News Portal

  • बागीश्वरी स्कूल र कलेजको बजेट र नीति तथा कार्यक्रम प्रस्तुत

    भक्तपुर, ७ भदौ
    १६९६ पटक
    भक्तपुर, ७ भदौ

    वागीश्वरी कलेज र वागीश्वरी माविका शिक्षकहरुको भेला सम्पन्न भएको छ । शनिबार शिक्षकहरुको विशेष भेला सम्पन्न भएको हो ।

    विद्यालय तथा कलेजको आ.व. २०७६/०७७ को बजेट, भावी नीति तथा कार्यक्रम तथा स्नातक र स्नातकोत्तर तहको कक्षा सञ्चालनबारे छलफल गर्न उक्त भेला आयोजना गरेको एक शिक्षकले जानकारी गराए ।

    भेलामा कलेज व्यवस्थापन समितिका अध्यक्ष समेत रहेका भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले शिक्षकहरु पेशामा इमान्दार र बिचारमा सचेत हुनुपर्ने बताए । गुरुहरुको सिको समाजले गर्ने हुँदा उदाहरणीय कर्म गर्नुपर्नेमा उनको जोड थियो ।

    नेपालका सम्पूर्ण इन्जिनियरिङ विषयको सर्भे एउटा प्राइभेट कम्पनीमा गर्नुपर्ने पत्रको आधारमा मन्त्रालयले भक्तपुरका सामुदायिक कलेजहरुलाई पनि विद्युत प्राधिकरणको जग्गामा सर्भे नगराउन पत्र पठाएको स्मरण गर्दै उनले उक्त जनविरोधी कदमको विरोधमा प्राधिकरणका कुलमान घिसिङ संग कुरा गरिसकेपछि निर्णय फिर्ता लिएको स्पष्ट पार्दै शिक्षकहरुले अव्यवस्था बिरुद्ध आवाज उठाउनुपर्ने बिचार व्यक्त गरे ।

    भक्तपुर नगरपालिकाले सस्तोमा गुणस्तरीय शिक्षा दिइरहेको दावी गर्दै उनले भक्तपुरको समग्र विकासले राज्यको प्रतिष्ठा बढ्ने जिकिर गरेका थिए ।

    कतिपय राजनीतिक दलका नेताले भक्तपुर नगरपालिकाप्रति पूर्वाग्रही सोच राखेको भन्दै उनले अस्पतालको विषयमा भ्रामक प्रचारबाजी गर्नु आपत्तिजनक भएको भनेका थिए ।

    स्थानीय सामुदायिक संस्था, अस्पताल, विद्यालय, टीम क्लब आदि कानुनतः स्थानीय सरकारले नियमन र अनुगमन गर्न सक्ने अधिकार भएकोले नै क्यान्सर अस्पतालमा नयाँ व्यवस्थापन समिति बनाइएको उनले प्रष्ट पारे ।

    शनिवारको उक्त भेलामा नगर प्रमुख प्रजापति र वडाध्यक्ष रविन्द्र ज्याख्वको उपस्थितिमा स्कूल र कलेजको बजेट र नीति तथा कार्यक्रम प्रस्तुत गरिएको थियो ।

    वागीश्वरी कलेजका प्राचार्य धनकुमार श्रेष्ठले आ.व. २०७६/७७ को जम्मा ४ करोड ९६ लाख ८० हजार ८२० रुपैया १४ पैसाको बजेट प्रस्तुत गरेका थिए । बजेटमा उल्लेख भएका महत्वपूर्ण शिर्षकमा भवन निर्माण, विद्यार्थी तथा शिक्षकको अनुसन्धानमूलक कार्य, जर्नल प्रकाशन, छात्रवृत्तिलगायत रहेका छन् ।

    त्यसैगरी वागीश्वरी माविका सहायक प्राचार्य ज्ञानसागर प्रजापतिले आ.व. १२ करोड ३५ लाख ६२ हजार ६३८ रुपैया“ ८५ पैसाको विद्यालयको बजेट प्रस्तुत गर्नुभयो । बजेटमा शिक्षक तथा कर्मचारीहरुको तलबमा १३ प्रतिशतदेखि ५८ प्रतिशतसम्म वृद्धि गरेको उल्लेख छ ।

    विद्यालयका प्राचार्य कृष्णप्रसाद धन्छाको सभापतित्वमा भएको कार्यक्रममा शिक्षक गेहेन्द्रप्रसाद दाहाल र राजन चौगुठी लगायतले आफ्नो बिचार व्यक्त गरेका थिए ।

    Bhaktapurpost फेसबुक पेज लाइक गरेर फेसबुकमै समाचार प्राप्त गर्नुहोस्

    प्रतिकृया दिनुहोस्

    भक्तपुरकी सिडिओ श्रेष्ठले मागिन् सुझाव

    roshani shreshtha cdo

    भक्तपुरकी सिडिओ रोशनीकुमारी श्रेष्ठले पत्रकारसंग सुझाव मागेकी छन् । जिल्लाको शान्तिसुरक्षा, सुशासन र अपराध नियन्त्रण...

    गठ्ठाघरमा ‘अगेनो सेकुवा घर’

    ageno sekuwa ghar

    सेकुवाको पारखीहरुका लागि अब भक्तपुरमै स्वादिलो सेकुवा घर खुलेको छ । मासुको परिकार मध्यपुर थिमि–३,...

    कमल बुढाको नेतृत्वमा क्रान्तिकारी प्रेस संगठन

    पत्रकार कमल बुढाको नेतृत्वमा ‘क्रान्तिकारी प्रेस संगठन’ गठन  गरिएको छ । क्रान्तिकारी पत्रकार महासंघ र...

    बिजुक्छे र नेमकिपामाथि राप्रपा नेता मिश्रको प्रहार, माओवादी नेता डिपी ढकालको प्रतिवाद

    rabindra dp

    पूर्वराजा ज्ञानेन्द्र शाहलाई चाँडै राजगद्दीमा देख्न पाइयोस् भनी प्रार्थना गर्ने गरेका पूर्व पत्रकार एवं राप्रपाका...

    पूर्वराजा शाहलाई भक्तपुरमा भब्य स्वागत

    पूर्वराजा ज्ञानेन्द्र शाहलाई भक्तपुरमा भब्य स्वागत भएको छ । आइतवार दरवार स्क्वायरस्थित प्रसिद्ध तलेजु भवानी...