News Portal

  • बगिरहेको खोला धितो राखी साढे ४ करोड दिने बैंकका सीइओसहित ११ जना समातिए

    काठमाडौ, ५ असोज
    १४११ पटक
    काठमाडौ, ५ असोज

    ‘क’ श्रेणीको बैंकको मान्यता पाएको बैंक अफ काठमाडौँका पूर्वप्रमुख कार्यकारी अधिकृत (सीईओ)सहित ११ जना प्रहरीको फन्दामा परेका छन् । केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी)ले उनीहरुलाई पक्राउ गरेको छ ।

    पूर्वप्रमुख कार्यकारी अधिकृत अजय श्रेष्ठ सहित ११ जना पक्राउ परेका हुन् । पक्राउ पर्नेमा बैंकका पूर्वकर्मचारी र केही बहालवाला कर्मचारीसमेत रहेका छन् । उनीहरु उपर बैंकिङ्ग कसुरको आरोप लागेको छ ।

    उनीहरुले मिलेमतो गरी बगिरहेको खोलाको जग्गा धितो राखी ऋण दिएको विषयमा अनुसन्धान गर्न विभिन्न मितिमा पक्राउ गरिएको प्रहरीको भनाइ छ ।सुरेन्द्र श्रेष्ठलाई नक्कली कागजात मिलाएर बगिरहेको खोलाको जग्गामा ऋण दिएको विषयमा अनुसन्धान भइरहेको प्रहरी उपरीक्षक बेलबहादुर पाण्डेले बताए ।

    तीन वर्षअघि खोलाको जग्गा धितो राखेर ४ करोड ५० लाख ऋण दिएको खुल्न आएपछि उनीहरुलाई पक्राउ गरी आवश्यक अनुसन्धान भैरहेको बताइएको छ ।

    प्रतिकृया दिनुहोस्

    प्रहरी परिसर भक्तपुरकी इन्स्पेक्टर खनाल डिएसपीमा बढुवा सिफारिस

    नेपाल प्रहरीका ४६ जना प्रहरी निरीक्षक (इन्स्पेक्टर) प्रहरी नायब उपरीक्षक (डिएसपी)का लागि बढुवा सिफारिस भएका...

    भक्तपुर बहुमुखी क्याम्पसको प्रमुखमा लुइँटेल

    सह प्राध्यापक कविता लुइँटेल भक्तपुर बहुमुखी क्याम्पसको क्याम्पस प्रमुखमा नियुक्त भएकी छन् । उनी गणित...

    भैंसीकै महत्वहिन चर्चा, कृषिप्रतिकाे घाेर अपमान

    प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई सधैँ पूर्वाग्रही आँखाले हेरिरहनेप्रति त केही भन्नु छैन । उनले भारत...

    सूर्यविनायकमा पत्रकार बल्ल सम्मानित, सांसद र एआईजी लगायत १४ जनालाई पनि सम्मान

    पत्रकार मोहन बल्ल सम्मानित भएका छन् । आफ्नै वडाले उनलाई सम्मान गरेको छ । सूर्यविनायक...

    प्रधानमन्त्रीको भारत भ्रमण : के के भए सहमति र सम्झौता

    prachanda modi

    भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको निमन्त्रणामा भारतको चारदिने औपचारिक भ्रमणमा रहनुभएका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ आज...