News Portal

  • भक्तपुरमा कस्तुरी तीज धमाका सम्पन्न,छमछमी नाचेर मात्र नभई सम्मान गरेर सकियो कार्यक्रम

    भक्तपुर, ८ भदौ
    १६१७ पटक
    भक्तपुर, ८ भदौ

    नेपाली नारीहरुको महान पर्व हरितालिका तीजको अवसर पारेर भक्तपुरमा तीज बिशेष कार्यक्रम भब्यताका साथ सम्पन्न भएको छ । कस्तुरी फेसन एन्ड सलुनद्वारा आयोजित ‘कस्तुरी तीज धमाका’ शनिवार सम्पन्न भएको हो ।

    भक्तपुर क्याम्पस नजिक एक पार्टी प्यालेसमा भएको उक्त तीज बिशेष कार्यक्रममा भक्तपुरका सयौं महिला दिदीबहिनीहरुको सहभागीता रहेको थियो । उनीहरुले कार्यक्रममा छमछमी नाचेर कार्यक्रमको भरपुर स्वाद लिएका थिए ।

    कस्तुरी फेसन एन्ड सलुनको आयोजनामा शनिवार आयोजित उक्त कार्यक्रममा सांगीतिक माहौलका अलावा भक्तपुरका प्रतिभा भएर देशव्यापी ख्याती कमाएका केहि प्रतिनिधि पात्रलाई सम्मान समेत गरिएको थियो ।

    चर्चित हास्य अभिनेत्री बसुन्धरा भुसालको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा भक्तपुरका ४ बिशेष महिला सहित चर्चित गायक आयुस केसीलाई समेत सम्मान गरिएको थियो ।

    चर्चित धाविका कान्छि माया कोजु, बाजा क्विन इन्दिरा लाछिमस्यु, सामाजिक अभियन्ता तथा आत्मरक्षा प्रशिक्षक पद्मा खयरगोली, मिस भक्तपुर रोशिका देउजा सहित गायक आयुस केसीलाई भक्तपुरबाट प्रतिनिधित्व गरि राष्ट्रिय तथा अन्तर्राष्ट्रिय पहिचान सहित योगदान गर्न सफ़ल भएकोमा बिशेष सम्मान गरिएको आयोजकको भनाइ छ ।

    उनीहरुलाई सम्मान गर्दै प्रमुख अतिथि रहेकी प्रथम नेपाली हास्य अभिनेत्री बसुन्धरा भुसालले भक्तपुरसंग आफ्नो पनि बिशेष पारिवारिक सम्बन्ध रहेकोले यहाँका मानिसहरुको प्रगती देख्दा खुशी लाग्ने बताइन । उनले भक्तपुर सानो जिल्ला भएपनि यहाँका मानिसको प्रतिभा ठूलो भएको भन्दै प्रशंसा गरेकी थिइन् । उनले यस्ता तिज कार्यक्रमले महिला दिदीबहिनीलाई मनोरन्जन मात्र मिल्ने नभई आपसी सम्बन्ध पनि सुमधुर बन्ने बताउदै निरन्तरताको शुभकामना दिएकी थिइन् ।

    सम्मानित हुने व्यक्तित्वहरुले आयोजकलाई धन्यवाद दिंदै सम्मानबाट आफूहरुलाई थप हौसला प्राप्त भएको भन्दै आफ्नो क्षेत्रमा अझ योगदान गर्ने प्रतिबद्धता प्रकट गरेका थिए ।

    कार्यक्रमलाई गायक तथा कार्यक्रमका संयोजक कपिल कसपालले संचालन गरेका थिए भने उनले आफ्ना र अन्य केहि चर्चित गीत प्रस्तुत गरेर माहोललाई तताएका थिए । यस्ता कार्यक्रमहरु निरन्तर आयोजना गरिने र प्रतिभाको खोजी र सम्मानलाई जारी राखिने कार्यक्रमका संयोजक कपिल कसपालले भक्तपुर पोष्टलाई बताए ।

    उक्त अवसरमा गायक आयुस केसी, गायिका बर्षा सिलवाल, मिरा गोर्खाली, बुनु श्रेष्ठ , गायक अनिल नवाङ सहित युवा र्यापर प्रबिन तामाङ वाइवा र रोजन बराइलीको पनि बिशेष प्रस्तुति रहेको थियोे ।

    कस्तुरी फेसन एन्ड सलुनकी अध्यक्ष अनु गिरीको सभापतित्वमा संचालित कार्यक्रममा सलुनका संचालक रबिन अवालले कार्यक्रम सफल गराइदिएकोमा धन्यवाद ज्ञापन गरेका थिए ।

    प्रतिकृया दिनुहोस्

    अक्सफोर्डका विद्यार्थीलाई आत्मविश्वास, सहकार्य र निर्देशनको पालना सम्बन्धी अभिमुखीकरण

    भक्तपुर १ सल्लाघारीस्थित अक्सफोर्ड प्राक्टिकल स्कुलले विद्यार्थी मार्ग निर्देशन, प्रतिभा पहिचान तथा पुरस्कार वितरण कार्यक्रम...

    लौहकिन्थलीस्थित मझेरी क्याफेमा छापामार्दा १६ जना समातिए

    भक्तपुरको मध्यपुर थिमी १ लौहकिन्थलीस्थित मझेरी क्याफेमा छापामारी प्रहरीले १६ जनालाई समातेको छ । उक्त...

    विश्व डाउन सिन्ड्रोम दिवसमा समावेशी शिक्षा र जिविकोपार्जन सम्बन्धी गोष्ठी सम्पन्न

    हरेक वर्ष बिश्व डाउन सिन्ड्रोम दिवसको अवसरमा विभिन्न कार्यक्रमहरू आयोजना गर्दै आइरहेको डाउन सिन्ड्रोम समाज...

    नेराकस (निजामती) को बागमती प्रदेशमा ढुंगानाको अध्यक्षतामा २१ सदस्यीय नयाँ कार्यसमिति

    नेपाल राष्ट्रिय कर्मचारी संगठन (निजामती) को बागमती प्रदेश अध्यक्षमा श्रवण ढुंगाना निर्वाचित भएका छन् ।...

    पारिवारिक दुश्मनीले लियो ११ जनाको ज्यान

    पाकिस्तानमा एक प्रमुख स्थानीय राजनीतिज्ञसहित एघार व्यक्तिको हत्या भएको छ । बन्दुकधारीहरुले मङ्गलबार सो नरसंहार...