News Portal

  • पत्रकार पुडासैनीबारे प्रहरीले पत्ता लगायो नयाँ तथ्य

    भक्तपुर, ८ भदौ
    ७८८ पटक
    भक्तपुर, ८ भदौ

    चितवनको कंगारु होटलमा झुन्डिएको अवस्थामा मृत फेला परेका माउन्टेन टेलिभिजनमा कार्यरत पत्रकार शालिकराम पुडासैनीले गर्लफ्रेन्डसँग भेट्न छुट्टै कोठा लिएको नयाँ तथ्य पत्ता लागेको छ।

    श्रीमती सम्झना घिमिरेसँग बालाजु माछापोखरीमा कोठा लिएर बस्ने पुडासैनीले बिदा र फुर्सदको समयमा प्रेमिकालाई भेट्न टोखा नगरपालिका ११ महादेवटारकी गोमा न्यौपानेको घरमा कोठा भाडामा लिएको फेला परेको हो ।

    महानगरीय प्रहरी परिसरको टोलीले पुडासैनीको कोठाबाट पुडासैनी र उनकी प्रेमिकाको फोटोसहित केही कागजात बरामद गरेको छ भन्ने खबर नागरिक दैनिकमा छ। पुडासैनीले एकजना केटीसँग खिचेको फोटो, लालपुर्जा, शेयर प्रमाणपत्र, सुन किनेको बिललगायत सामग्री बरामद गरेको वडाध्यक्ष उत्तम अधिकारीले जानकारी दिए।

    प्रहरीले उक्त फोटो पुडासैनीले आरोप लगाएकी अस्मिता कार्कीको हो या अन्य कसैको हो, खुलाउन चाहेन। घरबेटी गोमा न्यौपानेले पुडासैनी कोठामा केटी लिएर आउने गरेको बताइन।

    पत्रकार शालिकराम पुडासैनीको आत्महत्यापछि प्रहरीले चर्चित टेलिभिजन कार्यक्रम प्रस्तोता रवि लामिछानेसहित ३ जनालाई आत्महत्या दुरुत्साहन अन्तर्गत अनुसन्धान गरिरहेको छ ।

    प्रतिकृया दिनुहोस्

    हनुमन्ते खोलामा सेनाका हवल्दारको शव फेला

    भक्तपुर । भक्तपुर-१, सल्लाघारी स्थित हनुमन्ते खोलामा शव फेला परेको छ । दिउँसो करिब साढे...

    भक्तपुर आए आधा दर्जन सहसचिव

    भक्तपुर । नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठानका प्रशिक्षार्थी रहेका निजामती सेवाका सहसचिवहरुले भक्तपुर नगरपालिकाको अध्ययन भ्रमण...

    बनेपाको अग्नी सहकारी पीडितलाई उजुरी गर्न एक हप्ताको समय

    काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका–८ सिनागालमा अवस्थित ‘अग्नी बचत तथा ऋण सहकारी संस्था लिमिटेड’सँग सम्बन्धित...

    इप्सन भक्तपुरको वादविवादमा यी भए अगाडि

    भक्तपुर । शिक्षा अब केवल परीक्षाको अङ्कमा मात्र सीमित रहेन, तर्क, विचार र अभिव्यक्तिको पनि...

    ललितपुरमा राधा–लक्ष्मण क्रियाशील पत्रकारिता पुरस्कार स्थापना

    ललितपुर, २२ साउन २०८२ । नेपाल पत्रकार महासंघ, जिल्ला शाखा ललितपुरले पत्रकारितामा सक्रिय योगदान पुर्‍याउने...