News Portal

  • भक्तपुरको मेधा मावि देशभरमै उत्कृष्ट : राष्ट्रिय पुरस्कारका लागि छनौट

    भक्तपुर, २० भदौ
    ६८१३ पटक
    भक्तपुर, २० भदौ

    शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको मूल्यांकनमा सर्वोत्कृष्ट भएपछि भक्तपुरको मेधा मावि राष्ट्रिय शिक्षा दिवसको अवसरमा पुरस्कृत हुने भएको छ । मन्त्रालयले ४० औं राष्ट्रिय शिक्षा दिवस तथा ५३ औं अन्तर्राष्ट्रिय साक्षरता दिवसका अवसरमा मेधा माविलाई पुरस्कृत गर्ने भएको हो ।

    माध्यमिक शिक्षा परीक्षा कक्षा १० तर्फ सामुदायिक विद्यालयहरुमा सर्वोत्कृष्ट ठहरिएपछि भक्तपुरको तेखापुखु स्थित मेधा माद्यमिक विद्यालय प्रथम हुँदै पुरस्कारको भागिदार बनेको शिक्षा मन्त्रालयले भक्तपुर पोस्टलाई जानकारी गराएको छ ।

    उत्कृष्ट विद्यालय छनौट सम्बन्धी मापदण्ड बनाएर मुल्यांकन गर्दा मेधाले देशभरमै प्रथम स्थान हासिल गर्न सफल भएको हो । १० कक्षाको परीक्षाफल र ९ कक्षाको विद्यार्थी रजिस्ट्रेसनको आधारमा गरिएको मूल्यांकनमा मेधाले ९०.०१ नम्बर प्राप्त गर्दै पहिलो विद्यालय बन्न पुगेको बताइएको छ ।

    मेधाको निकटतम प्रतिस्पर्धी बन्दै दोश्रो भएको विद्यालय गुल्मी स्थित रेसुङ्गा माविले ८६.३४ नम्बर ल्याएको छ भने ८६.३२ नम्बरसहित काठमाडौको बालाजुस्थित तरुण मावि तेस्रो स्थान ओगट्न सफल भएको छ ।

    यहि समुहमा अर्थात कक्ष १० अन्तर्गत सस्थागत विद्यालयको तर्फबाट रिलायन्स ईण्टरनेशनल एकेडेमी कपन काठमाडौं, नेपाल प्रहरी मावि साँगा काभ्रे र भ्याली भ्यु ईङ्लीस स्कुल नयाँ बानेश्वर काठमाडौं क्रमशः प्रथम, द्धितीय र तृतीय भएका छन् ।

    माध्यमिक शिक्षा उत्तीर्ण परीक्षा अन्तर्गत १२ कक्षा सम्म सञ्चालित विद्यालयबाट सामुदायिक तर्फ कास्की पोखराको अमरसिंह मावि, मोरङ ईन्द्रपुरको सुकुना मावि र पर्वत फलेवासको भवानी विद्यापीठ क्रमशः प्रथम, द्वितीय र तृतीय भएका छन् ।

    यस्तै सोही समुह अन्तर्गत संस्थागत तर्फ क्रमशः कास्कीकै एसओसएस हर्मन माईनर प्रथम, काभ्रे साँगाको नेपाल प्रहरी मावि द्धितीय र सेण्ट जेभियर्स कलेज माईतीघर काठमाडौं तृतीय भएका छन् ।

    शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले ४० औं राष्ट्रिय शिक्षा दिवस तथा ५३ औं अन्तर्राष्ट्रिय साक्षरता दिवसका अवसरमा आयोजना हुने विशेष कार्यक्रममा उत्कृष्ट छनौट भएका विद्यालयलाई पुरस्कार वितरण गर्नेछ । उनीहरुले शिल्ड, ध्वजा, नगद र प्रमाणपत्र प्राप्त गर्नेछन ।

    प्रतिकृया दिनुहोस्

    भक्तपुर आए आधा दर्जन सहसचिव

    भक्तपुर । नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठानका प्रशिक्षार्थी रहेका निजामती सेवाका सहसचिवहरुले भक्तपुर नगरपालिकाको अध्ययन भ्रमण...

    बनेपाको अग्नी सहकारी पीडितलाई उजुरी गर्न एक हप्ताको समय

    काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका–८ सिनागालमा अवस्थित ‘अग्नी बचत तथा ऋण सहकारी संस्था लिमिटेड’सँग सम्बन्धित...

    इप्सन भक्तपुरको वादविवादमा यी भए अगाडि

    भक्तपुर । शिक्षा अब केवल परीक्षाको अङ्कमा मात्र सीमित रहेन, तर्क, विचार र अभिव्यक्तिको पनि...

    ललितपुरमा राधा–लक्ष्मण क्रियाशील पत्रकारिता पुरस्कार स्थापना

    ललितपुर, २२ साउन २०८२ । नेपाल पत्रकार महासंघ, जिल्ला शाखा ललितपुरले पत्रकारितामा सक्रिय योगदान पुर्‍याउने...

    मध्यपुर थिमिमा जेष्ठ नागरिक र गर्भवतीलाई नि:शुल्क वडागत स्वास्थ्य सेवा शुरु

    भक्तपुरको मध्यपुर थिमि नगरपालिकाले जेष्ठ नागरिक र गर्भवती महिलाहरुको लागि नि:शुल्क वडागत स्वास्थ्य सेवा शुभारम्भ...