News Portal

  • ललिता निवास किनबेच प्रकरणमा अख्तियारले ५८ जनालाई बोलायो : भक्तपुरका पनि २ जना परे

    भक्तपुर, १८ भदौ
    २३८९ पटक
    भक्तपुर, १८ भदौ

    बालुवाटारस्थित चर्चित ललिता निवासको जग्गा किनबेच प्रकरणबारे अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अनुसन्धान गर्ने भएको छ । आयोगले उक्त सम्बन्धमा सोधपुछ गर्न ५८ जनालाई बोलाएको छ ।

    बुधवार सार्वजनिक सूचना मार्फत आयोगले ५८ जनाको सूची सार्वजनिक गर्दै ७ दिन भित्र अख्तियारमा हाजिर हुन भनेको हो ।

    बयानका लागि हाजिर हुन बोलाइएका मध्ये दुई जना गुठी संस्थानका तत्कालिन कर्मचारी हुन् भने अरु दुई जनाको विवरण खुलाइएको छैन । यस प्रकरणका चर्चामा रहेका सत्तारुढ दल नेकपाका महासचिव बिष्णु पौडेलको नाम भने समावेस गरिएको छैन ।

    अख्तियारले ७ दिने म्याद दिंदै सोधपुछका लागि बोलाएको सूचीमा भक्तपुरका पनि २ जनाको नाम समावेश भएको छ । काठमाडौ बस्ने भक्तपुरकी सानुछोरी बज्राचार्य र भक्तपुर नगरपालिका भित्रकी सन्ध्या शाक्यसमेत अख्तियारको सूचीमा देखिएका छन् । २ सय ९९ रोपनीको उक्त जग्गा व्यक्तिको नाममा गरिएको विषय माथि अनुसन्धान गर्न अख्तियारले उनीहरुलाई हाजिर हुन बोलाएको हो ।

    के हो ललिता निवास जग्गा प्रकरण

    २०१८ सालको जग्गा प्राप्ति ऐनअनुसार क्षतिपूर्ति दिएर ललिता निवासको जग्गा तत्कालिन पंचायती व्यवस्थाले अधिग्रहण गरिदिएको थियो । २०४७ सालमा देशमा बहुदलीय व्यवस्था पुनस्र्थापना भएपछि आफ्नो जग्गा पञ्चायतले अन्यायपूर्वक हडपेको भन्दै सुवर्णशमशेर राणाका परिवारलगायतले सरकारसँग जग्गा फिर्ता मागेका थिए ।

    तत्कालिन कृष्णप्रसाद भट्टराई नेतृत्वको सरकारले पंचायतले अन्यायपूर्वक हडपेको जग्गा फिर्ता दिने वा मुआब्जा दिने नीतिगत निर्णय गरिदियो । त्यसैलाई टेकेर भू माफियाको चलखेल शुरु भयो र २०६७ सालमा उनीहरु ललिता निवास सरकारको हातबाट उम्काउन सफल भए ।

    पूर्व प्रशाशक शारदा प्रसाद त्रिताल नेतृत्वको समितिले गत २६ मंसिरमा प्रधानमन्त्री केपी शर्मा ओलीलाई बुझाएको प्रतिवेदमा सार्वजनिक, सरकारी र गुठी जग्गा व्यक्ति विशेषका नाममा दर्ता हुन गई हानि–नोक्सानी भएको निष्कर्ष बुझाएपछि यसले चर्चा पाउदै आएको छ ।

    हेर्नुस् अख्तियारले बोलाएका व्यक्तिहरु

    प्रतिकृया दिनुहोस्

    केएमसीमा मध्यपुर थिमि-७ का बासिन्दालाई दुईदिन निशुल्क स्वास्थ्य सेवा

    काठमाडौ मेडिकल कलेजले मध्यपुर थिमि नगरपालिका वडा नम्बर ७ का बासिन्दालाई लक्षित गरि निशुल्क स्वास्थ्य...

    कार्यसम्पादन मूल्यांकनमा मध्यपुर थिमिले पछि पार्यो जिल्लाका अरु पालिका

    कार्यसम्पादन मूल्यांकनको आधारमा भक्तपुरका ४ स्थानीय तहमध्ये मध्यपुर थिमि नगरपालिका सर्वोत्कृष्ट सावित भएको छ ।...

    स्व-मूल्यांकन गर्दा चाँगुनारायण नगरपालिका जिल्ला प्रथम

    स्थानीय तहको संस्थागत क्षमता स्वमूल्यांकन (लिजा)मा चाँगुनारायण नगरपालिका भक्तपुर जिल्लामा सर्वोत्कृष्ट भएको छ । जिल्लाका...

    चाँगुनारायणमा निशान गाडीको ठक्करबाट महिलाको निधन

    भक्तपुरको चाँगुनारायण- ३ कल्पकोट ओरालोमा निशान गाडीले पैदलयात्रीको ज्यान लिएको छ । व्यासीबाट झौखेल तर्फ...

    १२ वर्षदेखि बन्द नगदेशको पुलु:किसि जात्रा सम्पन्न

    भक्तपुरको मध्यपुर थिमि नगरपालिका-७ नगदेशमा धार्मिक-ऐतिहासिक पुलु:किसि जात्रा सम्पन्न भएको छ । बाह्र वर्षदेखि बन्द...