News Portal

  • मध्यपुर थिमीका जनप्रतिनिधि प्रजापति रहेनन्

    भक्तपुर, १२ असोज
    २१४९ पटक
    भक्तपुर, १२ असोज

    मध्यपुर थिमी नगरपालिका वडा नं ५ का निर्वाचित वडा सदस्य चन्द्र कृष्ण प्रजापतिकाे असमायिक निधन भएको छ । हृदयघातका कारण उनको असमायिक निधन भएकाे हो ।

    शनिवार उपचारको लागि नर्भिक अस्पताल पुर्याइएका वडा सदस्य प्रजापतिलाई अस्पतालले ह्दयघातका कारण मृत्यु भएको घोषणा गरिदिएको वडा नं ५ का वडाध्यक्ष अमृतमान श्रेष्ठले भक्तपुर पोस्टलाई बताए । वडाध्यक्ष श्रेष्ठका अनुसार प्रजापतिको शनिवार साँझ नै बैदिक परम्परा अनुसार अन्त्येष्टि गरिएको छ ।

    नेपाली काँग्रेसका स्थानीय नेता समेत रहेका प्रजापतिलाई पार्टीको जिल्ला सभापति दुर्लभ थापा, मध्यपुर थिमी नगरपालिकाकी उपप्रमुख अन्जनादेवी मधिकर्मी लगायत जिल्लाका नेताहरुले पार्टीको झण्डा ओढाएर अन्तिम श्रद्धान्जली र सम्मान दिएका थिए ।

    काँग्रेसका निर्वाचित जनप्रतिनिधि प्रजापतिको देहावसानले पार्टीलाई ठुलो क्षती पुगेको सभापति थापाले बताए ।

    ६४ वर्षको उमेरमा ज्यान गुमाएका प्रजापतिका श्रीमती १ छोरा र ३ छोरी छन् ।

    प्रतिकृया दिनुहोस्

    भक्तपुर आए आधा दर्जन सहसचिव

    भक्तपुर । नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठानका प्रशिक्षार्थी रहेका निजामती सेवाका सहसचिवहरुले भक्तपुर नगरपालिकाको अध्ययन भ्रमण...

    बनेपाको अग्नी सहकारी पीडितलाई उजुरी गर्न एक हप्ताको समय

    काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका–८ सिनागालमा अवस्थित ‘अग्नी बचत तथा ऋण सहकारी संस्था लिमिटेड’सँग सम्बन्धित...

    इप्सन भक्तपुरको वादविवादमा यी भए अगाडि

    भक्तपुर । शिक्षा अब केवल परीक्षाको अङ्कमा मात्र सीमित रहेन, तर्क, विचार र अभिव्यक्तिको पनि...

    ललितपुरमा राधा–लक्ष्मण क्रियाशील पत्रकारिता पुरस्कार स्थापना

    ललितपुर, २२ साउन २०८२ । नेपाल पत्रकार महासंघ, जिल्ला शाखा ललितपुरले पत्रकारितामा सक्रिय योगदान पुर्‍याउने...

    मध्यपुर थिमिमा जेष्ठ नागरिक र गर्भवतीलाई नि:शुल्क वडागत स्वास्थ्य सेवा शुरु

    भक्तपुरको मध्यपुर थिमि नगरपालिकाले जेष्ठ नागरिक र गर्भवती महिलाहरुको लागि नि:शुल्क वडागत स्वास्थ्य सेवा शुभारम्भ...