News Portal

  • थिमीमा दशैँकाे मौका पारी अर्काको गोरु चोरी काट्ने ४ जना पक्राउ

    १८६६ पटक

    भक्तपुर प्रहरीले दशैँकाे मौका पारी मासुको लागि गोरु चोरी गरी काट्ने मानिसहरुलाई पक्राउ गरी अनुसन्धान गरिरहेको छ । दशैँको द्वादशीका दिन गोरु काटी भाग लगाउदै गरेको अवस्थामा ४ जना पक्राउ परेका हुन् ।

    मध्यपुर थिमी नगरपालिका- १ मनोहरामा गोठमा बाँधेको बहर गोरू चोरी मनोहरा खोला छेउमा उक्त गोरू काटी भाग लगाउदै गरेको अवस्थामा महानगरीय प्रहरी वृत्त ठिमीको प्रहरी टोलीले उनीहरुलाई तत्कालै पक्राउ गरेको थियो । पक्राउ पर्नेमा पाँचथर जिल्ला स्थायी घर भै मनोहरामा बस्दै आएका जगत कुमार थापा मगर, नरेश लिम्बु, बसन्त लिम्बु र सागर भन्ने सन्त कुमार बेघा रहेको महानगरीय प्रहरी परिसर भक्तपुरका सूचना अधिकारी रहेका डीएसपी रेवती रमण पोखरेलले पुष्टी गरेका छन् ।

    उनीहरुलाई मासु काट्न प्रयोग भएका औजारहरु सहित असोज २३ गते नै नियन्त्रणमा लिइएको र मंगलवार जिल्ला अदालत भक्तपुरले पशुपंक्षी सम्बन्धि कसुरमा २३ गतेबाटै लागु हुने गरी म्याद थप गरिदिएको पोखरेलले बताए । पक्राउ परेका चारै जना उपर आवश्यक अनुसन्धान कार्य भईरहेको उनको भनाइ छ ।

    प्रतिकृया दिनुहोस्

    यात्रुवाहक सवारीका लागि सोमबारदेखि रुट परमिट खुला

    भक्तपुर । सरकारले यात्रुवाहक सवारीका लागि सोमबारदेखि रुट परमिट खुला गरेको छ । घटस्थापनादेखि पूर्णिमाको...

    डिपी ढकालको प्रश्न-आफ्नै महानगर जलिरहँदा एक बाल्टिन पानी बोकेर निस्कन नसक्नेलाई नायक बनाएर के पाइन्छ?”

    DP dhkal

    भक्तपुर । नेकपा (माओवादी केन्द्र) का केन्द्रीय सदस्य डिपी ढकालले देशलाई रुपान्तरण गर्ने काम कुनै...

    जनप्रतिनिधि र कर्मचारीलाई निजी विद्यालयमा लगानी गर्न रोक्नुपर्छ : महानिर्देशक काप्री

    ललितपुर । शिक्षा तथा मानव श्रोत विकास केन्द्रका महानिर्देशक कृष्णप्रसाद काप्रीले सार्वजनिक शिक्षामा सुधार गर्न...

    जेन-जी आन्दोलनमा भक्तपुरका पत्रकारमाथि आक्रमण र दुर्ब्यवहारको निन्दा

    भक्तपुर । जेन–जी पुस्ताले गरेको आन्दोलनका क्रममा भक्तपुरमा प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता कुण्ठित भएको प्रति...

    इजरायली बन्दीहरूको ‘बिदाई तस्वीर’मा विपिन जोशी पनि

    भक्तपुर । हमासको सशस्त्र शाखाले गाजामा राखिएका ४८ इजरायली बन्दीहरूको ‘बिदाई तस्वीर’मा नेपालका विपिन जोशीको...