News Portal

  • नयाँ पुस्तालाई बद्लिँदो समाजसँग प्रतिस्पर्धा गर्नसक्ने गरी प्रशिक्षित गर्नुपर्ने : बिजुक्छें

    भक्तपुर, २२ भदौ
    १८३७ पटक
    भक्तपुर, २२ भदौ

    नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेँ (रोहित) ले संस्कृतिलाई प्रगतिशील ढंगले अगाडि बढाउनु पर्ने आवश्यकता औल्याएका छन् । नेता बिजुक्छेँले नयाँ पुस्तालाई बद्लिँदो समाजसँग प्रतिस्पर्धा गर्न सक्ने ढंगले प्रशिक्षित गर्नुपर्ने आवश्यक औल्याएका हुन् ।

    आइतबार गुन्हिपुन्हीको सापारु धेँ धेँ बला कासा-२०७६ (गाईजात्रा पर्व) मा प्रदर्शन गरेका परम्परागत एवम् आधुनिक सांस्कृतिक विधाहरूमा उत्कृष्ट भएकालाई पुरस्कार वितरण गरिएको कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष बिजुक्छेँले युवाहरु संस्कृतीको जगेर्नामा लाग्नु सुखद भएको भन्दै प्रतियोगिता जित्नको लागि मात्र नभई समाजको वास्तविकतालाई सिर्जनशील ढंगले प्रस्तुत गर्नेसक्नु पर्नेमा समेत जोड दिए ।

    उक्त अवसरमा नेमकिपाका सचिव समेत रहेका संघीय सांसद प्रेम सुवालले भने पर्यटन उद्योग विकासको नाममा सांस्कृतिक अतिक्रमणको खतरा हुनेतर्फ सचेत पार्दै भक्तपुरको पर्यटन उद्योग विकास गर्न यहाँका मौलिकता जोगाइराख्नु पर्नेमा जोड दिए ।

    भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले उपत्यकाको भाषा, कला र संस्कृतिमाथि हस्तक्षेप भइरहेको बताउँदै यसतर्फ गम्भीर बन्नुपर्ने बताए । भक्तपुरलाई आन्तरिक र बाह्य पर्यटकहरूको उत्कृष्ट गन्तव्यस्थलको रुपमा स्थापित गर्न आफूहरु लागिपरेको जिकिर गर्दै उनले गाईजात्रा प्रदक्षिणा मार्गलाई पर्यटकीय रुटको रुपमा विकास गरी पर्यटन पवर्द्धन गर्ने योजना समेत सार्वजनिक गरे ।
    त्यसैगरी उपप्रमुख रजनी जोशीले भक्तपुरको कला र संस्कृतिलाई जीवन्तता दिन मौलिक सीप तथा प्रविधिहरू नयाँ पुस्तालाई हस्तान्तरण गर्दै लानुपर्ने बताइन ।

    उक्त अवसरमा भक्तपुरका प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्ट,भक्तपुर उद्योग वाणिज्य संघका अध्यक्ष रामप्रसाद प्रजापति,भक्तपुर नगरपालिकाका निवर्तमान प्रमुख प्रशासकीय अधिकृत यामलाल अधिकारी, वडा नं. ७ का वडाध्यक्ष उकेश कवां, ९ का वडाध्यक्ष रबिन्द्र ज्याख्व र वडा नं. ५ की वडा सदस्य सम्झना खाइजुले पनि बिचार व्यक्त गरेका थिए ।

    पुरस्कार वितरण समारोहमा नेमकिपा अध्यक्ष बिजुक्छें, सान्साद प्रेम सुवाल, मेयर सुनिल प्रजापति लगायतले गाईजात्रा पर्व -२०७६ को अवसरमा साउन ३१ गते सापारुका दिन प्रदर्शन गरिएका घिङ्ताङघिसी र माक प्याखं तथा भदौ १ गतेदेखि ६ गतेसम्म प्रदर्शन गरिएका सांस्कृतिक विधाहरूमा प्रथम, द्वितीय र तृतीय र सान्त्वना स्थान हासिल गर्ने सांस्कृतिक टोली र घिङताङघिसी, परम्परागत विधा र आधुनिक विधातर्फका उत्कृष्ट कलाकार र निर्देशकहरूलाई पुरस्कार वितरण गरेका थिए ।

    त्यसैगरी भक्तपुर नगरपालिकाको आयोजनामा शिक्षा, स्वास्थ्य, वातावरण, सम्पदा, संस्कृति एवम् समसामयिक, राजनैतिक विषयमा भएको जनचेतनामूलक नाटक तथा ख्याल लेखन प्रतियोगिताका विजयीहरूलाई पनि उक्त अवसरमा नगद पुरस्कार प्रदान गरिएको थियो ।

    प्रतियोगितामा प्रथम हुन सफल माक प्याखँ, लाखे प्याखँ, जंगली प्याखँ, कवांचा प्याखँ, नागाचा प्याखँ, खिचा प्याखँ, ख्या प्याखं र देवी प्याखँ लगायतका नांचहरु आइतवारको पुरस्कार वितरणको विशेष कार्यक्रममा समेत प्रस्तुत गरिएका थिए ।

    प्रतिकृया दिनुहोस्

    यात्रुवाहक सवारीका लागि सोमबारदेखि रुट परमिट खुला

    भक्तपुर । सरकारले यात्रुवाहक सवारीका लागि सोमबारदेखि रुट परमिट खुला गरेको छ । घटस्थापनादेखि पूर्णिमाको...

    डिपी ढकालको प्रश्न-आफ्नै महानगर जलिरहँदा एक बाल्टिन पानी बोकेर निस्कन नसक्नेलाई नायक बनाएर के पाइन्छ?”

    DP dhkal

    भक्तपुर । नेकपा (माओवादी केन्द्र) का केन्द्रीय सदस्य डिपी ढकालले देशलाई रुपान्तरण गर्ने काम कुनै...

    जनप्रतिनिधि र कर्मचारीलाई निजी विद्यालयमा लगानी गर्न रोक्नुपर्छ : महानिर्देशक काप्री

    ललितपुर । शिक्षा तथा मानव श्रोत विकास केन्द्रका महानिर्देशक कृष्णप्रसाद काप्रीले सार्वजनिक शिक्षामा सुधार गर्न...

    जेन-जी आन्दोलनमा भक्तपुरका पत्रकारमाथि आक्रमण र दुर्ब्यवहारको निन्दा

    भक्तपुर । जेन–जी पुस्ताले गरेको आन्दोलनका क्रममा भक्तपुरमा प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता कुण्ठित भएको प्रति...

    इजरायली बन्दीहरूको ‘बिदाई तस्वीर’मा विपिन जोशी पनि

    भक्तपुर । हमासको सशस्त्र शाखाले गाजामा राखिएका ४८ इजरायली बन्दीहरूको ‘बिदाई तस्वीर’मा नेपालका विपिन जोशीको...