News Portal

  • भक्तपुरका सुनिलको दमदार प्रस्तुती : द भ्वाईस अफ नेपालका सबै निर्णायक दंग (हेर्नुस् के भने)

    निशा कुस्मा / भक्तपुर पोस्ट भक्तपुर, ९ असोज
    २८६४ पटक
    भक्तपुर, ९ असोज

    शंकर,शिव हे महेश बोलको राग अहिर भैरव जब सिङ्गिङ्ग रियालिटी शो ‘द भ्वाईस अफ नेपाल’मा गुञ्जियो तब निर्णायकहरुले आफूलाई थाम्न सकेनन् । रियालिटी शो ‘द भ्वाईस अफ नेपाल’का सबै चारै जना निर्णायकहरुलाई जादूमय स्वरले तान्यो र उनीहरु गायक तर्फ फर्किए ।

    कुनै एक निर्णायकलाई मात्र पनि आफू तर्फ फर्काउन सके प्रतियोगी अर्को राउन्डमा प्रवेश गर्न पाउनेमा चारैजना निर्णायकहरुलाई आफू तर्फ फ़र्काउन सफल प्रतियोगी हुन् भक्तपुरका सुनिल लोहला श्रेष्ठ ।

    सुनिलको जादूमय स्वरका कारण उनले चारैजना निर्णायकलाई आफू तर्फ फर्काउन सफल भए र भक्तपुरको दमदार उपस्थिति देखाए ।

    को हुन् सुनिल
    भ्वाइस् अफ नेपाल- सिजन टूका सहभागी सुनिल लोहला श्रेष्ठ कर्नाटक विश्वविद्यालयबाट संगीतमा स्नात्तकोत्तर तहको अध्ययन पूरा गरेर नेपाल फर्केका हुन् । पुरानो घर भक्तपुरको खँलामा बताउने उनी हाल भने सिपाडोलमा बस्छन् ।

    मध्यम वर्गको परिवारमा जन्मेका उनी प्लस टू सकेको लामो समय पछि भारत पसेका थिए । पढाईमा खासै रुचि नभए पनि सानैदेखि विद्यालयको कार्यक्रमहरुमा भने गीत गाईरहन्थे । उनी संगीत क्षेत्रमा जानुभन्दा अगाडि पाटनमा ढलौटको काममा व्यस्त भएका थिए ।

    योग्यता एउटा भएपनि उनी अर्कै पेशामा गन्तव्य बिहिन भएर काम गरिरहेका थिए । तर गीतहरु गाउने काम भने छोडेनन् ।” त्यस बेला हामी गायक अनिल सिंहका गीतहरु गाउने गथ्यौं ।” भक्तपुर पोस्टसंग उनले बिगत सम्झीए । गायक सिंहको सफलताको कथाबाट उनलाई प्रेरणा मिलेको उनी बताउञ्छन । ”उहाँको कडा मिहेनत र व्यक्तिगत कथाबाट मैले पनि जीवनमा केही न केही त गर्न सक्छु भन्ने आभाष भयो ।” सुनिल सम्झनछन ।

    त्यति मात्र होइन, जब उनी पाटनमा काम गर्दथे तब उनलाई साहुले स्वामी विकाशानन्दको ‘म्यानपावर’ पुस्तक पढ्न दिएका रहेछन । एक दिन काममा सुनिलले किताबमा भनेका कुराहरु सम्झे । पहिलो कुरा जुन काम गर्नुपर्छ त्यसको तिमी राजा हुनुपर्छ । उनले सोचे मैले अहिले गरेको काम त पैसाको लागि मात्र हो, आत्मसन्तुष्टि भने फिटिक्कै छैन ।

    दोस्रो कुरा तिमी को हौ ? आफूलाई चिन ! भन्ने प्रश्न उठाएको सम्झे र सोचमा डुबे । सोच्दा सोच्दै आफू सानो छँदा कार्यक्रहरुमा गीत गाउँदै हिडेका दिनहरु उनलाई याद आयो । अन्तत: सुनिलको गन्तव्य निश्चित भयो र उनले निश्चय गरे संगीत क्षेत्रमा प्रवेश गर्ने ।

    त्यसपछि जमलमा रहेको डो.रे.मी. बाट उनले दुई वर्ष संगीत सिके । दुई वर्ष अभ्यास गर्दा उनको गला बिग्रियो र दुई वर्ष गलालाई आराम दिँदै पुन: पुरानै काम गर्न थाले । तर उनले आफ्नो लक्ष बिसाएका भने थिएनन केवल थाती राखेका थिए ।

    त्यसपछि सन् २००९ मा उनी भारत गए । त्यसबेला उनको उमेर २४ वर्ष भैसकेको थियो । चौबीस वर्षको लक्क जवान उमेरमा उनी गायक बन्न भारत गए र संगीत अध्ययन गरेर उनी नेपाल फर्किए ।

    नेपाल आउना साथ भ्वाइस अफ नेपालमा
    भारतमा अध्ययन गरेर नेपाल आएको एक महिना सम्म पनि काम नपाए पछि उनले भ्वाईस् अफ नेपाल सिजन टूमा सहभागी बन्ने निर्णय लिए । तर, उनले आफ्नो योजना कसैलाई भनेनन् । भ्वाईस् अफ नेपालमा गए पनि हुन्थ्यो, किन नगएको होला भनेर सोध्ने साथीहरुलाई सरप्राइज दिंदै उनले प्रतियोगितामा भाग लिए र सबै निर्णायकलाई प्रभावित पार्दै शानदार शुरुवात गर्न सफल भएका छन् । यसले उनको जीवनको एउटा इच्छा पूरा भएको सुनिल बताउँछन् ।

    सुनिल लोहला आफूलाई संगीतकार, गीतकार र गायकको रुपमा परिचित गराउँन चाहन्छन् । नयाँ कुरा सिक्ने र आफू जस्तै अन्य मित्रहरुसँग घुलमिल हुन यो एउटा राम्रो प्लेटफर्म भएको उनको बुझाइ छ । त्यसका अतिरिक्त यहाँबाट सांगीतिक उडान भर्न मार्गप्रसस्त हुने उनले बिस्वास व्यक्त गरेका छन् ।

    मिस्टेकको ट्रेजर

    भारतमा संगीत सिक्न गएका उनले छ वर्ष सम्म पनि राम्ररी सिक्न सकेनन् । सुनिल भन्छन्, ‘गुरुहरुले मलाई मिस्टेकको ट्रेजर भन्नुहुन्थ्यो ।’ दश वर्षमा पछिल्लो चार वर्ष मात्र संगीत सिक्ने स्वर्ण युग नै बनेको उनले बताए ।

    ‘जीवनमा जुनसुकै विधामा सफल हुन सानै देखिको लगन हुनुपर्छ । जीवनको मध्य तिर आएर संगीतलाई अँगाल्दा निकै कठिनाई आईपर्ने उनी आफुनो अनुभव सुनाउँछन् ।

    सुनिल लोहला हाल एभरेष्ट इङ्लिस स्कूलमा संगीतका प्रशिक्षकका रुपमा कार्यरत छन् भने संगीतग्राम गुरुकूल नेपाल सुरु गर्ने तयारीमा पनि जुटेका छन् ।

    हौसला र साथ आवश्यक

    सिङ्गिङ्ग रियालिटी शो ‘द भ्वाईस अफ नेपाल’मार्फत श्रोता र दर्शक कमाउन उनलाई मौका मिलेको छ । उनी प्रतियोगिताको ब्लाइण्ड राउण्ड बाट छनौट भै वरिष्ठ गायक दीप श्रेष्ठको टीममा गएका छन् । चारैजना निर्णायक/कोचको भागमा १६-१६ जना प्रतियोगी परेका छन् । यिनीहरु मध्ये उत्कृष्ट प्रस्तुती गर्दै प्रत्येक राउण्डमा आफूलाई अब्बल प्रमाणित गर्नुपर्ने आगामी दिन उनका लागि कम चुनौतीपूर्ण छैन । तर, उनी चुनौतीलाई अवसरका रुपमा लिंदै उत्कृष्ट प्रदर्शन गर्ने आत्मबिस्वासका साथ् अघि बढेका छन् र आफूलाई हौसला र साथ दिन भक्तपुर पोस्ट मार्फत यहाँहरु समक्ष अनुरोध गरेका छन् ।

    सच्याइएको : विकाशानन्दको पुस्तक हुनुपर्नेमा विवेकानन्द भएकोले सच्याइएको छ । -सम्पादक

    सुनिलको दमदार प्रस्तुती हेर्न यहाँ क्लिक गर्नुस्

     

    हेर्नुस् निर्णायक फर्किएर के भने

     

    भक्तपुर पोस्टको फेसबुक पेज लाइक गरी फेसबुकमै खबर प्राप्त गर्नुहोस् !
    भक्तपुर पोस्ट – सूचना तपाइँको औंलामा

    पेज लाइक गर्न यहाँ क्लिक गर्नुस्

    प्रतिकृया दिनुहोस्

    उपभोक्ता हित संरक्षणमा चाँगुनारायण प्रतिवद्ध

    चाँगुनारायण नगरपालिकाका मेयर जीवन खत्रीले उपभोक्ताको हित संरक्षणका लागि नगरपालिका दृढ रहेको दावी गरेका छन्...

    चार दिने युएई भ्रमणमा प्रधानमन्त्री प्रचण्डका दुई दर्जन उपलब्धी

    प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड जलवायु सम्मेलनमा भाग लिएर आइतबार स्वदेश फर्किएका छन् । उनले चार...

    दुवाकोट सडकमा स्थानीयको अवरोध

    दुवाकोट मोडमा स्थानीयले सडक अवरुद्ध गरेका छन् । स्थानीयले सडकमा प्रदर्शन गर्दै सवारी आवागमनमा अवरोध...

    शर्मा र सुवेदीलाई सम्मान

    २०८०।०८।१४ काठमाडौं अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज नेपाल च्याप्टरले अनेसास बिओटी सल्लाहकार रोहिणी शर्मा र अनेसासका...

    आयल निगम ऋण मुक्त भएसंगै घट्यो पेट्रोलियम पदार्थको मूल्य

    भारी ऋणमा रहेको नेपाल आयल निगम ऋण मुक्त भए संगै पेट्रोलियम पदार्थको मूल्य घटेको छ...