News Portal

  • इन्ट्रीको काम सकेर रुजुको काम शुरु : प्राविको नतिजा यसैसाता निस्कने

    भक्तपुर, ११ भदौ
    १२९१ पटक
    भक्तपुर, ११ भदौ

    शिक्षक सेवा आयोगले यसै हप्तादेखि खुलातर्फको प्राथमिक तहको अन्तिम नतिजा प्रकाशन गर्न शुरु गर्ने जनाएको छ ।

    विभिन्न जिल्लामा अन्तर्वार्ता हुँदा फाइलहरु आउन ढिला भएकाले नतिजा प्रकाशनमा ढिलाइ भएको आयोगले जनाएको छ ।

    अन्तर्वार्ता पछि सबै जिल्लाका व्यक्तिगत फाइलहरु आयोगमा आएर त्यसको इन्ट्रीको काम सकिएको आयोगका प्रशासकीय प्रमुख डा. तुलसी थपलियाले जानकारी दिए ।

    ‘इन्ट्रीको काम सकेर रुजुको काम शुरु भएको छ । सायद रुजुको काम यसै हप्ता सिद्धिन्छ । अनि नतिजा प्रकाशन गर्न शुरु गर्छौं’– डा. थपलियाले भने । ‘यसै हप्तादेखि अन्तिम नतिजा प्रकाशन शुरु गर्ने आयोगको तयारी छ ।’

    गतवर्षको असोज १३ मा भएको परीक्षाको गएको असार १० गतेदेखि २९ गते सम्म नतिजा प्रकाशन गरेको थियो । आयोगले लिखित परीक्षा उत्तीर्णहरुलाई असार ३० गतेदेखि साउन १४ गतेसम्म अन्तर्वार्ता सञ्चालन गरेको थियो । साथै, छुटेकाहरुको साउन २५ गते अन्तर्वार्ता लिइएको थियो ।

    ९ हजार ९ सय ९६ पदमा भएको विज्ञापनमा १४ हजार १ सयबढीले लिखित परीक्षा उत्तीर्ण गरेका थिए ।

    प्रतिकृया दिनुहोस्

    हनुमन्ते खोलामा सेनाका हवल्दारको शव फेला

    भक्तपुर । भक्तपुर-१, सल्लाघारी स्थित हनुमन्ते खोलामा शव फेला परेको छ । दिउँसो करिब साढे...

    भक्तपुर आए आधा दर्जन सहसचिव

    भक्तपुर । नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठानका प्रशिक्षार्थी रहेका निजामती सेवाका सहसचिवहरुले भक्तपुर नगरपालिकाको अध्ययन भ्रमण...

    बनेपाको अग्नी सहकारी पीडितलाई उजुरी गर्न एक हप्ताको समय

    काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका–८ सिनागालमा अवस्थित ‘अग्नी बचत तथा ऋण सहकारी संस्था लिमिटेड’सँग सम्बन्धित...

    इप्सन भक्तपुरको वादविवादमा यी भए अगाडि

    भक्तपुर । शिक्षा अब केवल परीक्षाको अङ्कमा मात्र सीमित रहेन, तर्क, विचार र अभिव्यक्तिको पनि...

    ललितपुरमा राधा–लक्ष्मण क्रियाशील पत्रकारिता पुरस्कार स्थापना

    ललितपुर, २२ साउन २०८२ । नेपाल पत्रकार महासंघ, जिल्ला शाखा ललितपुरले पत्रकारितामा सक्रिय योगदान पुर्‍याउने...