सत्तारुढ दल नेकपाकी नेत्रृ रहेकी तत्कालिन नेकपा (एमाले)केन्द्रीय सदस्य एवं दाेश्राे संविधान सभाकी सदस्य कमला सुवेदीको निधन भएको छ । रामेछाप घर भएकी सुबेदी भक्तपुरको कौसल्टारमा बस्दै आएकी थिइन् ।
उनी ब्रेन ट्युमरको बिरामी थिइन् । शनिवार बिहान निधन भएपछि उनलाई पशुपतिको आर्यघाटमा दाहसस्कारको लागि पुर्याइदै गरेको पारिवारिक श्रोतले जनाएको छ ।
५० वर्षिया सुबेदीका श्रीमान्, १ छोरा र १ छोरी छन् ।
अपडेट
नेत्रृ सुवेदीको निधन भएपछि नेकपाका शिर्ष नेताहरु आर्यघाट पुगेका छन् । नेकपाका नेता एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले उनलाई पार्टीको झण्डा ओढाएर अन्तिम श्रद्धान्जली दिएका छन् । अन्तिम श्रद्धाञ्जली अर्पण गर्न पार्टीका महासचिव विष्णु पौडेल, अष्टलक्ष्मी शाक्यलगायतका नेता कार्यकर्ताहरु आर्यघाट पुगेका छन् ।