News Portal

  • प्रधानमन्त्री ओलीद्वारा देशकै पहिलो सुरुङमार्गको शिलान्यास

    काठमाडौ, ४ कात्तिक
    १३९८ पटक
    काठमाडौ, ४ कात्तिक

    प्रधानमन्त्री केपी शर्मा ओलीले सुरुङ मार्ग शिलान्यास गरेका छन । उनले नेपालकै पहिलो नागढुङ्गा–सिस्नेरी सुरुङमार्ग शिलान्यास गरेका हुन् ।

    सोमबार चन्द्रागिरि नगरपालिका-१ टोटेपाखामा प्रधानमन्त्री ओलीले उक्त सुरुङमार्ग शिलान्यास गरे । जापान अन्तर्राष्ट्रिय सहयोग नियोग जाइकाको ०.०१ प्रतिशत सहुलियत ऋण सहयोगमा शुरु गरिएको सो सुरुङ मार्गका लागि रु २२ अर्ब लाग्ने अनुमान गरिएको छ । त्यसका लागि जाइकाले रु १६ अर्ब सहयोग गर्ने र बाँकी ६ अर्ब नेपाल सरकारले आन्तरिक स्रोतबाट परिचालन गर्ने जनाइएको छ ।

    प्रवेश मार्गसहित ५.५६ किमि सुरुङमार्ग चार वर्षभित्र निर्माण सम्पन्न गर्ने लक्ष्य राखिएको छ ।

    यसअघि जलविद्युत् र खानेपानी आयोजनाका लागि लागि सुरुङ निर्माण भए पनि यातायात नै सञ्चालन हुने गरी पहिलोपटक सुरुङमार्ग बन्न लागेको हो ।

    सुरुङमार्ग शिलान्यास कार्यक्रममा बोल्दै प्रधानमन्त्री ओलीले यो पछि नागढुंगाबाट सुरुङ खोलेर पाँच मिनेटमै चित्लाङ पुर्‍याउने पनि दाबी गरे। उक्त अवसरमा उनले विपक्षीलाई इंकित गर्दै केहि मानिसहरु कुरा काटेर फुर्सद नपाइरहेका बेला सरकारलाई काम गरेर फुर्सद नभएको जिकिर गरेका थिए ।

    प्रधानमन्त्री ओलीले देश विकाशको गतिमा रहेकोले कसैले यसलाई रोक्न दुस्साहस गर्नु नहुनेमा जोड दिएका थिए ।”यो कसैको निजी सुरुङ होइन, हामी सबैको साझा हो । त्यसैले सबै मिलि तोकिएको समयमै निर्माण पुरा गर्नु/गराउनु पर्छ ।’ उनले भने ।

    प्रतिकृया दिनुहोस्

    हनुमन्ते खोलामा सेनाका हवल्दारको शव फेला

    भक्तपुर । भक्तपुर-१, सल्लाघारी स्थित हनुमन्ते खोलामा शव फेला परेको छ । दिउँसो करिब साढे...

    भक्तपुर आए आधा दर्जन सहसचिव

    भक्तपुर । नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठानका प्रशिक्षार्थी रहेका निजामती सेवाका सहसचिवहरुले भक्तपुर नगरपालिकाको अध्ययन भ्रमण...

    बनेपाको अग्नी सहकारी पीडितलाई उजुरी गर्न एक हप्ताको समय

    काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका–८ सिनागालमा अवस्थित ‘अग्नी बचत तथा ऋण सहकारी संस्था लिमिटेड’सँग सम्बन्धित...

    इप्सन भक्तपुरको वादविवादमा यी भए अगाडि

    भक्तपुर । शिक्षा अब केवल परीक्षाको अङ्कमा मात्र सीमित रहेन, तर्क, विचार र अभिव्यक्तिको पनि...

    ललितपुरमा राधा–लक्ष्मण क्रियाशील पत्रकारिता पुरस्कार स्थापना

    ललितपुर, २२ साउन २०८२ । नेपाल पत्रकार महासंघ, जिल्ला शाखा ललितपुरले पत्रकारितामा सक्रिय योगदान पुर्‍याउने...