News Portal

  • भक्तपुरमा भएको कार्यक्रममा ‘मानव सेवा आश्रम’ लाई यसकारण दिए प्रधानमन्त्रीले १ करोड

    प्रतिपक्षमाथि प्रधानमन्त्री ओलीको प्रश्न 'लामखुट्टेले थाहाँ पाउँछ जुलुस लगाएको ?’

    भक्तपुर, १३ असोज
    २२२५ पटक
    भक्तपुर, १३ असोज

    भक्तपुरका स्थायी बासिन्दा समेत रहेका प्रधानमन्त्री केपि शर्मा ओलीले भक्तपुरमा शाखा बिस्तार गरेको ‘मानव सेवा आश्रम’ का लागि सरकारले १ करोड रुपियाँ सहयोग दिने उद्घोष गरेका छन् ।

    कौशलटारमा आयोजित ‘मानव सेवा आश्रम’को भक्तपुर शाखा उद्घाटन एवं गृह प्रवेश कार्यक्रमका प्रमुख अतिथि रहेका प्रधानमन्त्री ओलीले उक्त उद्घोष गरेका हुन् । त्यतिमात्र होइन, प्रधानमन्त्री ओलीले ‘मानव सेवा आश्रम’ले सहारा दिइरहेका मानिसलाई प्रति व्यक्ति मासिक तीन हजार रुपियाँ दिने घोषणा समेत गरे ।

    असहायहरुको सेवामा ‘मानव सेवा आश्रम’ले पुर्याएको सेवा वापत प्रधानमन्त्री ओलीले सस्थाका अभियन्ताहरुलाई सम्मान गर्दै सहयोगको घोषणा गर्दा अभियन्ताहरु दंग देखिए ।

    आइतवारको उक्त कार्यक्रमको आयोजना ‘मानव सेवा आश्रम’ले गरेको भएपनि कार्यक्रम गर्न प्रधानमन्त्री स्वयम्ले अनुरोध गरेका एक अभियन्ताले बताए । ‘हामीले प्रधानमन्त्रीज्युलाई बोलाएर सम्मान थापेका होइनौ, उहाँ आफैले सम्मान गर्ने इच्छा गरेपछि कार्यक्रम गरिएको हो ।’ उनले भने ।

    आफ्नो कार्यक्रममा उच्च पदस्थ व्यक्ति बोलाएर आफै सम्मान थाप्ने प्रवित्ती हावी भएको बेलामा त्यसको बिपरित मानव सेवा आश्रमका अभियन्ताहरु भने आफूले मानव सेवामा पुर्याएको योगदानको मूल्यांकन हुँदा सम्मानित हुन पुगे ।

    प्रधानमन्त्रीको सचिवालयले जनाएअनुसार प्रधानमन्त्री ओलीले आफ्नी पत्नी राधिका शाक्यबाट ‘मानव सेवा आश्रम’का बारेमा थाहाँ पाएपछि अभियन्ताहरुलाई सम्मान गर्ने इच्छा प्रकट गरेका हुन् । उनकै इच्छा बमोजिम भएको कार्यक्रममा आफ्नी पत्नी राधिका शाक्यसहित उपस्थित प्रधानमन्त्री ओलीले ‘मानव सेवा आश्रम’का अभियन्ताहरुलाई सम्मान मात्र गरेनन । उनीहरुको अभियानमा एक करोड अक्षयकोषको स्थापना गर्ने घोषणा समेत गरे । त्यतिमात्र होइन, प्रधानमन्त्री ओलीले ‘मानव सेवा आश्रम’ले सहारा दिइरहेका मानिसलाई मासिक तीन हजार रुपियाँ दिने घोषणा समेत गरे ।

    उक्त अवसरमा प्रधानमन्त्री ओली केपी शर्मा ओलीले लिने भन्दा दिने भावना भएकै कारण समाजमा मानवता जीवित भएको भनेका थिए । केहि युवाहरु फेसबुकमा झुन्डिएर फेककुरा गर्दै भ्रम छर्नमै व्यस्त बनेकोप्रति दुख व्यक्त गर्दै उनले युवाहरु सिर्जना र सेवामा लागेमा देश बिकाशमा टेवा पुग्ने बताए ।

    कार्यक्रममा कर्मचारीमा जागिरे मानसिकता हट्न नसकेकोले जनताले वास्तविक सेवा प्राप्त गर्न नसकेको बताउदै प्रधानमन्त्री ओलीले कर्मचारीले गर्न नसक्ने काम जनताले गर्न सक्ने र सरकार सधै जनताको साथमा भएको जिकिर गरेका थिए ।

    डेंगु रोग बिरुद्ध सरसफाई र जनचेतनामा दिनुपर्ने समय जुलुस र धर्नामा दिएको भन्दै प्रधानमन्त्री ओलीले प्रतिपक्षमाथि पनि व्यंग्य गर्दै भने ” लामखुट्टेले थाहा पाउँछ जुलुस लगाएको भनेर ?’” प्रतिपक्ष रचनात्मक हुन नसक्दा जे को पनि बिरोध भएको र काम गर्न गाह्रो भैरहेको उनको भनाइ थियो ।

    उक्त अवसरमा प्रधानमन्त्री ओलीले सबै स्थानीय तहले आफ्नो क्षेत्रमा रहेका असहाय तथा सडक बालबालिकाको व्यवस्थापन गर्नुपर्ने बताउदै त्यसको लागि अपिल समेत गरे ।

    सपत्नी पुगेका प्रधानमन्त्री केपी ओली प्रमुख अतिथि रहेको उक्त कार्यक्रममा भक्तपुरका प्रतिनिधि सभाका सांसद महेश बस्नेत, काठमाडौ महानगरका मेयर विद्यासुन्दर शाक्य, सूर्यविनायक र मध्यपुर थिमीका जनप्रतिनिधिहरु लगायत अतिथिको रुपमा उपस्थित रहेका थिए ।

    के हो मानव सेवा आश्रम

    मानसिक सन्तुलन गुमाएका कारण सडकमा अव्यवस्थित जीवन बिताउन बाध्य मानिसहरु, अपाङ्ग,वृद्ध,रोगी अथवा असहाय भएर सडकमै अलपत्र अवस्थामा बाच्न विवस मानिसहरुको उद्धार गरी उपचार र पालनपोषण गर्न २०६९ सालमा मकवानपुरको हेटौंडामा ‘मानव सेवा आश्रम’ शुरु गरिएको थियो ।

    सकारात्मक सोंच भएका उत्साही युवा अभियन्ताहरुले शुरु गरेको यो परोपकारी सस्था करिब ७ वर्षको अवधीमा धेरै प्रगती गर्न सफल भएको छ । यसले चितवन, काठमाडौं, ललितपुर, गोरखा, लम्जुङ, बाग्लुङ, पर्सा, कास्की, रूपन्देही लगायत धेरै ठाउँमा शाखा खोलेर सडक मानव मुक्त समाजको परिकल्पना गर्दै उनीहरुको रेखदेख गरिरहेको छ । ५ जनाको उद्धार गरी शुरु गरिएको यो अभियानमा अहिले सयौ सडक मानवले संरक्षण पाइरहेका छन् । भक्तपुरमा भएको शाखाको आइतवार उद्घाटन भएको हो । यसमा अहिले ११ सडक मानवलाई संरक्षण दिइएको बताइएको छ ।

    सस्था भन्ने बित्तिकै हाम्रो मनमा एनजीओ शब्द आउने गर्दछ र बिदेशी दातालाई प्रभावमा पारी डलर झार्ने खेती गर्नेहरुले यो शब्दलाई बद्नाम गराइदिएका छन् । तर तपाइँलाई यो सुनाउदा भक्तपुर पोस्टलाई पनि आनन्द लागेको छ कि यो मानव सेवा आश्रम विशुद्ध परोपकारी अभियान हो, यसले कुनै पनि विदेशी दातृनिकायको रकम लिँदैन । यसका सस्थापक अध्यक्ष रामजी अधिकारी नितान्त देश विदेशमा रहेका नेपालीहरूकै सहयोगले मानव सेवा संचालन गरिरहेको बताउञ्छन ।

    प्रतिकृया दिनुहोस्

    मध्यपुर थिमिमा जेष्ठ नागरिक र गर्भवतीलाई नि:शुल्क वडागत स्वास्थ्य सेवा शुरु

    भक्तपुरको मध्यपुर थिमि नगरपालिकाले जेष्ठ नागरिक र गर्भवती महिलाहरुको लागि नि:शुल्क वडागत स्वास्थ्य सेवा शुभारम्भ...

    साथीको घरमा युवकको शव फेला

    भक्तपुरको चाँगुनारायण– ४ मा एक युवक मृत फेला परेका छन् । १९ वर्षीय निरोज लामा...

    चाँगुनारायणमा ५० जनालाई झोल साबुन बनाउने तालिम

    प्रमुख प्रतिपक्षी दल नेकपा (माओवादी केन्द्र) को महिला संगठन अनेमसंघ (क्रान्तिकारी)ले चाँगुनारायणमा सिपयुक्त स्वरोजगार गृहिणी...

    भारतमा नेपाली विद्यार्थीमाथि दमन भएको भन्दै भक्तपुरमा बिरोध प्रदर्शन

    भारतको ओडिसा राज्यको राजधानी भुवनेश्वरस्थित कलिंगा इन्स्टिच्युट अफ इन्डस्ट्रियल टेक्नोलोजी (केआईआईटी) विश्वविद्यालयमा अध्ययनरत एक नेपाली...

    कुकुरलाई हेर्ने दृष्टिकोण बदलौँ !

    “कुकुर” समाजमा हुने अरु प्राणीसरह नै हो । अझ भन्ने हो भने कुकुरको काम अरू...