News Portal

  • ३ लाख नगद सहित मेधा मावि पुरस्कृत : सोमवार पुरस्कारसहित र्यालीको तयारी

    हिना सुवाल / भक्तपुरपोस्ट भक्तपुर, २२ भदौ
    २५६७ पटक
    भक्तपुर, २२ भदौ

    ४० औं राष्ट्रिय शिक्षा दिवस तथा ५३ औं अन्तर्राष्ट्रिय साक्षरता दिवसका अवसर पारेर देशका उत्कृष्ट विद्यालयहरुलाई पुरस्कृत गरिएको छ ।

    आइतवार विशेष कार्यक्रमका बीच शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले देशभरबाट छानिएका उत्कृष्ट विद्यालयलाई पुरस्कृत गरेको हो ।

    काठमाडौको कमलादीस्थित नेपाल प्रज्ञाप्रतिष्ठानमा आयोजित भव्य कार्यक्रममा १२ विद्यालय र ३ क्याम्पस त्यसैगरी ३ प्राविधिक शिक्षालयहरु पुरस्कृत भएका हुन् । सरकारका उपप्रधान तथा रक्षा मन्त्री ईश्वर पोखरेलले उनीहरुलाई शिल्ड, ध्वजा, प्रमाणपत्र र नगद सहित पुरस्कृत गरेका हुन् ।

    माध्यमिक शिक्षा परीक्षा कक्षा १०(एसइई) तर्फ सामुदायिक विद्यालयहरुमा उत्कृष्ट नतिजा निकाल्दै तेखाखुपुस्थित भक्तपुरको मेधा माध्यमिक विद्यालयले प्रथम स्थानसहित उत्कृष्ट विद्यालयको पुरस्कार प्राप्त गरेको छ । उत्कृष्ट विद्यालय छनौट सम्बन्धी मापदण्ड बनाएर मुल्यांकन गर्दा मेधाले देशभरमै प्रथम स्थान हासिल गर्न सफल भएको हो । १० कक्षाको परीक्षाफल र ९ कक्षाको विद्यार्थी रजिस्ट्रेसनको आधारमा गरिएको मूल्यांकनमा मेधाले ९०.०१ नम्बर प्राप्त गर्दै पहिलो विद्यालय बन्न पुगेको हो ।

    शिल्ड, ध्वजा, प्रमाणपत्र र नगद ३ लाख सहित भव्य कार्यक्रमका बीच आइतवार मेधा मावि पुरस्कृत भएको छ । मेधा माध्यमिक विद्यालयको नेतृत्व गरी पुरस्कार ग्रहण गर्न प्रधानाध्यापक गंगाधर हाडाको नेतृत्वमा शिक्षक प्रतिनिधिहरु प्रज्ञा भवन पुगेका थिए । उनीहरुले उपप्रधानमन्त्री इश्वर पोखरेल र शिक्षा मन्त्री गिरिराजमणि पोखरेलको हातवाट शिल्ड, ध्वजा, प्रमाणपत्र र नगद ३ लाखको चेक ग्रहण गरिरहदा दर्शकदीर्घामा रहेका मेधाका विद्यार्थीले ताली बजाएर खुशी व्यक्त गरेका थिए ।

    मेधा माविले सोमवार उक्त पुरस्कारसहित र्याली गरी उक्त खुशी साट्ने कार्यक्रम तय गरेको जानकारी भक्तपुर पोस्टलाई प्राप्त भएको छ । विद्यालयले कक्षा सकिएपछि सोमबार बेलुकी विद्यार्थी र शिक्षकसहित र्याली निकाल्न लागेको हो । भक्तपुरको दरवार स्क्वायर सम्म र्याली गरी सभामा परिणत हुने बताइएको छ ।

    यस्तै, देशभरबाट एसइई परीक्षामा उत्कृष्ट नतिजा ल्याइ द्वितीय हुन सफल तम्घास गुल्मीको रेसुङ्गा माध्यमिक विद्यालय शिल्ड, ध्वजा, प्रमाणपत्र र नगद २ लाख सहित पुरस्कृत भएको छ भने तृतीय स्थान हासिल गर्न सफल बालाजु काठमाडौंको तरुण माध्यमिक विद्यालय शिल्ड, ध्वजा, प्रमाणपत्र र नगद १ लाख सहित पुरस्कृत भएको छ ।

    यसैगरी सोही समूहमा संस्थागत विद्यालयहरुतर्फ एसइई परीक्षामा उत्कृष्ट नतिजा ल्याइ प्रथम स्थान हासिल गर्न सफल कपन, काठमाडौंको रिलायन्स ईण्टरनेशनल एकेडेमी, द्वितीय साँगा काभ्रेको नेपाल प्रहरी माध्यमिक विद्यालय र तृतीय बानेश्वर काठमाडौंको भ्याली भ्यु ईङ्लीस स्कुल पनि पुरस्कृत भएका छन् ।

    माध्यमिक शिक्षा उत्तीर्ण परीक्षा अन्तर्गत १२ कक्षा सम्म सञ्चालित विद्यालयबाट सामुदायिक तर्फ कास्की पोखराको अमरसिंह मावि, मोरङ ईन्द्रपुरको सुकुना मावि र पर्वत फलेवासको भवानी विद्यापीठ क्रमशः प्रथम, द्वितीय र तृतीय भएका छन् ।

    यस्तै सोही समुह अन्तर्गत संस्थागत तर्फ क्रमशः कास्कीकै एसओसएस हर्मन माईनर प्रथम, काभ्रे साँगाको नेपाल प्रहरी मावि द्धितीय र सेण्ट जेभियर्स कलेज माईतीघर काठमाडौं तृतीय भएका छन् ।

    यसैगरी, विश्वविद्यालय अनुदान आयोगबाट छनोट भइ आंगिक क्याम्पस तर्फ ललितपुरको पुल्चोक क्याम्पस, सामुदायिक क्याम्पस तर्फ जे. एस. मुरारका बहुमुखी क्याम्पस लाहान, सिरहा र काठमाडौंको बर्नहार्ट कलेज नगद २ लाख ५० हजार सहित पुरस्कृत भएका छन् ।

    यस्तै, प्राविधिक शिक्षा तथा व्यवसायिक तालिम परिषद्बाट आंगिक शिक्षालयहरुमध्ये छनोट भई बालाजु स्कूल अफ इन्जिनियरिङ एण्ड टेक्नोलोजी, परिषद्बाट सम्बन्धन प्राप्त गरी साझेदारीको रुपमा सञ्चालित शिक्षालयहरुतर्फ तानसेन स्कूल अफ हेल्थ साइन्स र सामुदायिक विद्यालयहरुमा प्राविधिक शिक्षा सञ्चालन गर्ने विद्यालयहरु मध्ये जनज्योति माध्यमिक विद्यालय सिन्धुली नगद एक लाख सहित पुरस्कृत भएका छन् ।

    प्रतिकृया दिनुहोस्

    मध्यपुर थिमिमा बालकरामले छेडाए जिब्रो, जात्रा हेर्न मन्त्री किराती सहित हजारौंको भिड

    येंयाँ पुन्ही अर्थात् आश्विन शुक्ल पूर्णिमाको साँझ मध्यपुर थिमि-५ दिगुलीमा जिब्रो छेड्ने जात्रा भएको छ...

    राहत शिक्षक र सरकारबीच सहमति, आन्दोलन स्थगित

    राजधानी केन्द्रित आन्दोलनरत राहत शिक्षकहरूका माग सम्बोधन भएका छन् । सरकार र अन्दोलित राहत शिक्षक...

    ताथलीस्थित महायज्ञमा मेयरको उद्घोष : २०८२ साललाई धार्मिक पर्यटन वर्ष मनाइने

    चाँगु नारायण नगरपालिकाका मेयर जीवन खत्रीले आगामी २०८२ साललाई धार्मिक पर्यटन बर्ष मनाउने तयारी गरिएको...

    मध्यपुर थिमिमा सिंहावलोकनको नयाँ शुरुवात

    madhyapur thimi municipality thimi

    मध्यपुर थिमि नगरपालिकाले वार्षिक प्रगतीको समीक्षा गर्ने प्रचलन शुरु गरेको छ । नगरपालिकाले चागु आवको...

    ताथलीमा महायज्ञको उद्घाटन : सांसद थापाले गरे आयोजक बालयोगेश्वर विजयमूर्तिको प्रशंसा

    भक्तपुर क्षेत्र नं. २ का प्रतिनिधि सभा सदस्य दुर्लभ थापाले राज्यले गर्नुपर्ने काम बालयोगेश्वर विजयमूर्ति...