News Portal

  • ठिमीमा जीपले ठक्कर दिँदा एक पैदल यात्रुको मृत्यु

    भक्तपुर, ३० असोज
    १६९२ पटक
    भक्तपुर, ३० असोज

    भक्तपुरमा बोलेरो जीपको ठक्करबाट एक पैदल यात्रुको मृत्यु भएको छ । मृत्यु हुने पैदल यात्रु ७६ वर्षिया लक्ष्मी देवी भट्टराई हुन् ।

    मध्यपुर थिमी नगरपालिका-४ एसएस चोकमा बा १४ च १६८६ नं. को बोलेरोले बिहान ०७:१५ बजे ठक्कर दिंदा उनको ज्यान गएको हो । ओखलढुङ्गाकाे लिखु गाउपालिका- ६ स्थायी घर भई हाल मध्यपुर ठिमी-४ एस.एस. चोक बस्ने भट्टराईलाई उपचारको लागि मध्यपुर अस्पताल लगिएको थियो । अस्पतालले उनलाई ०७:३५ बजेको समयमा मृत घोषित गरिदिएको महानगरीय प्रहरी परिसर भक्तपुरका सूचना अधिकारी रहेका डीएसपी रेवतीरमण पोखरेलले बताए ।

    बोलेरो र बोलेरो चालक काभ्रे बेथानचोक-३ घर भई हाल काभ्रे भैसेपाटी बस्ने बर्ष २४ को बिनोद घिमिरे महानगरीय प्रहरी वृत्त ठिमीको नियन्त्रणमा रहेको बताइएको छ । घटनाको थप अनुसन्धान कार्य भईरहेको प्रहरीको भनाइ छ ।

    प्रतिकृया दिनुहोस्

    मध्यपुर थिमिमा जेष्ठ नागरिक र गर्भवतीलाई नि:शुल्क वडागत स्वास्थ्य सेवा शुरु

    भक्तपुरको मध्यपुर थिमि नगरपालिकाले जेष्ठ नागरिक र गर्भवती महिलाहरुको लागि नि:शुल्क वडागत स्वास्थ्य सेवा शुभारम्भ...

    साथीको घरमा युवकको शव फेला

    भक्तपुरको चाँगुनारायण– ४ मा एक युवक मृत फेला परेका छन् । १९ वर्षीय निरोज लामा...

    चाँगुनारायणमा ५० जनालाई झोल साबुन बनाउने तालिम

    प्रमुख प्रतिपक्षी दल नेकपा (माओवादी केन्द्र) को महिला संगठन अनेमसंघ (क्रान्तिकारी)ले चाँगुनारायणमा सिपयुक्त स्वरोजगार गृहिणी...

    भारतमा नेपाली विद्यार्थीमाथि दमन भएको भन्दै भक्तपुरमा बिरोध प्रदर्शन

    भारतको ओडिसा राज्यको राजधानी भुवनेश्वरस्थित कलिंगा इन्स्टिच्युट अफ इन्डस्ट्रियल टेक्नोलोजी (केआईआईटी) विश्वविद्यालयमा अध्ययनरत एक नेपाली...

    कुकुरलाई हेर्ने दृष्टिकोण बदलौँ !

    “कुकुर” समाजमा हुने अरु प्राणीसरह नै हो । अझ भन्ने हो भने कुकुरको काम अरू...