News Portal

  • भक्तपुरको राजर्षि गुरुकूललाई उत्कृष्ट स्कूलको उपाधी

    भक्तपुर, ८ असोज
    ५९०९ पटक
    भक्तपुर, ८ असोज

    भक्तपुरको सल्लाघारीस्थित विद्यालय राजर्षि गुरुकूल ‘नेपालको सर्वश्रेष्ठ इन्टरनेशनल स्कूल- २०१९’ घोषित हुदै ‘एशियाली शिक्षा नेतृत्व पुरस्कार- २०१९’ प्राप्त गर्न सफल भएको छ ।

    एसियाका विभिन्न देशबीच भएको प्रतिस्पर्धामा राजर्षि गुरुकूलले यी उपाधी प्राप्त गरेको हो ।

    भारतको कलकत्तामा यही १५ सेप्टेम्बरमा सम्पन्न कार्यक्रममा विद्यालयलाई उक्त दुई अवार्ड प्राप्त भएको विद्यालयले जनाएको छ । शिक्षाको क्षेत्रमा उत्कृष्टता, प्रतिष्ठा र अनुकरणीय कार्यलाई दर्शनीय शैलीमा मनाउने र सम्मान गर्ने विद्यालयलाई यो पुरस्कार प्रदान गरिँदै आएकोमा यो वर्ष राजर्षि गुरुकूल विद्यालय छनोटमा परेको र एशियाको सबभन्दा राम्रो अन्तर्राष्ट्रिय स्कूलहरूमा दर्ज भएको आयोजक अर्पित सर्भिसेसको भनाइ उद्घृत गर्दै विद्यालयका सूचना अधिकारी अर्जुन घिमिरेले जनाएका छन् ।

    सोही कार्यक्रममा विद्यालयका प्रधानाध्यापक (प्रिन्सिपल) लियोन श्रेष्ठलाई ‘आउटस्ट्यायण्डिङ लिडरसीप प्रिन्सिपल अफ दि इयर -२०१९’ बाट सम्मानित गरिएको घिमिरेले जानकारी गराए ।

    विद्यालयका प्रधानाध्यापक लियोन श्रेष्ठले शिक्षा क्षेत्रमा विभिन्न नवीन आयामहरु र नवप्रवर्तनका कामहरु गरी शैक्षिक गुणस्तर वृद्धिमा विद्यालयले पुर्याइरहेको योगदानको कदर गरी उक्त पुरस्कार दिइएको बताए ।

    उनले विद्यालयले अन्तर्राष्ट्रिय पूर्व प्राथमिक पाठ्यक्रम(इन्टरनेशनल प्राइमरी करिकुलम, आइपीसी), क्याम्ब्रिज इंग्लिश ल्याग्वेज एसेस्मेन्ट लागू गर्दै स्वदेशका विद्यार्थीलाई अन्तर्राष्ट्रिय स्तरको शिक्षा दिइरहेको जानकारी समेत गराए । विद्यालयले न्यूजिल्याण्डसँग थ्रीडीआई कार्यक्रम, द सेफिल्ड प्राइभेट स्कुल, विद्यालयमा चिनियाँ भाषाको पठनपाठनसँगै युथ चाइनिज टेस्ट र चाइनिज प्रोफिसेन्सी टेस्ट लगायतका कार्यक्रममा विद्यार्थीहरुलाई निरन्तर सहभागी गराउँदै आएको उनको भनाइ छ ।

    प्रअ श्रेष्ठले आफूहरुले विभिन्न अन्तर्राष्ट्रिय पुरस्कार पाउँदा शिक्षा क्षेत्रमा गरिरहेको नौलो अभ्यासलाई पुरस्कृत गरिएको महशुस गरिएको उल्लेख गरे । ‘पुरस्कार पाउँदा हामीलाई ठूलो गर्व लागेको छ, स्कूलमा अन्तर्राष्ट्रिय पाठ्यक्रम लागू गरी एकआपसमा सांस्कृतिक अनुभव आदानप्रदान गर्दा विद्यार्थीलाई अहिलेको युग सुहाउँदो बनाउन सजिलो भएको छ ।’ उनले भने  ।

    विद्यालयले एक प्रगतिशील शिक्षण शैली अनुसरण गर्दै प्रायोगिक शिक्षामा जोड दिएको प्रअ श्रेष्ठको दावी छ ।

    सच्याइएको : भक्तपुर-१ सल्लाघारीस्थित राजर्षि गुरुकूल विद्यालयले भारतको कलकत्तामा आयोजित एक प्रतिस्पर्धात्मक कार्यक्रममा प्राप्त गरेको सफलताको समाचार सस्प्रेषण गर्दा केहि पाठकहरुले समाचारको शिर्षकको आधारमा भक्तपुर पोस्टको धारणा भन्ने बुझेकोले शिर्षक सच्याइएको बिनम्र अनुरोध गरिन्छ ।-सम्पादक

     

    प्रतिकृया दिनुहोस्

    खड्काको नेतृत्वमा चाँगुनारायण २ मा वाइसिएलको २७ सदस्यीय समिति गठन

    सत्तारुढ दल नेकपा(माओवादी केन्द्र) को सहायक संगठन वाइसिएल नेपालले चाँगुनारायण नगरपालिकाको वडा नम्बर २ मा...

    एनसेलको शेयर खरिद बिक्री छानविन गर्न उच्चस्तरीय समिति

    दूरसञ्चार सेवा प्रदायक कम्पनी एनसेलको शेयर खरिद बिक्रीका सम्बन्धमा अध्ययन तथा छानविन गर्न सरकारले एक...

    समाजवाद उन्मुख भक्तपुर : किसानलाई नि:शुल्क कम्पोष्ट मल, आलुको बिउँमा आधा अनुदान

    bhaktapur municipality

    भक्तपुर नगरपालिकाले स्थानीय किसानलाई निशुल्क कम्पोष्ट मल वितरण गर्ने भएको छ । नगरपालिकाले नगर भित्रका...

    खानेपानी वितरण र शुल्क असुलीको जिम्मेवारी स्थानीय तहलाई दिनुपर्ने सांसद सुवालको सुझाव

    prem suwal

    खानेपानी मन्त्री महिन्द्रराय यादवको अध्यक्षतामा काठमाडौं उपत्यकामा खानेपानीको समस्या र समाधानका बारे अन्तरक्रिया सम्पन्न भएको...

    भरतपुरको घर घरमै पुगेर स्वास्थ्य सेवा, मेयर दाहालले गरिन् शुभारम्भ

    renu dahal

    भरतपुरका घर घरमै पुगेर स्वास्थ्यकर्मीले जेष्ठ नागरिक, अशक्त तथा अपाङ्गता भएकालाई स्वास्थ्य सेवा दिने कार्यक्रम...