपर्नेछ ।

    ३. केही उम्मेदवारहरुको अनलाइन फारम भर्न चाहेको जिल्ला छनोट नभएको वा जिल्ला खाली रहेको र कतिपय उम्मेदवारहरुले परीक्षा दिन नपाइने विषयमा फारम भरेको पाइएको छ । पूर्व विज्ञापनको शर्तबमोजिम जिल्लाको नाम भर्न र विषय परिवर्तन गर्नका लागि बैंकको भौचर, ट्रान्सक्रिप्ट समेत राखी आयोगमा इमेलमार्फत निवेदन दिनुपर्नेछ । अन्यथा फारम अस्वीकृत हुने आयोगले जनाएको छ ।

    प्रवेशपत्र हेर्दा देखिने आफ्नो विवरण फरक परेमा बैंक भौचर र आवश्यक कागजातहरु(पार्सपोर्ट साइजको फोटो र दस्तखत अनिवार्य जेपिजी फर्मेटमा) संलग्न गरी ३ दिन भित्र आयोगको इमेल [email protected] मा निवेदन दिनुपर्ने आयोगले जनाएको छ ।

     

    प्रतिकृया दिनुहोस्

    मध्यपुर थिमिमा जेष्ठ नागरिक र गर्भवतीलाई नि:शुल्क वडागत स्वास्थ्य सेवा शुरु

    भक्तपुरको मध्यपुर थिमि नगरपालिकाले जेष्ठ नागरिक र गर्भवती महिलाहरुको लागि नि:शुल्क वडागत स्वास्थ्य सेवा शुभारम्भ...

    साथीको घरमा युवकको शव फेला

    भक्तपुरको चाँगुनारायण– ४ मा एक युवक मृत फेला परेका छन् । १९ वर्षीय निरोज लामा...

    चाँगुनारायणमा ५० जनालाई झोल साबुन बनाउने तालिम

    प्रमुख प्रतिपक्षी दल नेकपा (माओवादी केन्द्र) को महिला संगठन अनेमसंघ (क्रान्तिकारी)ले चाँगुनारायणमा सिपयुक्त स्वरोजगार गृहिणी...

    भारतमा नेपाली विद्यार्थीमाथि दमन भएको भन्दै भक्तपुरमा बिरोध प्रदर्शन

    भारतको ओडिसा राज्यको राजधानी भुवनेश्वरस्थित कलिंगा इन्स्टिच्युट अफ इन्डस्ट्रियल टेक्नोलोजी (केआईआईटी) विश्वविद्यालयमा अध्ययनरत एक नेपाली...

    कुकुरलाई हेर्ने दृष्टिकोण बदलौँ !

    “कुकुर” समाजमा हुने अरु प्राणीसरह नै हो । अझ भन्ने हो भने कुकुरको काम अरू...