News Portal

  • एकपटकमा २० हजार र एकदिनमा ६० हजार भन्दा बढी नगद एटिएमबाट झिक्न नमिल्ने

    भक्तपुर, १९ भदौ
    ११०७ पटक
    भक्तपुर, १९ भदौ

    केहि दिन अघि चिनियाँ ह्याकरहरुले एटिएमबाट ठूलो रकम निकाल्न सफल भएपछि बैंकरहरु हच्किएका छन् ।

    बैंक तथा वित्तीय संस्थाको पैसा जनताकै पैसा भएको भन्दै नेपाल बैंकले एटिएम कार्डबाट निकाल्न मिल्ने रकमको सीमा घटाएको छ ।

    बिहिवार बैंक तथा वित्तीय संस्थालाई एक निर्देशन जारी गर्दै नेपाल राष्ट्र बैंकले डेबिट कार्डबाट प्रतिकरोवार अधिकतम रु २० हजार मात्रै नगद झिक्न मिल्नेगरी व्यवस्था गर्न निर्देशन जारी गरेको छ ।

    त्यसैगरी नेपाल राष्ट्र बैंकले प्रतिदिन ६० हजार भन्दा बढी नगद एटिएम बाट झिक्न नमिल्ने गराउन निर्देशन दिएको छ ।

    केन्द्रीय बैंक नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक बमबहादुर मिश्रले विहीवार एक निर्देशन जारी गर्दै एटिएमबाट नगद कारोबारको सीमा तोकिदिएका हुन् । सुरक्षा व्यवस्था र विशेष परिस्थितिको हवाला दिंदै नेपाल राष्ट्र बैंकले उक्त निर्देशन जारी गरेको हो ।

    प्रतिकृया दिनुहोस्

    यात्रुवाहक सवारीका लागि सोमबारदेखि रुट परमिट खुला

    भक्तपुर । सरकारले यात्रुवाहक सवारीका लागि सोमबारदेखि रुट परमिट खुला गरेको छ । घटस्थापनादेखि पूर्णिमाको...

    डिपी ढकालको प्रश्न-आफ्नै महानगर जलिरहँदा एक बाल्टिन पानी बोकेर निस्कन नसक्नेलाई नायक बनाएर के पाइन्छ?”

    DP dhkal

    भक्तपुर । नेकपा (माओवादी केन्द्र) का केन्द्रीय सदस्य डिपी ढकालले देशलाई रुपान्तरण गर्ने काम कुनै...

    जनप्रतिनिधि र कर्मचारीलाई निजी विद्यालयमा लगानी गर्न रोक्नुपर्छ : महानिर्देशक काप्री

    ललितपुर । शिक्षा तथा मानव श्रोत विकास केन्द्रका महानिर्देशक कृष्णप्रसाद काप्रीले सार्वजनिक शिक्षामा सुधार गर्न...

    जेन-जी आन्दोलनमा भक्तपुरका पत्रकारमाथि आक्रमण र दुर्ब्यवहारको निन्दा

    भक्तपुर । जेन–जी पुस्ताले गरेको आन्दोलनका क्रममा भक्तपुरमा प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता कुण्ठित भएको प्रति...

    इजरायली बन्दीहरूको ‘बिदाई तस्वीर’मा विपिन जोशी पनि

    भक्तपुर । हमासको सशस्त्र शाखाले गाजामा राखिएका ४८ इजरायली बन्दीहरूको ‘बिदाई तस्वीर’मा नेपालका विपिन जोशीको...