News Portal

  • विप्लवको नाम बेच्दै गठ्ठाघर बस्ने पत्रकार पक्राउ

    भक्तपुर, १६ भदौ
    १८३७ पटक
    भक्तपुर, १६ भदौ

    विद्रोही दल विप्लव नेतृत्वको नेकपाको नेता भएको बताउदै चन्दा आतंक मच्चाउने ३ जना पक्राउ परेका छन् । विप्लवका नेता कार्यकर्ता भूमिगत भएको मौका पारी बिभिन्न सरकारी कार्यालयका प्रमुखहरुलाई आफू विप्लव नेतृत्वको पार्टीको काठमाडौं जिल्ला ईन्चार्ज हुँ भन्दै जवर्जस्ती रकम माग गर्ने ३ व्यक्ति पक्राउ परेका हुन् ।

    पक्राउ पर्नेमा भक्तपुरको गठ्ठाघर बस्ने सुवास कोइराला सहित ३ जना रहेका छन् । झापाको भद्रपुर-८ स्थायी घर भै मध्यपुर थिमी-३ गठ्ठाघर बस्ने कोइरालाले आफू विप्लवको काठमाडौ जिल्ला इन्चार्ज भएको बताउदै विभिन्न सरकारी कार्यालयका प्रमुखहरुसंग पैसा मागेका प्रहरीको जिकिर छ । कोइरालाले पैसा नदिए घरमा बम पड्काइदिने र ज्यान लिने सम्मको धम्की दिएको प्रहरीले जानकारी गराएको छ ।

    ४१ वर्षिय कोइराला एक साप्ताहिक पत्रिकाको सम्पादक नै रहेको समेत खुल्न आएको छ । जनतालाई सहि सूचना दिनुपर्ने पेशामा लागेका उनकै गलत व्यवहारले विप्लवको नाममा चन्दा असुल्नेहरुको लामै लिस्ट हुनसक्ने भन्दै उक्त पार्टीका एक भक्तपुर जिल्ला नेताले चिन्ता व्यक्त गरेका छन् । उनले पार्टीको नाम बदनाम नगराउन चेतावनी दिंदै पार्टीले पनि यस विषयमा सर्च अभियान चलाउने बताए ।

    पक्राउ पर्ने अन्य दुईमा झापाको गौरादह–७ घर भई बानेश्वर बस्ने ४२ वर्षिय विश्वराज शर्मा र झापाकै भद्रपुर–८ घर भई काँडाघारी बस्ने २४ वर्षिय सुभम् घिमिरे समेत रहेका छन् । गोप्य सूचनाको आधारमा उनीहरुलाई आइतवार महानगरीय अपराध महाशाखाबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको हो । उनीहरु उपर थप अनुसन्धान भैरहेको अपराध महाशाखाले जनाएको छ ।

    प्रतिकृया दिनुहोस्

    भक्तपुर आए आधा दर्जन सहसचिव

    भक्तपुर । नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठानका प्रशिक्षार्थी रहेका निजामती सेवाका सहसचिवहरुले भक्तपुर नगरपालिकाको अध्ययन भ्रमण...

    बनेपाको अग्नी सहकारी पीडितलाई उजुरी गर्न एक हप्ताको समय

    काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका–८ सिनागालमा अवस्थित ‘अग्नी बचत तथा ऋण सहकारी संस्था लिमिटेड’सँग सम्बन्धित...

    इप्सन भक्तपुरको वादविवादमा यी भए अगाडि

    भक्तपुर । शिक्षा अब केवल परीक्षाको अङ्कमा मात्र सीमित रहेन, तर्क, विचार र अभिव्यक्तिको पनि...

    ललितपुरमा राधा–लक्ष्मण क्रियाशील पत्रकारिता पुरस्कार स्थापना

    ललितपुर, २२ साउन २०८२ । नेपाल पत्रकार महासंघ, जिल्ला शाखा ललितपुरले पत्रकारितामा सक्रिय योगदान पुर्‍याउने...

    मध्यपुर थिमिमा जेष्ठ नागरिक र गर्भवतीलाई नि:शुल्क वडागत स्वास्थ्य सेवा शुरु

    भक्तपुरको मध्यपुर थिमि नगरपालिकाले जेष्ठ नागरिक र गर्भवती महिलाहरुको लागि नि:शुल्क वडागत स्वास्थ्य सेवा शुभारम्भ...