News Portal

  • शुक्रवार सातौँ महाधिवेशन शुरु गर्दै नेमकिपा : जुलुस र सभामा सहभागीताको लागि अनुरोध

    भक्तपुर, २ असोज
    ३२८७ पटक
    भक्तपुर, २ असोज

    नेपाल मजदुर किसान पार्टीलाई यतिबेला आफ्नो सातौँ महाविधेशनको चटारो परेको छ । असोज ३ गते शुक्रबारबाट शुरु हुने सातौँ महाविधेशनको तयारीमा पुरै पार्टी पङ्ति जुटेको देखिन्छ ।

    नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छे ‘रोहित’ ले असोज ३ गते दिउसो १ बजे भक्तपुरको सल्लाघारीस्थित खुला चौरमा पार्टीको सातौँ महाधिवेशनको उद्घाटन गर्ने पार्टी सचिव प्रेम सुवालले जानकारी गराएका छन् ।

    सचिव सुवालले बिहीवार एक बिज्ञप्ति जारी गर्दै भोली असोज ३ गते शुक्रबार बिहान ११ बजे भक्तपुरको च्याह्मासिंह र बोडे त्यसैगरी काठमाडौको कोटेश्वर समेतगरी तीन ठाउँबाट जुलुश शुरु हुने बताएका छन् । त्यो जुलुस भक्तपुरको सल्लाघारीस्थित खुला चौरमा आएपछि सभामा परिणत हुने र त्यहीँ पार्टी अध्यक्ष बिजुक्छेंले सातौ महाविधेशनको औपचारिक उद्घाटन गर्ने कार्यक्रम तय भएको बताइएको छ ।

    सचिव सुवाल द्वारा जारी बिज्ञप्तिमा आम उपस्थितिका लागि समेत आह्वान गरिएको छ । बिज्ञप्तिमा भनिएको छ,”देशमा अहिले एमाले–माओवादीको झण्डै दुईतिहाइको सरकार छ । तर, देशको खुला सीमा सुरक्षित छैन । भारतीय विस्तारवादले बनाएका बाध र तटबन्धको कारण बर्सेनि तराई भूमि डुबानमा परिरहेको छ । अहिले तेह्र खर्बभन्दा बढीको व्यापार घाटा छ र यो बढ्दो छ । भ्रष्टाचार व्याप्त छ, महँगी दिन–दुगुना रात चौगुना बढ्दो छ । सत्तरी लाख नेपाली युवा वैदेशिक रोजगारीको नाममा विदेशी भूमिमा बहुराष्ट्रिय कम्पनीको लागि काम गर्न बाध्य पारिएको छ ।

    देशको यो जटिल परिस्थितिमा सम्पन्न हुन गइरहेको नेपाल मजदुर किसान पार्टीको सातौ महाधिवेशनको जुलुश र उदुघाटन समारोहमा महिला, मजदुर, किसान, युवा, विद्यार्थी, शिक्षक, प्राध्यापक, कर्मचारी, बुद्धिजीवी, पत्रकार, उद्योगी, व्यापारीलाई उपस्थितिको लागि नेपाल मजदुर किसान पार्टी पुनः हार्दिक अनुरोध गर्दछ ।”

    प्रतिकृया दिनुहोस्

    भक्तपुर आए आधा दर्जन सहसचिव

    भक्तपुर । नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठानका प्रशिक्षार्थी रहेका निजामती सेवाका सहसचिवहरुले भक्तपुर नगरपालिकाको अध्ययन भ्रमण...

    बनेपाको अग्नी सहकारी पीडितलाई उजुरी गर्न एक हप्ताको समय

    काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका–८ सिनागालमा अवस्थित ‘अग्नी बचत तथा ऋण सहकारी संस्था लिमिटेड’सँग सम्बन्धित...

    इप्सन भक्तपुरको वादविवादमा यी भए अगाडि

    भक्तपुर । शिक्षा अब केवल परीक्षाको अङ्कमा मात्र सीमित रहेन, तर्क, विचार र अभिव्यक्तिको पनि...

    ललितपुरमा राधा–लक्ष्मण क्रियाशील पत्रकारिता पुरस्कार स्थापना

    ललितपुर, २२ साउन २०८२ । नेपाल पत्रकार महासंघ, जिल्ला शाखा ललितपुरले पत्रकारितामा सक्रिय योगदान पुर्‍याउने...

    मध्यपुर थिमिमा जेष्ठ नागरिक र गर्भवतीलाई नि:शुल्क वडागत स्वास्थ्य सेवा शुरु

    भक्तपुरको मध्यपुर थिमि नगरपालिकाले जेष्ठ नागरिक र गर्भवती महिलाहरुको लागि नि:शुल्क वडागत स्वास्थ्य सेवा शुभारम्भ...