News Portal

  • विद्युत प्राधिकरणका भक्तपुर र ठिमी वितरण केन्द्र प्रमुख फेरिए

    भक्तपुर, ११ भदौ
    १६६५ पटक
    भक्तपुर, ११ भदौ

    नेपाल विद्युत प्राधिकरणका उपल्लो तहका कर्मचारीको सरुवा गरिदिएको छ । प्राधिकरणले विभिन्न वितरण केन्द्र प्रमुख तथा विभिन्न आयोजनामा प्रमुखको समेत सरुवा गरिदिएको हो ।

    यसरी सरुवा भएकामा ७, ८ र ९ तहका गरी ८५ जना कर्मचारी रहेका छन् ।

    प्राधिकरणले जनाए अनुसार ९ तहका ८ जना, ८ तहका ३९ जना र ७ तहका ३८ जना कर्मचारीको सरुवा भएको छ ।

    प्राधिकरणले यसलाई नियमित सरुवा भएको बताएको छ । भदौ महिना सरुवाको महिना भएको र कार्यक्षमता र सुविधालाई ध्यान दिएर कर्मचारी सरुवा गरिएको दावी गरेको छ ।

    यो सरुवा संगै प्रादेशिक कार्यालयबाट सुबोध शर्मा ठिमी वितरण केन्द्रको प्रमुखमा सरुवा भएका छन् ठिमीमा प्रमुख रहेका पार्थ श्रेष्ठ सरुवा सरुवा भएर प्रादेशिक कार्यालय काठमाडौ पुगेका छन् ।

    त्यसैगरी भक्तपुर वितरण केन्द्रका प्रमुख प्रज्वलमान श्रेष्ठ सरुवा भै रत्नपार्क पुगेका छन् भने उनको स्थानमा सखुवा बाट राजकुमार रमण आएका छन् ।

    हेर्नुस को कहाँ

     

    प्रतिकृया दिनुहोस्

    हनुमन्ते खोलामा सेनाका हवल्दारको शव फेला

    भक्तपुर । भक्तपुर-१, सल्लाघारी स्थित हनुमन्ते खोलामा शव फेला परेको छ । दिउँसो करिब साढे...

    भक्तपुर आए आधा दर्जन सहसचिव

    भक्तपुर । नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठानका प्रशिक्षार्थी रहेका निजामती सेवाका सहसचिवहरुले भक्तपुर नगरपालिकाको अध्ययन भ्रमण...

    बनेपाको अग्नी सहकारी पीडितलाई उजुरी गर्न एक हप्ताको समय

    काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका–८ सिनागालमा अवस्थित ‘अग्नी बचत तथा ऋण सहकारी संस्था लिमिटेड’सँग सम्बन्धित...

    इप्सन भक्तपुरको वादविवादमा यी भए अगाडि

    भक्तपुर । शिक्षा अब केवल परीक्षाको अङ्कमा मात्र सीमित रहेन, तर्क, विचार र अभिव्यक्तिको पनि...

    ललितपुरमा राधा–लक्ष्मण क्रियाशील पत्रकारिता पुरस्कार स्थापना

    ललितपुर, २२ साउन २०८२ । नेपाल पत्रकार महासंघ, जिल्ला शाखा ललितपुरले पत्रकारितामा सक्रिय योगदान पुर्‍याउने...