News Portal

  • प्रचण्डले जिम्मेवार भनेपछि डीपी दङ्ग : घनश्याम र हरि रोकाहरु हेरेको हेर्यै

    भक्तपुर, २१ भदौ
    १३१५ पटक
    भक्तपुर, २१ भदौ

    सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पार्टीका भक्तपुर जिल्ला सचिव डीपी ढकाल एक जिम्मेवार कार्यकर्ता भएको भन्दै प्रशंसा गरेका छन् ।

    ढकालद्वारा लिखित पुस्तक ‘पूँजीवादी र समाजवादी अर्थराजनीतिक विकासक्रम’ को शनिवार दिउँसो सार्वजनिक गर्दै पूर्वप्रधानमन्त्री समेत रहेका प्रचण्डले ढकालको प्रशंसा गरेका हुन् ।

    काठमाडौको कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानको पारिजात प्रवचन कक्षमा भएको पुस्तक सार्वजनिक समारोहमा वक्तामा रुपमा रहेका सोही पार्टीका नेता घनश्याम भुसाल र विश्लेषक हरि रोका लगायतले लेखकले नेपाली अर्थतन्त्रबारे समिक्षा गर्न कन्जुस्याई गरेको र पार्टीको कार्यकर्ता हुनुको नाताले उनले कलम रोकेको टिप्पणी गरेपछि प्रमुख वक्ताको रुपमा मन्तब्य दिंदै प्रचण्डले लेखकको बचाव गरे ।

    बौद्धिक राजनीतिक बक्ता मानिने घनश्याम भुसालले हाकाहाकी आफ्नै पार्टी अध्यक्षलाई अहिलेको नेपाली राजनीति दलाल-पूँजीवादी भएको र अर्थतन्त्रलाइ त्यसले प्रत्यक्ष प्रभाव पारेको आरोप लगाउदै देश समाजवादी दिशामा जानेबारे आशंका व्यक्त गरेका थिए ।

    नेकपाका स्थायी समिति सदस्यसमेत रहेका भुसालले सार्वजनिक समारोहमै यस्तो आरोप लगाएर मात्र चुप लागेनन, उनले समाजबादी अर्थव्यवस्थाको किताव कहिले लेख्न पाइन्छ भनेर प्रचण्डसामू प्रश्नको पहाड नै तेर्स्याइदिए ।

    आफूले आफ्नै कार्यकर्ताको पुस्तक बिमोचनमा आफ्नै पार्टीको जिम्मेवार नेताबाट कडा प्रश्नको सार्वजनिक सामना गर्नुपर्छ भन्ने प्रचण्डले सम्भवत: अनुमान समेत लगाएका थिएनन । त्यसैले उनले भुसाललाई व्यंग्य गर्नेगरी डीपी ढकाल जिम्मेवार लेखकको रुपमा देखापरेको जिकिर गरे । बोलेर र लेखेर मात्र नहुने भन्दै उनले यथार्थको धरातल बिर्सन नहुने बताए । ढकालले आफ्नो बिचार दिनु भन्दा समस्याको समाधानलाई भविष्यको हातमा छोड्नु उत्तम भएको प्रचण्डको भनाइ थियो ।

    प्रचण्डले जिम्मेवार भनिदिएपछि डीपी दंग परेका थिए । उनी मुसुमुसु हासिरहे भने घनश्याम भुसाल र हरि रोकाहरु हेरेको हेर्यै भए ।

    अध्यक्ष प्रचण्डले आफू क्रान्तिको नेतृत्व गरेर यहाँ सम्म आएको र अझै नथाकेको दावी गर्दै आफ्नै पालामा समाजवादको झण्डा फहराउने समेत उद्घोष गरे । आफू जस्तो परिवर्तनकारी सोच भएका नेता नेपालमै नभएको बताउंदै उनले जनयुद्धको अवतरण गर्न नसकेको भए क्रान्ति पनि सफल नहुने र देशपनि भड्खालोमा जाने खतरा रहेको बारे स्मरण गरेका थिए ।

    उक्त अवसरमा अध्यक्ष प्रचण्ड अघि बोलेका नेकपा सचिवालय सदस्य एवं उर्जा तथा सिंचाई मन्त्री वर्षमान पुनले सबै नेताकार्यकर्ता एकजुट भएर समाजवादलाई व्यवहारमा लागू गर्न सक्नुपर्नेमा जोड दिएका थिए । नेता पुनले आफू अर्थमन्त्री रहदा प्रमुख स्वकीय सचिव रहेका डीपीले अर्थराजनीति बारे गहकिलो पुस्तक प्रकाशन गर्नु आफ्नो लागि पनि गौरवको कुरा भएको भनेका थिए ।

    उक्त अवसरमा अर्थशास्त्री प्रा डा कुसुम शाक्यले केहि कमिकमजोरीका बाबजुद पठनीय पुस्तक प्राप्त भएको भनेकी थिइन् भने समाजशास्त्री प्रा डा युवराज लुइँटेलले उत्कृष्ट पुस्तक बजारमा आएकाले अर्थराजनीति बुझ्न चाहने सबैले अनिवार्य किनेर पढ्न सिफारिस समेत गरेका थिए ।

    कार्यक्रममा लेखक डीपी ढकालले आफूले धेरै वर्षको अध्ययन अनुसन्धानपछि पुस्तक तयार पारेको र त्यसमा सबको साथ् र हौसलाको लागि आभार प्रकट गर्दै आगामी दिनमा अझ राम्रो पुस्तक पस्कने प्रतिवद्धता प्रकट गरेका थिए । नेकपाका नेता देवेन्द्र पौडेल, भक्तपुर इन्चार्ज भीष्म, भक्तपुरका नेता देवेन्द्र श्रेष्ठ, गरिवी निवारण कोषका उपाध्यक्ष निर्मल भट्टराइ , जनसास्कृतिक महासंघका सरल सहयात्री,युवा नेता रमेश मल्ल, रामदीप आचार्य, गोबिन्द बटाला लगायत सयौको संख्यामा रहेका लेखक डीपी ढकालका राजनीतिक सहयात्रीहरूको कार्यक्रममा उपस्थिति रहेको थियो । उक्त कार्यक्रमको संचालन भने निर्मल ज्ञवालीले गरेका थिए ।

    ४ भागमा बाडिएको ४ सय ७ पृष्ठ रहेको पुस्तकमा समाजवादी राष्ट्र सोभियत संघ, चीन र क्युवादेखि पूँजीवादी देश अमेरिका, स्वीट्जरल्याण्ड र भारतसम्मको अर्थ राजनीतिक विकासक्रम बारे स-विस्तार चर्चा गरिएको छ । पुस्तकमा नेपालको अर्थतन्त्र उकालो लाग्न नसक्नुका कारण पनि केलाइएको छ ।

    जागरण बुक हाउसको प्रकाशन रहेको पुस्तकको मुल्य ६ सय रुपैयाँ राखिएको छ । बिमोचनको अवसर पारेर आज ४ सय ५० रुपैयाँमा नै पुस्तक उपलब्ध गराइएको थियो । मोटो गाता रहेको पुस्तकको मूल्य भने १ हजार २ सय ५० रुपैयाँ निर्धारण गरिएको प्रकाशकको भनाइ छ ।

    प्रतिकृया दिनुहोस्

    राहत शिक्षक र सरकारबीच सहमति, आन्दोलन स्थगित

    राजधानी केन्द्रित आन्दोलनरत राहत शिक्षकहरूका माग सम्बोधन भएका छन् । सरकार र अन्दोलित राहत शिक्षक...

    ताथलीस्थित महायज्ञमा मेयरको उद्घोष : २०८२ साललाई धार्मिक पर्यटन वर्ष मनाइने

    चाँगु नारायण नगरपालिकाका मेयर जीवन खत्रीले आगामी २०८२ साललाई धार्मिक पर्यटन बर्ष मनाउने तयारी गरिएको...

    मध्यपुर थिमिमा सिंहावलोकनको नयाँ शुरुवात

    madhyapur thimi municipality thimi

    मध्यपुर थिमि नगरपालिकाले वार्षिक प्रगतीको समीक्षा गर्ने प्रचलन शुरु गरेको छ । नगरपालिकाले चागु आवको...

    ताथलीमा महायज्ञको उद्घाटन : सांसद थापाले गरे आयोजक बालयोगेश्वर विजयमूर्तिको प्रशंसा

    भक्तपुर क्षेत्र नं. २ का प्रतिनिधि सभा सदस्य दुर्लभ थापाले राज्यले गर्नुपर्ने काम बालयोगेश्वर विजयमूर्ति...

    बेहुली झैं बन्यो ताथली : भक्तजन संगै तानिए टिकटकर

    भक्तपुरको चाँगुनारायण ९ ताथलीमा बिहीबारबाट सुरु हुने श्रीमदभागवत विराट पितृ मुक्ति ज्ञान महायज्ञको तयारी सम्पन्न...