News Portal

  • भक्तपुरमा घरबाट लडेका राजु रहेनन्

    भक्तपुर, २० भदौ
    १८९४ पटक
    भक्तपुर, २० भदौ

    भक्तपुरमा घर प्लास्टर गर्ने क्रममा लडेर एक कामदारको ज्यान गएको छ भने अर्का कामदार गम्भीर घाइते भएका छन् ।

    ज्यान जानेमा भारत घर भई हाल काभ्रेको बनेपा बस्दै आएका ५० वर्षीय राजु अन्सारी रहेका छन् भने सोही ठेगानाका १८ वर्षीय सहजात अन्सारी गंभीर घाइते भएका भक्तपुर प्रहरीको भनाइ छ ।

    भक्तपुर नगरपालिका-७ ग्वाछे टोलमा ४ तले पक्की घरको तेस्रो तला बाट खस्दा उक्त दुर्घटना भएको हो । स्थानीय गणेश सुवालको घरको बाहिरी भित्ता प्लास्टरको काम गर्दैगरेका कामदारहरु शुक्रवार दिउसो दुर्घटनामा परेका थिए ।

    प्रहरीका अनुसार काम गर्ने क्रममा बासको खट भाचिएपछि दुई व्यक्तिहरु खसेर घाईते भएका कामदार द्वयलाई प्रहरीले उद्धार गरी भक्तपुर अस्पताल पुर्याएको थियो ।

    उपचारकै क्रममा राजुको ज्यान गएको र सहजात थप उपचारको लागी काठमाडौस्थित वीर अस्पतालको ट्रमा सेन्टर रिफर गरिएको बताइएको छ । दुर्घटनाबारे थप अनुसन्धान कार्य भई रहेको महानगरीय प्रहरी परिसर भक्तपुरका सूचना अधिकारी रहेका डीएसपी रेवती रमण पोखरेलले बताए ।

    प्रतिकृया दिनुहोस्

    यात्रुवाहक सवारीका लागि सोमबारदेखि रुट परमिट खुला

    भक्तपुर । सरकारले यात्रुवाहक सवारीका लागि सोमबारदेखि रुट परमिट खुला गरेको छ । घटस्थापनादेखि पूर्णिमाको...

    डिपी ढकालको प्रश्न-आफ्नै महानगर जलिरहँदा एक बाल्टिन पानी बोकेर निस्कन नसक्नेलाई नायक बनाएर के पाइन्छ?”

    DP dhkal

    भक्तपुर । नेकपा (माओवादी केन्द्र) का केन्द्रीय सदस्य डिपी ढकालले देशलाई रुपान्तरण गर्ने काम कुनै...

    जनप्रतिनिधि र कर्मचारीलाई निजी विद्यालयमा लगानी गर्न रोक्नुपर्छ : महानिर्देशक काप्री

    ललितपुर । शिक्षा तथा मानव श्रोत विकास केन्द्रका महानिर्देशक कृष्णप्रसाद काप्रीले सार्वजनिक शिक्षामा सुधार गर्न...

    जेन-जी आन्दोलनमा भक्तपुरका पत्रकारमाथि आक्रमण र दुर्ब्यवहारको निन्दा

    भक्तपुर । जेन–जी पुस्ताले गरेको आन्दोलनका क्रममा भक्तपुरमा प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता कुण्ठित भएको प्रति...

    इजरायली बन्दीहरूको ‘बिदाई तस्वीर’मा विपिन जोशी पनि

    भक्तपुर । हमासको सशस्त्र शाखाले गाजामा राखिएका ४८ इजरायली बन्दीहरूको ‘बिदाई तस्वीर’मा नेपालका विपिन जोशीको...