News Portal

  • भक्तपुर प्रहरीको शंकामा परेपछि ५६ थान मोबाइल सहित तीनजना पक्राउ

    भक्तपुर, १७ भदौ
    १४०० पटक
    भक्तपुर, १७ भदौ

    भक्तपुर प्रहरीले शंकाको आधारमा एक व्यक्तिलाई समाउदा चोरीको मोबाइल कारोबारी पक्राउ परेका छन् । सूर्यविनायक नगरपालिका-५ पाण्डुबजारमा शंकास्पद रुपमा हिडिरहेका एक युवकलाई केरकार गर्दा प्रहरीलाई उक्त सफलता मिलेको हो ।

    सूर्यविनायकस्थित पाण्डुबजारमा हिडिरहेका चाँगुनारायण नगरपालिका वडा नं.६ खरिपाटी बस्ने २२ बर्षिय रामकुमार लामिछाने माथि शंका लागेपछि चेकजाँच गर्दा उनको साथबाट बिभिन्न कम्पनीका बिल भरपाई नभएका १० थान मोबाईल बरामद भएपछि उनलाई महानगरीय प्रहरी वृत्त जगातीले पक्राउ गरि अनुसन्धान गरेको थियो ।

    अनुसन्धानका क्रममा लामिछानेले अन्य २ जनालाई पनि पोलेपछि प्रहरीले चोरीको मोबाइल कारोबारमा संलग्न तीनैजनालाई पक्राउ गरी आवश्यक अनुसन्धान गरिरहेको महानगरीय प्रहरी परिसर भक्तपुरका सूचना अधिकारी समेत रहेका डीएसपी रेवतीरमण पोखरेलले जानकारी गराए ।

    पोखरेलका अनुसार पक्राउ पर्ने अन्य दुई जनामा सर्लाहीको मंलगवा-४ घर भई हाल काठमाडौंको गैरीगाउँ बस्ने बर्ष २३ को रंजित कुमार पंडित र भारतको नया दिल्ली घर भई काठमाडौंको बालकुमारी डेरा गरी बस्ने बर्ष ३३ को सत्य प्रकाश रहेका छन् ।

    प्रहरीले पण्डितको कोठाबाट बिना बिल भरपाईका बिभिन्न कम्पनीका मोबाईल सेट ४२ थान र नगद नेपाली रुपैया पचपन्न हजार फेला पारेको छ भने र भारतीय नागरीक सत्य प्रकाशको कोठा तथा उनले प्रयोग गर्ने भारतीय नम्बर प्लेटकोकारबाट बिभिन्न कम्पनीका बिना बिल भरपाईका मोबाईल ४ थान रब्याट्री, डिस्प्ले, तथा भारतीय रुपैया चार हजार आठ सय चालिस बरामद गरिएको बताइएको छ ।
    पक्राउ परेको समुह भारतबाट चोरी/छली गरी ल्याएको मोबाइल नेपाली बजारमा बेच्ने र नेपालबाट चोरीएका मोबाइल भारत लगी बेच्ने गिरोह हुनसक्ने प्रारम्भिक अनुमान गरिएको छ ।

    बिभिन्न कम्पनीका मोबाईल गरी जम्मा ५६ थान मोबाईल र नगद ६२ हजार ७सय ४४ सहित पक्राउ परेका तीनै जनालाई महानगरीय प्रहरी वृत्त जगातीमा राखी चोरी मुद्धामा म्याद थप गरी आवस्यक अनुसन्धान कार्य भईरहेको डीएसपी रेवतीरमण पोखरेलले जानकारी गराए ।

    प्रतिकृया दिनुहोस्

    भक्तपुर आए आधा दर्जन सहसचिव

    भक्तपुर । नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठानका प्रशिक्षार्थी रहेका निजामती सेवाका सहसचिवहरुले भक्तपुर नगरपालिकाको अध्ययन भ्रमण...

    बनेपाको अग्नी सहकारी पीडितलाई उजुरी गर्न एक हप्ताको समय

    काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका–८ सिनागालमा अवस्थित ‘अग्नी बचत तथा ऋण सहकारी संस्था लिमिटेड’सँग सम्बन्धित...

    इप्सन भक्तपुरको वादविवादमा यी भए अगाडि

    भक्तपुर । शिक्षा अब केवल परीक्षाको अङ्कमा मात्र सीमित रहेन, तर्क, विचार र अभिव्यक्तिको पनि...

    ललितपुरमा राधा–लक्ष्मण क्रियाशील पत्रकारिता पुरस्कार स्थापना

    ललितपुर, २२ साउन २०८२ । नेपाल पत्रकार महासंघ, जिल्ला शाखा ललितपुरले पत्रकारितामा सक्रिय योगदान पुर्‍याउने...

    मध्यपुर थिमिमा जेष्ठ नागरिक र गर्भवतीलाई नि:शुल्क वडागत स्वास्थ्य सेवा शुरु

    भक्तपुरको मध्यपुर थिमि नगरपालिकाले जेष्ठ नागरिक र गर्भवती महिलाहरुको लागि नि:शुल्क वडागत स्वास्थ्य सेवा शुभारम्भ...