News Portal

  • दशैंलाई रचनात्मक किसिमले मनाउन आग्रह

    भक्तपुर, १६ असोज
    १२०७ पटक
    भक्तपुर, १६ असोज

    भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले नेपालीहरुको महान् पर्व दशैंलाई रचनात्मक किमिसले मनाउन आग्रह गरेका छन् । देखावटी आडम्बरमा नपरी पर्वलाई समाज विकाशको लागि प्रयोग गर्नसक्नुपर्नेमा उनको जोड छ ।

    बिहीबार वडा नं. ७ को आयोजनामा भएको कौसी खेतीसम्बन्धी तालिमको प्रमाणपत्र वितरण तथा बडादशैंको शुभकामना आदानप्रदान कार्यक्रममा बोल्दै प्रमुख प्रजापतिले दशैँ दशा बन्नु नहुने बताए । दशैँको बेलामा जथाभावी खानु नहुने पनि उनको सुझाव छ ।

    दशैँको समयमा स्वस्थ खानपानमा ध्यान दिनु आवश्यक भएको उनको भनाइ छ । भक्तपुर अस्पतालमा कर्मचारी समायोजनका कारण विशेषज्ञ डाक्टरहरुको अभाव भइरहेकोले बिरामीहरु समस्यामा परेको प्रमुख प्रजापतिले प्रष्ट पार्दै बिरामी बन्ने सम्भावना बाट बच्नुपर्ने बताए । प्रमुख प्रजापतिले भक्तपुर क्यान्सर अस्पतालको व्यवस्थापनको निम्ति भक्तपुर नगरपालिकाको नेतृत्वमै अस्पताल सञ्चालन हुने जिकिर गरे ।

    उक्त अवसरमा उनले कौसी खेतीले अर्गानिक तरकारीको आपूर्ती हुने र स्वस्थ रहन मद्दत मिल्ने दावी गरे । भक्तपुर नगरपालिकाले सबै वडामा कृषकहरुलाई लक्षित गरी विभिन्न उपयोगी तालिमहरु सञ्चालन गरी किसानहरुलाई आवश्यक तरकारीहरु कौसीकै जग्गामा उत्पादन गर्न सक्षम बनाएको उनको दावी छ।

    कौसी खेती कम जग्गामा बढी उत्पादन गर्ने वैकल्पिक उपाय भएको बताउदै नगर प्रमुख प्रजापतिले कृषि विज्ञहरुको सल्लाहमा मात्र विषादी र किट्नाशक औषधिको प्रयोग भए जोखिम न्युनीकरणमा सहयोग पुग्ने बिस्वास व्यक्त  । उहाँले नेपाल सरकारले प्रदान गर्दै आएको अनुदान वास्तविक किसानले प्राप्त गर्न नसकिरहेकोमा आपत्ति समेत जनाएका थिए ।

    उक्त अवसरमा भक्तपुर नपा वडा नं. ७ का वडाध्यक्ष उकेश कवांले कौसी खेतीले वातावरण सफा गर्नुका साथै ताजा तरकारी उपभोग गर्न पाइने बताए । आफूले सिकेको तालिमको प्रयोग गरी टोल–छिमेकमा पनि कौसी खेतीबारे शिक्षित गर्न प्रेरित गर्दै वडाध्यक्ष कवांले स्वस्थ जीवनको लागि नियमित शारीरिक व्यायाम र खेलकुदका गतिविधिमा सक्रिय हुनुपर्ने अवाश्यकता औल्याए ।

    भनपा वडा नं. ३ का वडाध्यक्ष एवम् कृषि समितिका संयोजक राजकृष्ण गोराले भक्तपुर नगरपालिकाले सञ्चालन गरिरहेको कृषि तालिमहरुबारे जानकारी गराउदै कृषि पेशा सम्मानित पेशा भएको धारणा व्यक्त गरे ।

    कौसी खेती तालिमका प्रशिक्षक एवम् कृषि विज्ञ सबिन ख्याजुले मानव स्वास्थ्यको लागि विषादी प्रयोग निकै हानिकारक भएको, विषादीको प्रयोग आर्थिक र स्वास्थ्यको हिसाबले महगो र जोखिमपूर्ण भएकोले किसान तथा व्यवसायीहरु सचेत हुनुपर्नेमा जोड दिएका थिए ।
    कार्यक्रममा नेमकिपा वडा नं. ७ गोल्मढी एकाई समितिका अध्यक्ष बलराम गोसाइँ र ७ वडा पार्टी इन्चार्ज कृष्णगोविन्द खाइजुले कौसी खेती तालिमको महत्व र समसामयिक विचारमा आ–आफ्नो विचार व्यक्त गरेका थिए  ।
    उक्त कार्यक्रममा भनपा वडा नं. ७ का वडा सदस्य हेरा ख्याजु, रञ्जना त्वाती र कृषि समितिका सचिव हरिकृष्ण सुकुपायले दशैंको शुभकामना व्यक्त गर्नुुभयो । कार्यक्रममा प्रमुख अतिथि प्रजापतिले प्रशिक्षक ख्याजु र ३१ जना प्रशिक्षार्थीलाई प्रमाणपत्र वितरण गरेका बताइएको छ ।

    प्रतिकृया दिनुहोस्

    पहिलो पटक प्रधानमन्त्रीको बिपक्षमा मतदान गरेको नेमकिपा यसपटक तटस्थ

    एउटै कार्यकालमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले दुईपटक बिश्वासको मत लिएका छन् । पहिलो पटक विश्वासका...

    युट्युब च्यानललाई कारबाही गर्न प्रहरी र युट्युब कम्पनीलाई पत्राचार गर्दै प्रेस काउन्सिल

    प्रेस काउन्सिल नेपालले पत्रकार आचारसंहिताको चरम उल्लङ्घन गर्ने ३५ वटा युट्युब च्यानललाई विशेष अनुगमनमा राखेको...

    शुक्रबार सम्म मन्त्रीपरिषद बिस्तार

    प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले शुक्रबार सम्म मन्त्रीपरिषद बिस्तार गर्ने भएका छन् । बिश्वासको मत पाएपछि...

    शब्द चयन नमिलेको सभामुख घिमिरेको स्वीकारोक्ति, संसद र प्रेसबीच सुमधुर सम्बन्ध हुनुपर्ने जोड

    प्रतिनिधि सभाका सभामुख देवराज घिमिरेले संसद र प्रेससँगको सम्बन्ध सुमधुर हुनु पर्नेमा जोड दिए ।...

    स्ववियु निर्वाचनमा झडप नियन्त्रण गर्न हवाई फायर

    बाजुराको बूढीनन्दा नगरपालिका -२ कोल्टीस्थित बूढीनन्दा क्याम्पसमा भएको स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचनमा झडप भएको छ...