News Portal

  • चार्जिङ स्टेशन उद्घाटन गर्दै सचिव घिमिरेले भने-सरकारले पनि ३ सय विद्युतीय बस संचालन गर्दैछ

    भक्तपुर, १७ भदौ
    १३०७ पटक
    भक्तपुर, १७ भदौ

    उपत्यकामा विद्युतीय बस संचालन गर्ने अन्तिम तयारीमा रहेको सुन्दर यातायातले विद्युतीय चार्जिङ स्टेशन उद्घाटन गरेको छ । चावहिलनजिक भत्केको पुलमा उर्जा तथा सिँचाइ मन्त्रालयका सचिव दिनेश घिमिरेले सुन्दर यातायातको चार्जिङ स्टेशन उद्घाटन गरेका हुन् ।

    मंगलवार स्टेशन उद्घाटन गर्दै सचिव घिमिरेले सरकारले तीन सय विद्युतीय गाडी चलाउने घोषणा गरिसकेको अवस्थामा निजी क्षेत्रको सुन्दर यातायातले विद्युतीय बस संचालनमा ल्याउनु स्वागतयोग्य भएको छन् । बस संचालनमा आएपछि यसले सकारात्मक प्रभाव पार्ने प्रतिक्रिया दिंदै घिमिरेले यसले विद्युत्को खपत बढ्ने र वातावरणका साथै अर्थतन्त्रमा पनि सकारात्मक प्रभाव पार्ने विश्वास व्यक्त गरे । देशबाट पेट्रोलियम पदार्थको आयात क्रमशः घटाउँदै देशभित्रै उत्पादन हुने विद्युत्को खपत बढाउने मन्त्रालयको लक्ष्य लाई सुन्दर यातायातले सहयोग गरेको सचिव घिमिरेको ठहर छ ।

    चालू आवमै सकिने विभिन्न आयोजनाबाट उत्पादित विद्युत् खेर जानसक्ने सम्भावनालाई ध्यान दिंदै सरकारले विद्युत् खपत बढाउने नीति तथा कार्यक्रम राखिएको जिकिर गर्दै सचिव घिमिरेले विद्युतीय सवारी साधनको प्रयोगका साथै खाना पकाउने एलपी ग्यासको विस्थापनमा जोड दिंदै अघि बढ्ने लक्ष्य राखिएको बताएका थिए ।

    ऊर्जामन्त्री वर्षमान पुनले गत फागुनमा गठन गरेको समितिले गत बुधबार मात्रै प्रतिवेदन बुझाएको थियो । मन्त्रालयका सहसचिव प्रविणराज अर्याल संयोजक रहेको समितिले नेपाल विद्युत् प्राधिकरणबाट लोड स्वीकृति लिई विद्युतीय सवारीका लागि चार्जिङ स्टशेन निर्माण गरी सञ्चालनमा ल्याउन सक्ने व्यवस्था गरेको छ । चालू आर्थिक वर्षको अन्त्यसम्म मुलुकको केन्द्रीय प्रसारण प्रणालीमा थप एक हजार ३०० मेगावाट क्षमता बराबरको विद्युत् थप हुने भएकाले त्यसलाई सदुपयोग गर्ने र विद्युत् खपत बढाउने लक्ष्य राखिएको छ ।

    सकारात्मक प्रभाव
    सुन्दर यातायातले विद्युतीय गाडी संचालन गरेसँगै अरु व्यवसायी पनि यसतर्फ आकर्षित हुने र यसले पेट्रोलियम पदार्थ विस्थापनमा सहयोग पुग्ने बताएको छ । सुन्दर यातायातका अध्यक्ष भेषबहादुर थापाले अहिले करिब ७ हजार रुपैयाँको डिजेलले गर्ने काम ७ सय रुपैयाँको विद्युत्ले हुने भन्दै यसले अरु व्यवसायीलाई आकर्षित गर्नसक्ने दावी गरे ।

    उनले यसै महिनाको २३ गतेबाट सुन्दरका ४ बस गुड्न थाल्ने जानकारी गराउदै थप स्थानमा चार्जिङ स्टेशन स्थापनासंगै बस संख्या समेत बढाउदै जाने बताए ।

    भदौ दोश्रो साताबाट सुन्दरले बस संचालन गर्ने भदौ १ गते नै घोषणा गरेको भएता पनि कानुनी अस्पष्टताको कारण उल्झनमा परेको थियो । यातायातले उर्जा तथा सिंचाई मन्त्री वर्षमान पुन र विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ्लाई स्थलगत अवलोकन गराएर बाधा फ़ुकाइदिन अनुरोध गरेको थियो । चार्जिङ स्टेशन स्थापनासंगै  सुन्दरका ४ बसले २३ गतेबाट सेवा शुरु गर्ने अध्यक्ष भेष बहादुर थापाले भक्तपुर पोस्ट संग भने । यो बस काठमाडौ- भक्तपुर रुटमा समेत संचालन गरिने उनले जानकारी गराए ।

    सूर्यविनायक, कोटेश्वर, बानेश्वर, वीर अस्पतालदेखि जमलसम्मको यात्रा अब विद्युतीय बसहरु बाट गर्न सकिने सुन्दर यातायातले जानकारी गराएको छ । त्यसैगरी गोंगबुदेखि सामाखुसी, गौशाला, कोटेश्वर हुदै सल्लाघारीसम्म पनि उक्त यातायात संचालन हुने सुन्दर यातायातका अध्यक्ष भेष बहादुर थापाले भक्तपुर पोस्टसंग भने । यद्यपी चार्जिङ स्टेशन स्थापना नभैसकेकोले पूर्व निर्धारित समयमा भने भक्तपुर- काठमाडौ विद्युतीय बस सेवा शुरु नहुने देखिन्छ ।

    प्रतिकृया दिनुहोस्

    भक्तपुर–नगरकोट सडकखण्डको ठेक्का सम्झौता रद्द

    सरकारले भक्तपुर–नगरकोट सडकखण्डको ठेक्का सम्झौता रद्द गरेको छ । दुई वर्षमा सम्पन्न गर्ने गरी ठेक्का...

    पुरा भयो एसईई परीक्षाको तयारी

    २०७९ मा हुने एसईई परीक्षाको तयारी पुरा भएको छ । शुक्रबारदेखि सुरु हुने माध्यमिक शिक्षा...

    आज साँझसम्म मन्त्रिपरिषद् विस्तार हुने

    मन्त्रिपरिषद् विस्तारलगायत विषयमा सत्ता साझेदार दलहरुबीच आज बिहान छलफल भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा...

    सूर्यविनायक साँगा सडक खण्डको निर्माण कार्य शुरु

    सूर्यविनायक धुलिखेल सडक आयोजना अन्तर्गत सूर्यविनायक साँगा सडक खण्डको सडक निर्माण कार्य शुरु भएको छ...

    वैशाख ६ र ७ गते भिटामिन ‘ए’ खुवाइदै

    आगामी वर्ष वैशाख पहिलो साता राष्ट्रिय भिटामिन ‘ए’ अभियान कार्यक्रम सञ्चालन गर्ने भएको छ ।...