News Portal

  • भक्तपुर मेडिकल कलेजसहितको विश्वविद्यालय सञ्चालन गर्ने पहिलो नगर सरकार बन्ने

    भक्तपुर, २ कात्तिक
    २८२३ पटक
    भक्तपुर, २ कात्तिक

    भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले भक्तपुर नगरपालिका मेडिकल कलेजसहितको विश्वविद्यालय सञ्चालन गर्ने पहिलो नगर सरकार बन्ने बताएका छन् । सरकारले पक्षपात नगरी ख्वप विश्वविद्यालय स्वीकृति दिएको खण्डमा भक्तपुर नगरपालिका मेडिकल कलेजसहितको विश्वविद्यालय सञ्चालन गर्ने पहिलो नगर सरकार बन्ने नगर प्रमुख प्रजापतिले बताएका हुन् ।

    भक्तपुर-३ बोलाछेँ स्थित सामूहिक बचत तथा ऋण सहकारी संस्थाको २२ औं स्थापना दिवसको अवसरमा आयोजित सभालाई शनिवार सम्बोधन गर्दै नेमकिपाका केन्द्रीय सदस्य समेत रहेका नगर प्रमुख प्रजापतिले भक्तपुर नगरपालिका मेडिकल कलेजसहितको विश्वविद्यालय सञ्चालन गर्ने तयारी अवस्थामा रहेपनि विश्वविद्यालय सञ्चालनको स्वीकृती पाउन नसकेको बताए । भक्तपुर नगरपालिकाले विश्वविद्यालय स्वीकृती पाएमा ज्यादै न्यून शुल्कमा डाक्टर उत्पादन गर्न सकिने र यसले स्वास्थ्य सेवामा सकारात्मक प्रभाव पार्ने उनको जिकिर छ ।

    नगरपालिकाद्वारा सञ्चालित विभिन्न कलेजहरुले भक्तपुरका परिवारै पिच्छे इन्जिनियर, नर्स, बैंकर लगायतका देशको लागि आवश्यक दक्ष जनशक्ति तयार गरिरहेको दावी गर्दै प्रमुख प्रजापतिले शिक्षालाई नगरपालिकाले महत्वका साथ् अघि बढाएको बताए । शिक्षाको विकाशबाट अन्य क्षेत्र आफै लाभान्वित हुने भन्दै उनले उच्च शिक्षामा मात्र नभई प्रत्येक वडामा सुविधासम्पन्न शिशुस्याहार केन्द्रहरु सञ्चालनमा समेत नगरपालिका जुटिरहेको जानकारी गराए ।

    सामूहिक बचत तथा ऋण सहकारी संस्थाको २२ औं वार्षिकोत्सवको अवसरमा शनिबार ३१ जना ज्येष्ठ नागरिक तथा एसईई उत्तीर्ण विद्यार्थीहरुलाई सम्मान गरिएको थियो । कार्यक्रममा भक्तपुर-३ का वडाध्यक्ष राजकृष्ण गोरा,भक्तपुर जिल्ला बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष कृष्णगोविन्द लाखाजु, सस्थाका अध्यक्ष धनेशराज राजोपाध्याय, संस्थापक अध्यक्ष श्यामप्रसाद मुनंकर्मी, उपाध्यक्ष राजाभाई भेले र सचिव विष्णुगोपाल खिम्बाग लगायतले आ–आफ्नो धारणा व्यक्त गरेका थिए ।

    प्रतिकृया दिनुहोस्

    भक्तपुर आए आधा दर्जन सहसचिव

    भक्तपुर । नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठानका प्रशिक्षार्थी रहेका निजामती सेवाका सहसचिवहरुले भक्तपुर नगरपालिकाको अध्ययन भ्रमण...

    बनेपाको अग्नी सहकारी पीडितलाई उजुरी गर्न एक हप्ताको समय

    काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका–८ सिनागालमा अवस्थित ‘अग्नी बचत तथा ऋण सहकारी संस्था लिमिटेड’सँग सम्बन्धित...

    इप्सन भक्तपुरको वादविवादमा यी भए अगाडि

    भक्तपुर । शिक्षा अब केवल परीक्षाको अङ्कमा मात्र सीमित रहेन, तर्क, विचार र अभिव्यक्तिको पनि...

    ललितपुरमा राधा–लक्ष्मण क्रियाशील पत्रकारिता पुरस्कार स्थापना

    ललितपुर, २२ साउन २०८२ । नेपाल पत्रकार महासंघ, जिल्ला शाखा ललितपुरले पत्रकारितामा सक्रिय योगदान पुर्‍याउने...

    मध्यपुर थिमिमा जेष्ठ नागरिक र गर्भवतीलाई नि:शुल्क वडागत स्वास्थ्य सेवा शुरु

    भक्तपुरको मध्यपुर थिमि नगरपालिकाले जेष्ठ नागरिक र गर्भवती महिलाहरुको लागि नि:शुल्क वडागत स्वास्थ्य सेवा शुभारम्भ...