News Portal

  • सानोठिमीस्थित परीक्षा बोर्डद्वारा नयाँ वार्षिक कार्यतालिका प्रस्तुत

    भक्तपुर, ७ भदौ
    ७८५ पटक
    भक्तपुर, ७ भदौ

    सानोठिमीस्थित राष्ट्रिय परीक्षा बोर्डले कक्षा ११ र १२ को लागि शैक्षिक सत्र २०७६/०७७ का लागि वार्षिक कार्यतालिका सार्वजनिक गरेको छ ।

    यस्ताे छ शैक्षिक सत्र २०७६/०७७ को वार्षिक कार्यतालिका

    रजिष्ट्रेशन आवेदन फाराम वितरण :

    कक्षा ११ मा भर्ना भएका विद्यार्थीहरूको लागि २०७६ भाद्र मसान्तभित्र रजिष्ट्रेशन आवेदन फाराम वितरण गर्ने । रजिष्ट्रेशन आवेदन फाराम भर्ने : कक्षा ११ मा नयाँ भर्ना भएका विद्यार्थीहरूको रजिष्ट्रेशन आवेदन फाराम २०७६ आश्विन २६ गतेभित्र भरिसक्नु पर्ने (रजिष्ट्रेशन बापतको शुल्क जम्मा गरेको बैंक भौचर आश्विन २६ गतेभित्रको हुनुपर्ने)।

    रजिष्ट्रेशन आवेदन फाराम भर्ने तथा बुझाउने (विलम्ब शुल्कसहित):

    विलम्ब शुल्क (दोब्बर दस्तुर) सहित रजिष्ट्रेशन आवेदन फाराम भर्ने अन्तिम म्याद २०७६ कार्तिक १८ गतेसम्म हुने (रजिष्ट्रेशनबापतको शुल्क जम्मा गरेको बैंक भौचर कार्तिक १८ गतेभित्रको हुनुपर्ने) । विद्यालयहरूले २०७६ कार्तिक २४ गतेभित्र बोर्डका सम्बन्धित कार्यालयमा रजिष्ट्रेशन आवेदन फाराम बुझाउनु पर्ने ।

    रजिष्ट्रेशन प्रमाणपत्र वितरण

    २०७६ मंसिर मसान्तभित्र सम्बन्धित विद्यालयहरूलाई ट्रिप्लिकेट सहित रजिष्ट्रेशनको अर्धकद्री वितरण गर्ने ।

    परीक्षा आवेदन फाराम वितरण

    २०७६ पौष १ गतेबाट सम्बन्धित विद्यालयहरूलाई परीक्षा आवेदन फाराम वितरण गर्ने ।

    परीक्षा आवेदन फाराम भर्ने / भराउने :

    २०७६ पौष १५ गतेदेखि माघ १५ गतेभित्र सम्बन्धित विद्यालय/क्याम्पसहरूले कक्षा ११ र १२ का नियमित तथा आशिक/ग्रेडवृद्धि परीक्षार्थीहरूको परीक्षा आवेदन फाराम भराउने । (बैंक भौचर २०७६ माघ १५ गतेभित्रको हुनुपर्ने )

    परीक्षा आवेदन फाराम भर्ने तथा बुझाउने (विलम्ब शुल्कसहित) :

    २०७६ माघ १६ गतेदेखि २०७६ माघ २४ गतेभित्र सम्बन्धित विद्यालय/क्याम्पसहरूले विलम्ब शुल्क (दोब्बर दस्तुर) सहितको परीक्षा आवेदन फाराम भराउने । विद्यालयहरुले २०७६ माघ मसान्तभित्र बोर्डका सम्बन्धित कार्यालयमा परीक्षा आवेदन फाराम बुझाउनु पर्ने । (बैंक भौचर २०७६ माघ २४ गतेभित्रको हुनुपर्ने )

    परीक्षाको समयतालिका

    २०७७ साल बैशाख/जेठ महिनामा सञ्चालन हुने कक्षा १२ र ११ को वार्षिक परीक्षाको समय तालिका २०७६ माघ मसान्तभित्र प्रकाशन गर्ने ।

    परीक्षा केन्द्र निर्धारण

    २०७७ साल बैशाख/जेठ महिनामा सञ्चालन हुने कक्षा १२ र ११ को वार्षिक परीक्षाको परीक्षा केन्द्र निर्धारण २०७६ फागुन १५ गतेभित्र गर्ने ।

    प्रवेशपत्र तथा ट्रिप्लिकेट वितरण :

    २०७६ चैत मसान्तभित्र विद्यालयहरूलाई विद्यार्थीहरूको प्रवेशपत्र तथा ट्रिप्लिकेट वितरण गर्ने ।

    प्रयोगात्मक परीक्षा

    बोर्डबाट वाह्य परीक्षक खटाइने विषयहरूको प्रयोगात्मक परीक्षाको समयतालिका सम्बन्धित विद्यालय। क्याम्पसहरूले तय गरी २०७६ फागुन मसान्तभित्र बोर्डका सम्बन्धित कार्यालयमा पेस गर्नुपर्ने । कक्षा १२ को २०७६ चैत्र मसान्तभित्र र कक्षा ११ को २०७७ वैशाखको पहिलो हप्ताभित्र प्रयोगात्मक विषयहरूको प्रयोगात्मक परीक्षा सञ्चालन गरी/गराई परीक्षार्थीको नाम र रजिष्ट्रेशन नम्बर अनुसार प्राप्ताङ्क बोर्डका सम्बन्धित कार्यालयहरूमा बुझाउनु पर्ने । बोर्डबाट वाह्य परीक्षक नखटाइने विषयहरूको हकमा सम्बन्धित विद्यालय/क्याम्पसहरूले २०७६ चैत्र मसान्तभित्र प्रयोगात्मक परीक्षा सञ्चालन गरी सोको प्राप्ताङ्क बोर्डका सम्बन्धित कार्यालयमा बुझाउनु पर्ने।

    परीक्षा सञ्चालन :

    क) बार्षिक परीक्षा

    कक्षा १२ को २०७७ वैशाख महिनाको पहिलो हप्तादेखि।

    कक्षा ११ को २०७७ वैशाख महिनाको तेस्रो हप्तादेखि ।

    ख) ग्रेडवृद्धि (पुरक) परीक्षा

    कक्षा ११/१२ को वार्षिक परीक्षाको नतिजा प्रकाशन भएको मितिले ४५ दिनभित्र ।

    नतिजा प्रकाशन :

    क) बार्षिक परीक्षा

    कक्षा १२ को २०७७ श्रावण मसान्तभित्र ।

    कक्षा ११ को २०७७ आश्विन मसान्तभित्र ।

    ख) ग्रेड वृद्धि (पुरक) परीक्षा

    कक्षा १२ को ग्रेड वृद्धि (पुरक) परीक्षा सञ्चालन भएको मितिले २५ दिनभित्र ।

    कक्षा ११ को ग्रेड वृद्धि (पुरक) परीक्षा सञ्चालन भएको मितिले ३० दिनभित्र ।

    पुनर्योग :

    पुनर्योगको लागि निवेदन दिने समय – नतिजा प्रकाशन भएको मितिले १५ दिनभित्र ।

    पुनर्योगको नतिजा प्रकाशन- पूरक परीक्षा सञ्चालन हुनुभन्दा अघि ।

    पूर्वावश्यक पाठ्यक्रम (Pre-Requisite Course) :

    परीक्षा आवेदन फाराम भर्ने :- २०७६ भाद्र १० गतेभित्र ।
    परीक्षा आवेदन फाराम भर्ने बुझाउने (विलम्ब शुल्क सहित) :– २०७६ भाद्र १५ गतेभित्र ।
    परीक्षा सञ्चालन :– २०७६ भाद्र अन्तिम हप्तादेखि ।
    नतिजा प्रकाशन :- २०७६ आश्विन १५ गतेभित्र ।
    ग्रेड वृद्धि परीक्षा सञ्चालन :– पूर्वावश्यक परीक्षाको नतिजा प्रकाशन भएको मितिले १५ दिनभित्र ।
    ग्रेड वृद्धि परीक्षाको नतिजा प्रकाशन :– २०७६ आश्विन मसान्तभित्र ।

    प्रतिकृया दिनुहोस्

    पहिलो पटक प्रधानमन्त्रीको बिपक्षमा मतदान गरेको नेमकिपा यसपटक तटस्थ

    एउटै कार्यकालमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले दुईपटक बिश्वासको मत लिएका छन् । पहिलो पटक विश्वासका...

    युट्युब च्यानललाई कारबाही गर्न प्रहरी र युट्युब कम्पनीलाई पत्राचार गर्दै प्रेस काउन्सिल

    प्रेस काउन्सिल नेपालले पत्रकार आचारसंहिताको चरम उल्लङ्घन गर्ने ३५ वटा युट्युब च्यानललाई विशेष अनुगमनमा राखेको...

    शुक्रबार सम्म मन्त्रीपरिषद बिस्तार

    प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले शुक्रबार सम्म मन्त्रीपरिषद बिस्तार गर्ने भएका छन् । बिश्वासको मत पाएपछि...

    शब्द चयन नमिलेको सभामुख घिमिरेको स्वीकारोक्ति, संसद र प्रेसबीच सुमधुर सम्बन्ध हुनुपर्ने जोड

    प्रतिनिधि सभाका सभामुख देवराज घिमिरेले संसद र प्रेससँगको सम्बन्ध सुमधुर हुनु पर्नेमा जोड दिए ।...

    स्ववियु निर्वाचनमा झडप नियन्त्रण गर्न हवाई फायर

    बाजुराको बूढीनन्दा नगरपालिका -२ कोल्टीस्थित बूढीनन्दा क्याम्पसमा भएको स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचनमा झडप भएको छ...