News Portal

  • भक्तपुरका चारवटै नगरपालिकामा कानुनी सहजकर्ता नियुक्त

    भक्तपुर, १० भदौ
    २३८९ पटक
    भक्तपुर, १० भदौ

    भक्तपुर जिल्ला समन्वय अधिकारी कृष्णप्रसाद धितालले टेलिफोन गरेर जब कानुनी सहजकर्ताको नियुक्ती पत्र लिन जान सूचित गरे तव एक प्रतिस्पर्धी परीक्षार्थीले उनको कुरा पत्याइनन् । धिताललाई कतै गलत नम्बर पो डायल गरेँ कि भन्ने पनि लाग्यो तर त्यस्तो भएको थिएन । उनले दोबारा फोन नम्बर लिएर जब सूचित गरे, बिना पावरमै जागिर पाइएको कुराले ति बेरोजगार प्रतिस्पर्धी चकित परे ।

    भक्तपुर जिल्ला समन्वय अधिकारी कृष्णप्रसाद धितालले सरकारी सेवामा प्रवेश गरेको २ दशक बढी भैसक्यो । यसबीच उनी धेरै परिवर्तनका साक्षी भए तरपनि सानो पद मानिएको पियन राख्न पनि ठूलै पावर झेल्नु परेको अनुभव उनीसंग छ । यसपटक भने आफ्नो कार्यालयले लिएको मौखिक परीक्षामा बिना पावर योग्य उम्मेदवार चयन गर्न पाउदा उनी दंग देखिए ।

    हो, आज मंगलवार भक्तपुरका सबै स्थानीय तहले कानुनी सहजकर्ता पाएका छन् । समन्वय अधिकारी धिताल आफैले भक्तपुर बाट छानिएका सबै मूख्य उम्मेदवारलाई फोन गरी मंगलवार हेटौडा स्थित प्रदेश नम्बर ३ को आन्तरीक मामिला तथा कानुन मन्त्रालयमा नियुक्त लिन जान आइतवार नै फोन गरिसकेका थिए । उनका अनुसार आजै भक्तपुरका ४ वटै नगरपालिकाका लागि छनौट गरिएकाहरुलाई प्रदेश नम्बर ३ को आन्तरीक मामिला तथा कानुन मन्त्रालयले नियुक्ति पत्र प्रदान गरेका छ ।

    नियुक्त पत्र प्राप्त गरे संगै भक्तपुर नगरपालिकाको कानुनी सहजकर्ताको पद अन्जना बासुकलाले प्राप्त गरेकी छन् । उनी भक्तपुर-१० की स्थानीय बासिन्दा हुन् । त्यसैगरी चाँगुनारायण नगरपालिकामा स्थानीय विकाश खड्का नै नियुक्त भएका छन् ।

    सूर्यविनायक नगरमा नियुक्ति पाउनेमा सूर्यविनायक-५ की राजेश्वरी प्रजापति परेकी छन् भने मथ्यपुर थिमीमा पनि स्थानीय अनिता प्रजापति भासिमा नियुक्त भएकी छन् ।

    १ सय ३३ जनाले आवेदन दिएकोमा ४ नगरपालिकाका लागि ४ जना छान्नु चुनौतीपूर्ण काम थियो । धिताललाई शक्ति केन्द्रबाट आफ्नो मान्छे पारिदिन दबाब पनि परेको थियो । ” शक्ति केन्द्रको दबाब त सामान्य भैहाल्यो, प्रतिस्पर्धीले समेत भेटेर टेलिफोन र म्यासेज मार्फत प्रभाव पार्ने प्रयास गरे ।” उनले परीक्षाफल प्रकाशन गर्नु अघिका घटना सम्झदै भक्तपुर पोस्ट संग भने । उनका अनुसार आर्थिक प्रलोभन समेत राख्न भ्याइएको थियो । अन्तर्वार्ता मात्र भएकोले तजविजीमा जागिर पाइने प्रतिस्पर्धीको समेत विस्वास रहेको देखिएको उनले बताए ।

    करार सेवाका लागि समेत छनोटमा पर्न गरिएको दौडधुप देख्दा उनलाई देशको बेरेज्गारीले भावविह्वल समेत बनायो । उनलाई जत्तिसुकै प्रभावित पार्न खोजिए पनि निष्पक्ष निर्णय लिएर योग्य उम्मेदवार छानिएको उनको दावी छ ।

    यसपटक कानुनी सहजकर्ता नियुक्ति सम्बन्धी कार्यविधि-२०७६ अनुसार उम्मेदवार छनौट गर्दा भनसूनको कुनै गुञ्जायस नभएको समन्वय अधिकारी धितालको जिकिर छ ।

    उनका अनुसार प्रतिस्पर्धीको शैक्षिक योग्यता, स्थानीयता, लिङ्ग, अनुभव आदीमा नम्बर राखिएकाले फारम भर्ने प्रतिस्पर्धीको कागज्पत्रकै आधारमा को छानिने भन्ने निश्चित भैसक्ने हुनाले अन्तर्वार्ता केवल औपचारिकताका लागि मात्र भएको थियो ।

    भक्तपुर जिल्लामा १ सय ३३ जनाले आवेदन दिएको भएता पनि नियुक्त हुने चारै जना कानुन संकायबाट भएकोले अरुले स्थान नपाएको उनले जानकारी गराए । मापदण्ड नबुझ्दा अन्य संकायका परीक्षार्थीले अनाहकमा दुख पाएको उनको स्वीकारोक्ती छ ।

    प्रदेश नम्बर ३ ले प्रत्येक स्थानीय तहमा कानुनी सहजकर्ता करारमा पदपूर्ती गर्ने भन्दै आवेदन माग गरेको थियो । जिल्ला समन्वय समितिको कार्यालयमार्फत माग गरिएको उक्त पदका लागि भक्तपुरबाट १ सय ३३ जनाले आवेदन दिएकोमा सबैभन्दा कम आवेदन भक्तपुरमा परेको थियो भने सबैभन्दा बढी सूर्यविनायकमा आवेदन परेको थियो ।

    हेर्नुस नियुक्ति पाएका मूख्य उम्मेदवार र बैकल्पिकमा रहेकाहरुको लिस्ट :

     

    प्रतिकृया दिनुहोस्

    प्रहरी परिसर भक्तपुरकी इन्स्पेक्टर खनाल डिएसपीमा बढुवा सिफारिस

    नेपाल प्रहरीका ४६ जना प्रहरी निरीक्षक (इन्स्पेक्टर) प्रहरी नायब उपरीक्षक (डिएसपी)का लागि बढुवा सिफारिस भएका...

    भक्तपुर बहुमुखी क्याम्पसको प्रमुखमा लुइँटेल

    सह प्राध्यापक कविता लुइँटेल भक्तपुर बहुमुखी क्याम्पसको क्याम्पस प्रमुखमा नियुक्त भएकी छन् । उनी गणित...

    भैंसीकै महत्वहिन चर्चा, कृषिप्रतिकाे घाेर अपमान

    प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई सधैँ पूर्वाग्रही आँखाले हेरिरहनेप्रति त केही भन्नु छैन । उनले भारत...

    सूर्यविनायकमा पत्रकार बल्ल सम्मानित, सांसद र एआईजी लगायत १४ जनालाई पनि सम्मान

    पत्रकार मोहन बल्ल सम्मानित भएका छन् । आफ्नै वडाले उनलाई सम्मान गरेको छ । सूर्यविनायक...

    प्रधानमन्त्रीको भारत भ्रमण : के के भए सहमति र सम्झौता

    prachanda modi

    भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको निमन्त्रणामा भारतको चारदिने औपचारिक भ्रमणमा रहनुभएका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ आज...