News Portal

  • ड्राइभर साहेव गंगाराम खाइजू

    निशा कुस्मा/भक्तपुर पोस्टभक्तपुर, १४ भदौ
    १२४१ पटक
    भक्तपुर, १४ भदौ

    भक्तपुर-काठमाडौं सडकमा सार्वजनिक यातायातबाट आवतजावत गर्नुहुन्छ भने तपाईले पक्कै पनि ख्वप: यातायात चढेको हुनुपर्छ ।

    अन्य सार्वजनिक यातायात भन्दा भिन्नै र अनौठो अनुभव हुने यो बस यसका चालकका कारण पछिल्लो समय निकै चर्चित छ । चालक र सहचालक दुवैको काम एक्लै गर्नसक्ने मात्र नभई यात्रीलाई बेलाबेलामा उपदेश पनि दिन भ्याउने उनी हुन् चालक गंगाराम खाइजू ।

    गजबको कुरा के भने उनले आफ्नो स्टाटस आफै बनाएका छन् । उनलाई यात्रुहरुले ड्राइभर साहेव भनेको खुबै मनपर्छ । चालकलाई भनिने गुरुजी शब्द प्रति उनको आपत्ति छ । उनले शब्दलाई सही अर्थमा प्रयोग गर्नुपर्ने भन्दै आफूलाई ड्राइभर साहेव भनेर सम्बोधन गर्न उर्दी नै जारी गरेका छन् ।

    यात्रु उनका उपदेश सुनेर रमाइलो मान्छन । माइकिङ्ग गरेर उनी मिलेर बस्न मात्र अनुरोध गर्दैनन् । देशको तितोमिठो घटनाबारे पनि आफ्नो धारणा सुनाइहाल्छन । यात्रुहरु ओर्लदा ड्राइभर साहेब भन्दै रमाइलो गर्दै बिदा हुन्छन अनि उनी स्यालुट गर्दै बिदाइ गर्छन ।

    सार्वजनिक यातायातमा यत्ति मिठासपूर्ण सम्बन्ध कमै हुनेगर्छ । एक मानिस उभिने ठाउँ हुन्जेल यात्रु कोच्ने र भाडामा बिबाद गर्ने बस व्यवसायी माझ अपवाद बनेका छन् खाइजू । उनी बसका चालक मात्र होइनन, मालिक पनि हुन् । उनको बसमा यात्रु आफै मिलेर बस्छन । झर्ने बेलामा बसमा राखिएको घन्टी बजाएपछि खाइजूले बस रोकिदिन्छन ।

    भाडाको लागि उनको यातायातमा कहिल्यै बिबाद हुदैन किनभने यात्रुले भाडा स्वबिबेकले बाक्सामा खसाइदिञ्छन । कसैले भाडा नतिरेर ओर्लेमा अथवा कम भाडा खसालेमा समेत खाइजूलाई थाहाँ हुदैन । यसो गर्दा तपाइँलाई घाटा हुदैन भन्ने भक्तपुर पोस्टको जिज्ञासामा उनले सबै कुरा विस्वासमा अडेको बताए ।

    भनिन्छ, परिवर्तन गर्नुछ भने आफैवाट शुरुवात गर्नुपर्छ । गंगाराम खाईजू नारालाई पूर्णता दिने प्रयासमा छन् । गंगारामले भने, ‘सोच भनेको बनाएर बन्दैन। सोच आफ्नो भित्री मनमा उत्पन्न हुन्छ ।” आफू चालक भएको नाताले यातायात क्षेत्रमा सकारात्मक शुरुवात गरि सहज यात्रा गराउन अठोट गरेर गत असारबाट आफूले ख्वप यातायातको श्रीगणेश गरेको गरेको उनको भनाइ छ ।

    गाडीमा भोकप्यास मेटाउनको लागि चाउचाउ, पानीको व्यवस्था गरिएको छ । यात्राको क्रममा घाउचोट लागेमा प्रथमिक उपचारको पनि व्यवस्था रहेको उनले बताएका छन् । उनले बसमा प्रेरक भनाइहरु लेखेर टाँस गरेका छन् भने डस्ट बिनको समेत व्यवस्था गरेका छन् ।गाडीभित्रको वातावरण रमणिय भएर होला यात्रीहरुको सकारात्मक प्रतिकृया आएको उनले भक्तपुरपोस्ट संग बताएका छन् ।

    भक्तपुर नगरपालिकाका मेयर सुनिल प्रजापति खाइजूको यातायातबाट आफू पनि प्रभावित रहेको बताउछन । आफूले प्रत्यक्ष नदेखेको भएपनि साथीभाईहरुबाट यस विषयमा थाहाँ पाएको भन्दै उनले आफ्नो पेशालाई मर्यादित बनाउन खाइजूले देखाएको भूमिका स्वागतयोग्य भएको भन्दै प्रसंशा समेत गरे ।

    नेपालका लागि यो नौलो भएको यसमा यात्रा गरेका समिन्द्र धामीले सुनाए । ‘परिवर्तन सानैबाट हुन्छ, सकारात्मक प्रयासमा सबैले साथ् दिनुपर्छ ।’ धामीले भने ।

    अर्का यात्रु ईश्वरलाल खयरगोलीका अनुसार उनी ख्वप यातायातको सेवाबाट अत्यन्त सन्तुष्ट छन् । यसमा जस्तै अन्य सार्वजनिक गाडीलाई पनि व्यवस्थित र यात्रीमैत्री गर्न सके आगामी दिनमा सार्वजनिक यात्रा धेरै सहज र सुरक्षित हुने उनले विस्वास व्यक्त गरे ।

    फेसबुकमै खबर प्राप्त गर्न  Bhaktapur Post फेसबुक पेज लाइक गर्नुहोस् ।

    https://www.facebook.com/bhaktapurpost/

    प्रतिकृया दिनुहोस्

    उपभोक्ता हित संरक्षणमा चाँगुनारायण प्रतिवद्ध

    चाँगुनारायण नगरपालिकाका मेयर जीवन खत्रीले उपभोक्ताको हित संरक्षणका लागि नगरपालिका दृढ रहेको दावी गरेका छन्...

    चार दिने युएई भ्रमणमा प्रधानमन्त्री प्रचण्डका दुई दर्जन उपलब्धी

    प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड जलवायु सम्मेलनमा भाग लिएर आइतबार स्वदेश फर्किएका छन् । उनले चार...

    दुवाकोट सडकमा स्थानीयको अवरोध

    दुवाकोट मोडमा स्थानीयले सडक अवरुद्ध गरेका छन् । स्थानीयले सडकमा प्रदर्शन गर्दै सवारी आवागमनमा अवरोध...

    शर्मा र सुवेदीलाई सम्मान

    २०८०।०८।१४ काठमाडौं अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज नेपाल च्याप्टरले अनेसास बिओटी सल्लाहकार रोहिणी शर्मा र अनेसासका...

    आयल निगम ऋण मुक्त भएसंगै घट्यो पेट्रोलियम पदार्थको मूल्य

    भारी ऋणमा रहेको नेपाल आयल निगम ऋण मुक्त भए संगै पेट्रोलियम पदार्थको मूल्य घटेको छ...