News Portal

  • भक्तपुरको उप निर्वाचन जित्न देउवाको निर्देशन : पार्टीले सबै सहयोग गर्ने प्रतिवद्धता

    भक्तपुर, २० भदौ
    १६५२ पटक
    भक्तपुर, २० भदौ

    नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले भक्तपुर खाली रहेको प्रदेश सभामा हुने उप निर्वाचनमा जित्नेगरी अघि बढ्न भक्तपुर काँग्रेसका नेता कार्यकर्तालाई निर्देशन दिएका छन् ।

    शुक्रबार भक्तपुरको बोडेमा पार्टीको केन्द्रीय नीति तथा प्रशिक्षण प्रतिष्ठानले आयोजना गरेको प्रशिक्षण कार्यक्रम उद्घाटन गर्दै सभापति देउवाले उप निर्वाचन जित्न आवस्यक सबै सहयोग केन्द्रले गर्ने भन्दै त्यसका लागि योजना बनाएर अघि बढ्न निर्देशन दिएका हुन् ।

    भक्तपुरको निर्वाचन क्षेत्र नम्बर १ अन्तर्गत प्रदेश ‘क’ चाँगु क्षेत्रमा उप निर्वाचन हुने तय भएको छ ।

    कार्यक्रममा पार्टी हराउन अन्तर्घात गर्नेहरुलाई नछाड्ने जिकिर गरेका देउवाले अन्तरघात गर्नेहरुकै कारण पार्टी कमजोर भएको भन्दै अब यो क्रम रोक्न आफू विशेष रुपमा लाग्ने बताए । उनले पार्टी लाई बास्तविकरुपले एकतावद्ध गरेर अघि बढ्नुपर्ने आवश्यकता औल्याउदै बिधि र पद्धतीप्रती इमान्दार भएर लाग्नुपर्नेमा जोड दिए ।

    कार्यक्रममा सरकारप्रति आक्रामक देखिएका देउवाले दुई तिहाइको आडमा सरकार निरङ्कुश बनेको प्रतिक्रिया दिंदै राज्यको सेना, प्रहरी, कर्मचारीप्रति गुलामको जस्तो व्यवहार गरेको आरोप समेत लगाए ।

    उक्त अवसरमा वरिष्ठ नेता रामचन्द्र पौडेलले पार्टी नेताको वरिपरि घुमेर नहुने भन्दै जनताको वरिपरि घुम्ने काँग्रेस आवश्यक भएको भनेका थिए । उनले सरकारले लोकतन्त्र मास्न खोजेकोले काँग्रेस ससक्त ढंगले अघि बढ्नुपर्ने बताए ।

    उक्त अवसरमा केन्द्रीय नीति तथा प्रशिक्षण प्रतिष्ठानका प्रमुख बिमलेन्द्र निधि,महामन्त्री शशांक कोईराला, नेता कृष्णप्रसाद सिटौला लगायतले बलियो काँग्रेस कसरी बनाउने भन्ने बिषयमा बिचार व्यक्त गरेका थिए ।

    नेपाली काँग्रेस केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानले भक्तपुरमा प्रशिक्षण कार्यक्रम राखेको हो ।

    कृषि विकास बैंकको तालीम केन्द्रमा भैरहेको उक्त प्रशिक्षण कार्यक्रम नेपाली काँग्रेस भक्तपुर जिल्ला कार्यसमितिको संयोजन तथा व्यवस्थापनमा संचालित छ ।

    शनिवार सम्म हुने २ दिने प्रशिक्षणमा प्रदेश नम्बर ३ का ७ जिल्लाका महाधिवेशन प्रतिनिधिको सहभागिता छ । उपत्यकाका ३ जिल्लाका साथै काभ्रेपलाञ्चोक, सिन्धुपाल्चोक, दोलखा र रामेछापका प्रतिनिधि प्रशिक्षणमा सहभागी हुँदैछन् ।

    नेपाली काँग्रेस भक्तपुरका सभापति दुर्लभ थापाका अनुसार ७ जिल्लाका ३ सय १२ जना महाधिवेशन प्रतिनिधि प्रशिक्षण कार्यक्रममा सहभागी छन् । समसायिक राजनीतिक, आर्थिक, सामाजिक लगायतका विषयमा आरजु राणा देउवा, गिरिराज शर्मा, राजु नेपाल, पुरुषोतम दाहाल लगायतले प्रशिक्षण प्रदान गर्ने जनाइएको छ ।

    प्रतिकृया दिनुहोस्

    घिमिरे गाउँमा भेटिएको शवको पहिचान, हत्या आरोपमा सुडालका एकसहित २ जना सार्वजनिक

    भक्तपुरको सीमाना संगै जोडिएको काभ्रेको बनेपा १ स्थित घिमिरे गाउँमा आइतवार बिहान मृत अवस्थामा भेटिएका...

    आज बर्षाको सम्भावना

    नेपाल र भारतको बिहार त्था पश्चिम बंगाल आसपासको क्षेत्रमा रहेको न्यूनचापीय क्षेत्रको प्रभावले सोमबार देशभर...

    बेरोजगार उत्पादन गर्ने शिक्षा आवश्यक छैन : विप्लव

    नेपाल कम्युनिष्ट पार्टीका महासचिव विप्लव सीले बेरोजगार उत्पादन गर्ने शिक्षा आवश्यक नरहेको बताएका छन् ।...

    शिक्षकले राजनीति गर्न पाउनुपर्छ र एसईई पनि हटाउनु हुँदैन : प्रेम सुवाल

    prem suwal

    भक्तपुर १ का प्रतिनिधि सभा सदस्य प्रेम सुवालले शिक्षा बिधेयकमा उल्लेख शिक्षकले राजनीति गर्न नपाउने...

    प्रधानमन्त्रीको चीन भ्रमणले समृद्धिका लागि सम्भावनाको नयाँ ढोका खोल्यो : माओवादी केन्द्र

    नेकपा (माओवादी केन्द्र)ले पार्टी अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को चीन भ्रमणले विश्वासको वातावरण बनाउँदै...