News Portal

  • अधिकार केन्द्रकै मुठ्ठीमा राखेर संघीयताको अर्थ हुँदैन : प्रजापति

    भक्तपुर, ३ असोज
    १९२४ पटक
    भक्तपुर, ३ असोज

    भक्तपुर नगरपालिकाका प्रमुखसमेत रहेका नेमकिपाका केन्द्रीय सदस्य सुनिल प्रजापतिले बर्तमान सरकार कम्युनिष्ट सरकार हुने नसक्ने दावी गरेका छन् । सरकारले निजीकरणलाई प्रश्रय दिएकाले यो कम्युनिष्ट सरकार हुन नसक्ने उनको दावी छ ।

    शुक्रवार नेमकिपाको सातौँ महाधिवेशनको उद्घाटन समारोहलाई सम्बोधन गर्दै केन्द्रीय सदस्य प्रजापतिले आगामी ५ वर्षपछि देशको सबै क्षेत्रमा निजी क्षेत्रको लगानी ५५ प्रतिशत पु¥याउने लक्ष्य लिएकोले निजीकरणलाई जोड दिनेहरू कम्युनिस्ट हुनै नसक्ने जिकिर गरे ।

    सङ्घीयताको अर्थ अधिकारको विकेन्द्रीकरण भएको भन्दै प्रजापतिले अधिकार केन्द्रकै मुठ्ठीमा राख्ने संघीयताको अर्थ नहुने स्पष्ट पारे । ”सङ्घीयता कार्यान्वयनपछि केन्द्र र प्रदेश सरकारहरू स्थानीय तहलाई अधिकार दिन चाहिरहेका छैनन् । स्थानीय तह केन्द्रको मातहतमा बस्नुपर्छ भन्ने पुरानो सोच केन्द्र सरकारमा बस्नेहरूसंग अझै रहेको छ ।” उनले भने ।

    स्थानीय तह लोकतन्त्रको जग भएकोले स्थानीय तह विकास नभएसम्म देशको विकासले पूर्णता नपाउने बताउदै भक्तपुर नगर प्रमुख समेत रहेका नेमकिपाका नेता प्रजापतिले बिभिन्न अवरोधका बाबजूद भक्तपुर नगरपालिकाले जनताको पक्षमा धेरै काम गरेको जिकिर गरे ।

    सरकारले निजीलाई प्राथमिकता दिइरहेको अवस्थामा भक्तपुर नगरपालिकाले आफैले शिक्षा, स्वास्थ्य र भौतिक निर्माण लगायतका क्षेत्रमा उदाहरणीय काम गरेको उनको भनाइ छ ।

    भक्तपुर पोस्टको फेसबुक पेज लाइक गर्न बिर्सनु भएको त छैन ? फेसबुकमै समाचार प्राप्त गर्न पेज लाइक गर्नुहोस् ।

    प्रतिकृया दिनुहोस्

    हनुमन्ते खोलामा सेनाका हवल्दारको शव फेला

    भक्तपुर । भक्तपुर-१, सल्लाघारी स्थित हनुमन्ते खोलामा शव फेला परेको छ । दिउँसो करिब साढे...

    भक्तपुर आए आधा दर्जन सहसचिव

    भक्तपुर । नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठानका प्रशिक्षार्थी रहेका निजामती सेवाका सहसचिवहरुले भक्तपुर नगरपालिकाको अध्ययन भ्रमण...

    बनेपाको अग्नी सहकारी पीडितलाई उजुरी गर्न एक हप्ताको समय

    काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका–८ सिनागालमा अवस्थित ‘अग्नी बचत तथा ऋण सहकारी संस्था लिमिटेड’सँग सम्बन्धित...

    इप्सन भक्तपुरको वादविवादमा यी भए अगाडि

    भक्तपुर । शिक्षा अब केवल परीक्षाको अङ्कमा मात्र सीमित रहेन, तर्क, विचार र अभिव्यक्तिको पनि...

    ललितपुरमा राधा–लक्ष्मण क्रियाशील पत्रकारिता पुरस्कार स्थापना

    ललितपुर, २२ साउन २०८२ । नेपाल पत्रकार महासंघ, जिल्ला शाखा ललितपुरले पत्रकारितामा सक्रिय योगदान पुर्‍याउने...