News Portal

  • भक्तपुर नगरपालिकाको दशैँ शुभकामना कार्यक्रममा महेश बस्नेतको आलोचना

    भक्तपुर, १८ असोज
    २२८८ पटक
    भक्तपुर, १८ असोज

    नेपाल मजदुर किसान पार्टीका केन्द्रीय अध्यक्ष नारायणमान बिजुक्छेँ(रोहित)ले असल कर्म गरेर आफ्ना सन्ततीका लागि असल बाटो देखाउनुपर्ने बताएका छन् ।

    शुक्रवार अध्यक्ष बिजुक्छेंको प्रमुख आतिथ्यतामा भक्तपुर नगरपालिका र नेपाल नगरपालिका एशोसिएसन, भक्तपुर नगरपालिका समितिको संयुक्त आयोजनामा आयोजित दशैँ शुभकामना आदान प्रदान कार्यक्रममा बोल्दै उनले भने,” बालबालिकाले आफ्ना अभिभावकबाट नै कुराहरु सिकिरहेका हुन्छन । उनीहरुलाई राम्रो व्यवहार सिकाउन अभिभावकले गर्ने व्यवहार पनि राम्रो हुनु जरुरी छ ।”

    अभिभावक भ्रष्टाचारी, जड्याहा र जुवातासको अम्मली भएमा त्यस्ता अभिभावकको आचरणले सन्तानमा नकारात्मक असर पुर्याउने र उनीहरुको प्रगतीमा अभिभावकको आचरण बाधक बन्ने बिजुक्छेले बताए । ”आफूले आफ्ना सन्तान बाट जस्तो व्यवहार अपेक्षा गरिन्छ आफूले पनि त्यस्तै व्यवहार गरेर देखाउनुपर्दछ।” उनले भने । सन्तानलाई सदाचारी, अनुशासित र मीठो बोलीयुक्त बनाउनुपर्ने उनको भनाइ छ ।

    उक्त अवसरमा सामाजिक कामलाई महत्व दिनुपर्ने बताएका अध्यक्ष बिजुक्छेंले दशैंलाई मोजमस्ती गर्ने समयको रुपमा नलिई सृजनात्मक काम गरेर मनाउनुपर्नेमा जोड दिए । अध्ययन सस्कृती घट्दै गएको प्रति चिन्ता व्यक्त गर्दै उनले अध्ययन सस्कृती बढाउँन दशैको अवसर पारेर भाषासाहित्य सम्मेलन आयोजना गरिएको र सबैजना त्यसमा सहभागी बन्नुपर्ने बताए ।

    कार्यक्रमका प्रमुख अतिथि बिजुक्छेँले दशैंको समयमा फोहोर व्यवस्थापन चुनौतीपूर्ण हुने हुँदा कर्मचारीहरुले विदाको समयमा पनि सरसफाइलाई निरन्तरता दिनुपर्ने बताउदै कर्तव्यलाई पैसासँग दाज्न नमिल्ने भनेका थिए भने नगरपालिकालाई दशैमा अतिरिक्त कार्य गर्ने सफाई कर्मचारीलाई अतिरिक्त सुबिधा वा सम्मान दिन समेत सुझाव दिएका थिए ।

    समाज राम्रो बनाउन सबैको कर्तब्य भएको भन्दै नेता बिजुक्छेँले नगरलाई राम्रो बनाउन नगरपालिकाले अगुवाई गर्ने बिस्वास व्यक्त गरे ।

    कार्यक्रममा भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले व्यक्तिको क्षणिक गल्तीले जीवनमा ठूलो बर्बादी निम्तिनेमा सचेत पार्दै दशैंको समयमा अवाञ्छित क्रियाकलापबाट टाढा रहनुपर्ने सुझाव दिए । ‘४० वर्ष लगाएर कमाएको प्रतिष्ठा ४० मिनेटमै स्वाहा हुन बेर लाग्दैन । त्यसैले दशैमा रक्सि खाने, जुवातास खेल्ने जस्ता कुलतबाट टाढा रहनु आवश्यक छ । ” प्रमुख प्रजापतिले भने ।

    दशैंको बेलामा स्वास्थ्यको राम्रो खयाल गर्नुपर्ने बताउदै उनले स्वास्थ्यमा हानी पुर्याउने खानेकुरा नखान समेत सुझाव दिएका थिए ।

    चाडबाडको समयमा फोहोर तुलनात्मक रुपमा बढी हुने हुँदा जिम्मेवारीपूर्वक काम गर्न उनले कर्मचारीलाई उक्त अवसरमा निर्देशन समेत दिए । ” जसरी सेना र प्रहरीलाई बिदा हुँदैन त्यसैगरी हामी जनताका सेवकलाई पनि बिदा हुँदैन । दशैँ मनाइरहदा पनि हाम्रो ध्यान नगर सरसफाइमा हुनुपर्दछ ।” उनले भने ।

    जनप्रतिनिधिहरु र कर्मचारीहरुको आपसी समन्वयले मात्र भक्तपुरले काम गरेर देखाउन सकेको जिकिर गर्दै प्रमुख प्रजापतिले त्यही भएर नै आफूहरुले संघ र प्रदेशका कर्मचारी अस्वीकार गरेको खुलासा गरे । संघ र प्रदेशका कर्मचारीले काम नगर्ने भन्दै प्रमुख प्रजापतिले धेरै स्थानीय सरकार त्यही कारण असफल देखिएका समेत दावी गरे ।” अन्य स्थानीय सरकारका धेरै साथीहरु यहाँ आएर कर्मचारीले कामै गरेनन् भन्नुहुन्छ । यसले संघ र प्रदेशका कर्मचारी नलिने हाम्रो निर्णयलाई पुष्टि गरेको छ ।” उनले भने ।

    भक्तपुर क्षेत्र नम्बर २ का प्रतिनिधि सभा सदस्य महेश बस्नेत प्रति लक्षित गर्दै उक्त अवसरमा प्रमुख प्रजापतिले भक्तपुर नगरपालिकाको काम देख्नै नसक्ने नेता पनि भक्तपुरमै भएको भन्दै आफूलाई अचम्म लाग्ने गरेको खुलासा गरे । देशभरबाट भक्तपुर नगरपालिकाको प्रसंसा भैरहेको र धेरै स्थानीय तहले भक्तपुर नगरपालिका भ्रमण गरी यहाँको सिको गर्न खोजेको दावी गर्दै प्रमुख प्रजापतिले भने, ”भक्तपुरका एक युवा संघका सांसदले सार्वजनिक रुपमै भक्तपुर नगरपालिकाको जस्तो कलेज आफ्नो युवा संघको उपाध्यक्षले नै खोलेर देखाएको अभिव्यक्ति दिनु निकै टिठलाग्दो छ ।”गुन्डूमा महँगो शुल्कमा व्यक्तिले नाफाका लागि खोलेको कलेजलाई भक्तपुर नगरपालिकाको कलेजसंग तुलना गर्नेको स्तर हामीले होइन दुनियाँले आफै मूल्यांकन गर्छ ।” प्रमुख प्रजापतिले भने ।

    बस्नेतको नाम नलिई प्रमुख प्रजापतिले आक्रोसित हुँदै उनले भक्तपुर नगरपालिकालाई देखि नसहेको दावी गरेका थिए ।

    उक्त अवसरमा नगरपालिकाकी उपप्रमुख रजनी जोशीले केन्द्रीय सरकारको भिजिट ट्वान्टी ट्वान्टीको अवसर पारेर भक्तपुर नगरपालिकाले भक्तपुर महोत्सव गर्न लागेको बताउदै भक्तपुरको बिकासमा यसको दीर्घकालीन महत्व हुने बताइन । कार्यक्रममा वडा नं. ९ का वडाध्यक्ष रविन्द्र ज्याख्वले भक्तपुर नगरपालिका शिक्षा र स्वास्थ्य क्षेत्रलाई प्रमुख प्राथमिकतामा राखेर अगाडि बढिरहेको र यसलाई नमूना नगरपालिकाको रुपमा विकास गर्दै जानुपर्नेमा जोड दिए । उक्त अवसरमा वडाध्यक्ष ज्याख्वले भक्तपुर क्यान्सर अस्पताललाई नगरपालिकाले हेर्न थालेपछि सुधार भएको दावी गरेका थिए भने भक्तपुर अस्पतालमा डाक्टरको अभाव देखिएकोबारे बताउदै त्यहाँको कर्मचारीले गरेकाे भ्रस्टाचारबारे जानकारी गराएका थिए ।

    नयाँ प्रमुख प्रशासकीय अधिकृत दिपक कोइरालालाई स्वागत र निर्वमान प्रमुख प्रशासकीय अधिकृत यामलाल अधिकारीलाई बिदाईसमेत गरिएको उक्त कार्यक्रममा उनीहरुले भक्तपुर नगरपालिका स्वायत्तताको उत्कृष्ट नमूना भएको भनेका थिए भने नेपाल नगरपालिका एसोसिएसन, भक्तपुर नपाका अध्यक्ष गौतम प्रसाद लासिवाले कर्मचारी लोभीपापी नहुँदा धेरै काम गर्न सकिने भन्दै भक्तपुरमा भएका कामबारे चर्चा गरेका थिए ।

    प्रतिकृया दिनुहोस्

    सुडालमा शुक्रवार पनि ७ सय एभोकाड़ोको विरुवा वितरण

    चाँगुनारायण सिटी एभोकाड़ो सिटी अभियान अन्तर्गत अभिन्ताहरुले चाँगुनारायण-८ सुडालमा विरुवा वितरण गरेका छन् । शुक्रवार...

    अन्नु श्रेष्ठ मिस भक्तपुर डिभाको ताज पहिरीन सफल, पछिपछि प्रतिक्षा र माला

    miss bhaktapur diva

    मिस भक्तपुर डिभाको ताज पहिरीन अन्नु श्रेष्ठ सफल भएकी छन् । शुक्रवार सम्पन्न प्रतिष्पर्धाको अन्तिम...

    आइतबार उपत्यकाका सबै स्थानीय तहमा बिदा

    bida

    आइतबार उपत्यकाभित्रका सबै स्थानीय तह र स्थानीय तह मातहतका निकायमा सार्वजनिक बिदा हुने भएको छ...

    मिस भक्तपुर डिबाको फाइनल शुक्रवार

    मिस भक्तपुर डिबाको फाइनल शुक्रवार हुने भएको छ । प्रतियोगिताको फाइनल चरणमा ११ प्रतियोगी रहेका...

    देकोचामा बसको ठक्करबाट ज्यान गुमाएका मानिसको खुलेन पहिचान

    भक्तपुरको देकोचामा मंगलबार यात्रुबाहक बसको ठक्करबाट ज्यान गुमाएका मानिसको पहिचान हुन सकेको छैन । बुधबार...