News Portal

  • गृहले करिब २ हजार कर्मचारी माग्दा ५० हजारको आवेदन : यस्तो छ भक्तपुरको अवस्था

    भक्तपुर, १ असोज
    ११६८ पटक
    भक्तपुर, १ असोज

    गृहमन्त्रालय अन्तर्गत रहेको राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागले करारमा कर्मचारी भर्ना गर्ने विज्ञापनमा ब्यापक आवेदन परेको छ ।

    विभागद्वारा सामाजिक सुरक्षा तथा व्यक्तिगत घटना दर्ता प्रणाली सुदृढीकरण आयोजना अन्तर्गत माग गरिएको १९ सय ८९ जनाका लागि करिब ५० हजारको दरखास्त पेश भएको छ ।

    कम्प्युटरमा व्यक्तिगत घटना दर्ता गर्ने एम आइ एस अपरेटर (सुब्बा सरह) ९ सय ९४ जना र फिल्ड सहायक (खरिदार सरह )
    ९ सय ९५ जना गरी १९ सय ८९ जना पदपूर्तीका लागि दरखास्त आव्हान गरिएको थियो । यी पदमा क्रमस १८ हजार ६१ र ३३ हजार २६९ जनाले आवेदन दिएका छन्।

    भक्तपुरबाट पनि बेरोजगारले उल्लेख्य मात्रामा आवेदन दिएका छन् । प्रत्येक स्थानीय तहमा एक-एक जना पदपूर्ती गरिने दुवै पदका लागि भक्तपुरको सूर्यविनायकमा सर्वाधिक आवेदन परेको छ ।सूर्यविनायकको लागि एम आइ एस अपरेटरको लागि ८८ र फिल्ड सहायकमा १४३ आवेदन परेको भक्तपुर पोस्टलाई जानकारी प्राप्त भएको छ । त्यसैगरी सवैभन्दा कम भक्तपुर नगरपालिकाको लागि क्रमस ३८ र ६० आवेदन परेको बताइएको छ ।

    जिल्लाको चाँगुनारायण नगरपालिकाको लागि एम आइ एस अपरेटर ६८ र फिल्ड सहायकमा १०६ वटा आवेदन परेका छन् भने मध्यपुर थिमीको लागि क्रमस ८४ र १०६ आवेदन परेको राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागले जनाएको छ ।

    प्रतिकृया दिनुहोस्

    उपभोक्ता हित संरक्षणमा चाँगुनारायण प्रतिवद्ध

    चाँगुनारायण नगरपालिकाका मेयर जीवन खत्रीले उपभोक्ताको हित संरक्षणका लागि नगरपालिका दृढ रहेको दावी गरेका छन्...

    चार दिने युएई भ्रमणमा प्रधानमन्त्री प्रचण्डका दुई दर्जन उपलब्धी

    प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड जलवायु सम्मेलनमा भाग लिएर आइतबार स्वदेश फर्किएका छन् । उनले चार...

    दुवाकोट सडकमा स्थानीयको अवरोध

    दुवाकोट मोडमा स्थानीयले सडक अवरुद्ध गरेका छन् । स्थानीयले सडकमा प्रदर्शन गर्दै सवारी आवागमनमा अवरोध...

    शर्मा र सुवेदीलाई सम्मान

    २०८०।०८।१४ काठमाडौं अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज नेपाल च्याप्टरले अनेसास बिओटी सल्लाहकार रोहिणी शर्मा र अनेसासका...

    आयल निगम ऋण मुक्त भएसंगै घट्यो पेट्रोलियम पदार्थको मूल्य

    भारी ऋणमा रहेको नेपाल आयल निगम ऋण मुक्त भए संगै पेट्रोलियम पदार्थको मूल्य घटेको छ...