News Portal

  • भक्तपुर आएर प्रचण्डले भने : नेपाल संवतकै पात्रो अब देशभर चलाउनुपर्छ

    भक्तपुर, १० कात्तिक
    ३३०५ पटक
    भक्तपुर, १० कात्तिक

    सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफू प्रधानमन्त्री भएको बेलामा नेपाल संवतलाई राष्ट्रिय मान्यता दिलाएको स्मरण गर्दै अब यसलाई आधिकारिक पात्रोको रुपमा देशभर प्रचलनमा ल्याउन पहल गर्ने प्रतिवद्धता प्रकट गरेका छन् ।

    नेवा: मुक्ति मोर्चा नेपा:केन्द्रिय समितिद्वारा भक्तपुरको ठिमीमा नेपाल संवतका प्रवर्तक राष्ट्रिय विभुती शंखधर साख्वाको प्रतिमामा माल्यार्पणपछि आयोजित नयाँ वर्ष ११४० को शुभकामना आदानप्रदान कार्यक्रमलाई सम्बोधन गर्दै पूर्वप्रधानमन्त्री समेत रहेका अध्यक्ष प्रचण्डले नेपाल संवतलाई आधिकारिक पात्रोकोरुपमा देशभर चलाउने प्रतिवद्धता प्रकट गरेका हुन् ।

    शंखधर साख्वाले सामन्तबाट सर्वहारा वर्गले लिएको ऋण मोचन गरेको ऐतिहासिकतासंग सम्बन्धीत रहेकाले न्यायप्रेमीहरुको लागि यसको ठूलो महत्व भएको अध्यक्ष प्रचण्डले बताए । ” शंखधर साख्वाबाट प्रभावित भएर नै मैले आफ्नो क्याबिनेटबाट नेपाल संवतलाई राष्टिय संवतको मान्यता दिलाएकाे थिए र त्यसै दिन गरीव जनताले लिएको ३० हजार सम्मको ऋण मिनाहा गर्ने निर्णय समेत गरिएको थियो ।” उनले भने ।

    आफू र आफ्नो पार्टी समाजवादको यात्रामा रहेको जिकिर गर्दै अध्यक्ष प्रचण्डले शंखधर साख्वाको आदर्शबाट प्रेरणा लिएर अघि बढ्ने बताए । नेपाल संवत नेवा: समुदायको मात्र नभई देशकै सम्पत्ति भएको भन्दै उनले यसलाई सबै नेपालीको साझा संवतको रुपमा देशभर लागू गर्न सबैको निस्वार्थ साथ् रहनुपर्ने आवश्यकता औल्याएका थिए ।

    एक फरक राजनीतिक प्रसंगमा बोल्दै उनले नेकपाको दुई तिहाइको सरकारलाई कमजोर गराउन र पार्टीलाई बदनाम बनाउन पुरातनबादी र प्रतिक्रियाबादी देशीबिदेशी तत्वहरु सक्रिय रहेको समेत खुलासा गरे । पार्टी टुटाउन र नेता फुटाउन खोज्ने तत्वको सबैले प्रतिवाद गर्न जरुरी भएको समेत उनले भने ।

    कार्यक्रममा मध्यपुर थिमी नगरपालिकाका प्रमुख एवं नेकपाका नेता मदन सुन्दर श्रेष्ठले ठिमीमा स्थानीय जनताकै पहलमा राष्ट्रिय बिभुती शंखधर साख्वाको प्रतिमा स्थापना भएको उल्लेख गर्दै इतिहासलाई सम्मान गरेर नै वर्तमान सुन्दर हुने बताएका थिए ।  पार्टीले नेवा: समुदायबाट सक्रिय नेताहरुलाई अवसर दिन कन्जुस्याई गरेको उनको गुनासो रहेको थियो ।

    नेवा: मुक्ति मोर्चाका अध्यक्ष दिलिप महर्जनको अध्यक्षतामा संचालित उक्त शुभकामना आदानप्रदान कार्यक्रमको संचालन मोर्चाका महासचिव देवेन्द्र श्रेष्ठले गरेका थिए । कार्यक्रममा नेकपाका स्थायी समिति सदस्य अग्नी सापकोटा, पोलिटब्युरो सदस्य हितमान शाक्य, भक्तपुर इन्चार्ज दिलिप प्रजापति, भक्तपुर अध्यक्ष बचन देउजा, प्रतिनिधि सभा सांसद महेश बस्नेत, प्रदेश नम्बर ३ का आन्तरीक मामिला तथा कानुन मन्त्री शालिकराम जमरकट्टेल, प्रदेश सभा सांसद प्रतिमा श्रेष्ठ, शशिजंग थापा, राजेन्द्रमान श्रेष्ठ, सरस्वती बाटी त्यसैगरी स्थानीय तहका प्रमुख र उपप्रमुखहरु, शहिद तथा बेपत्ता परिवारका प्रतिनिधि लगायत अतिथिको रुपमा उपस्थित रहेका थिए ।

    प्रमुख अतिथि अध्यक्ष प्रचण्ड एवं अन्य अतिथिहरुले राष्ट्रिय बिभुती शंखधर शाख्वाको शंखधर चोक स्थित प्रतिमामा माल्यार्पण गरेपछि बाजागाजा र झाँकी सहित पुगेको टोली चारदोबाटो नजिक रहेको थिमी बैंक्वेटमा सभामा परिणत भएपछि नयाँ वर्षको शुभकामना आदानप्रदान एवं चियापान कार्यक्रम भएको थियो । कार्यक्रममा नेवा: मुक्ति मोर्चाका नेताकार्यकर्ता, नेकपा भक्तपुरका नेताकार्यकर्ता एवं स्थानीय जनसमुदायको उल्लेख्य उपस्थिति रहेको थियो ।

    नेपाल संवत र शंखधर साख्वा:
    नेपाल संवत नेपालको मौलिक राष्ट्रिय संवत हो। नेपाल संवतका प्रवर्तक शंखधर साख्वा हुन्। उनले नेपालका सबै जनताको ऋण तिरेर नेपाललाई ऋणमुक्त बनाएको दिनको सम्झनामा यो सम्बत शुरु भएको हो।

    किंवदन्ती अनुसार शंखधर ज्यादै चलाख थिए । एक समय उनले घरमा ल्याएको बालुवा चार दिनपछि सुनमा परिणत हुन पुग्यो । त्यो सुन उनले आफ्नो प्रयोगमा नल्याई ऋणमा डुबेका गरीव जनतालाई बाँडे । सुन पाएपछि जनताले आफ्नो ऋण तिरेर ऋणमुक्त भै आनन्दको जीवन जीउन पाए । र, ऋणमुक्त भएको दिनदेखि नेपाल सम्बत शुरु भयो ।

    अर्को किंवदन्ती अनुसार शंखधर एक धेरै धनी व्यापारी थिए । एक दिन राजाले शंखधरको सम्पत्तिमाथि अनैतिक कमाइ भएको आशंकामा कब्जा गरे तर पछि त्यो नैतिक कमाइ देखिएपछि उनले फिर्ता पाए । आफ्नो गुमिसकेको सम्पत्ति फिर्ता पाएका शंखधरले त्यो सम्पति ऋणमा डुबेका जनतालाई बाँडे । सबै जनता ऋणमुक्त भए । ऋणमुक्त भएको दिनदेखि नेपाल सम्बत शुरु भयो ।

    शंखधर तल्लो जातका भएको र उनी धनी पनि नभएकोले उनको सम्पत्तिले ऋण तिरेको नभई सामन्त र फटाहाको जाली तमसुक उनको नेतृत्वमा च्यातेर निमुखा जनतालाई ऋण मुक्त गरिदिएको र जनताले जनस्तरमा ऋणमुक्त भएको दिनदेखि नेपाल संवत चलाएको पनि क्रान्तिकारीहरु विस्वास गर्दछन् ।

    नेपालमा औपचारिक रूपले यो संवत चन्द्र शमशेरको कार्यकालसम्म प्रचलनमा रहेको थियो तर तत्कालीन प्रधानमन्त्री चन्द्र शमशेरले बिक्रम संवतलाई चलनमा ल्याएपछि कामकाजको संवतको रुपमा नेपाल संवत विस्थापित हुन पुगेको देखिन्छ ।

    शंखधर साख्वालाई नेपाल सरकारले बिक्रम संवत २०५६ मा राष्ट्रिय विभुती घोषणा गरेको छ भने प्रचण्ड नेतृत्वको सरकारले नेपाल संवतलाई पुन राष्ट्रिय संवतको मान्यता प्रदान गरेको थियो तर अझै पनि कामकाजमा प्रचलनमा आउन नसक्दा नेपाल संवतको गुमेको पहिचान फिर्ता हुन भने सकेको छैन ।

    प्रतिकृया दिनुहोस्

    सुडालमा शुक्रवार पनि ७ सय एभोकाड़ोको विरुवा वितरण

    चाँगुनारायण सिटी एभोकाड़ो सिटी अभियान अन्तर्गत अभिन्ताहरुले चाँगुनारायण-८ सुडालमा विरुवा वितरण गरेका छन् । शुक्रवार...

    अन्नु श्रेष्ठ मिस भक्तपुर डिभाको ताज पहिरीन सफल, पछिपछि प्रतिक्षा र माला

    miss bhaktapur diva

    मिस भक्तपुर डिभाको ताज पहिरीन अन्नु श्रेष्ठ सफल भएकी छन् । शुक्रवार सम्पन्न प्रतिष्पर्धाको अन्तिम...

    आइतबार उपत्यकाका सबै स्थानीय तहमा बिदा

    bida

    आइतबार उपत्यकाभित्रका सबै स्थानीय तह र स्थानीय तह मातहतका निकायमा सार्वजनिक बिदा हुने भएको छ...

    मिस भक्तपुर डिबाको फाइनल शुक्रवार

    मिस भक्तपुर डिबाको फाइनल शुक्रवार हुने भएको छ । प्रतियोगिताको फाइनल चरणमा ११ प्रतियोगी रहेका...

    देकोचामा बसको ठक्करबाट ज्यान गुमाएका मानिसको खुलेन पहिचान

    भक्तपुरको देकोचामा मंगलबार यात्रुबाहक बसको ठक्करबाट ज्यान गुमाएका मानिसको पहिचान हुन सकेको छैन । बुधबार...