News Portal

  • चुनावबाट समाजबाद सम्भव छैन : मेयर प्रजापति

    भक्तपुर, १० कात्तिक
    १६३४ पटक
    भक्तपुर, १० कात्तिक

    भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले चुनावबाट समाजबाद नआउने चर्चा गर्दै त्यसका लागि सिंगो समाजलाई राजनीतिसंग जोड्नुपर्ने आवश्यकता औल्याए ।

    चुनावबाट समाजवाद नआउने कुरा अहिलेको नेकपा सरकारले प्रमाणित गरेको उनको जिकिर छ । संविधानमा समाजवाद उन्मुख लेखेपनि दुई तिहाइको वर्तमान सरकार समाजवाद विमुख बनेको प्रमुख प्रजापतिले बताए ।

    नेपाल मजदुर किसान पार्टीका केन्द्रीय सदस्य समेत रहेका प्रमुख प्रजापतिले नेपाल मजदुर किसान पार्टीले चुनावमा भाग लिएर त्यसको क्रान्तिकारी उपयोग मात्र गरेको जिकिर गरे ।

    नेपाल मजदुर किसान पार्टीको सातौं महाधिवेशनका सन्देशहरुबारे व्याख्या गर्दै नेता प्रजापतिले महाधिवेशनले टोल–टोलमा पुस्तकालय तथा वाचनालय स्थापना र नयाँ पुस्ताको लागि राजनैतिक कक्षा सञ्चालनमा जोड दिएको बताए ।

    भक्तपुर नगरपालिकाद्वारा आयोजित पाँच महिने कृषि प्राविधिक तालिमका प्रशिक्षार्थीहरुलाई आइतबार प्रमाणपत्र वितरण गर्दै उनले उक्त बिचार व्यक्त गरेका हुन् । उक्त अवसरमा उनले नगरपालिकाद्वारा गठित कृषि समितिमार्फत् मौसम अनुसारको उन्नत जातको धान, गहुँ, र आलुको बीउ वितरण गरिरहेको र उत्पादकत्व बढाउनको लागि आवश्यक तालिम संचालन गरिरहेको जानकारी गराएका थिए ।

    उक्त अवसरमा वडा नं. ३ का वडाध्यक्ष तथा कृषि समितिका संयोजक राजकृष्ण गोराले कृषि क्षेत्रमा नयाँ ज्ञान प्रविधिको प्रयोगले उत्पादनमा वृद्धि गर्ने बताएका थिए भने नेपाल क्रान्तिकारी किसान सङ्घ भक्तपुरका गोविन्द दुवालले देशको कृषि उत्पादन बढाउन तालिम प्राप्त प्रशिक्षार्थीहरुको भूमिका रहने बिस्वाश व्यक्त गरेका थिए ।

     

    प्रतिकृया दिनुहोस्

    यात्रुवाहक सवारीका लागि सोमबारदेखि रुट परमिट खुला

    भक्तपुर । सरकारले यात्रुवाहक सवारीका लागि सोमबारदेखि रुट परमिट खुला गरेको छ । घटस्थापनादेखि पूर्णिमाको...

    डिपी ढकालको प्रश्न-आफ्नै महानगर जलिरहँदा एक बाल्टिन पानी बोकेर निस्कन नसक्नेलाई नायक बनाएर के पाइन्छ?”

    DP dhkal

    भक्तपुर । नेकपा (माओवादी केन्द्र) का केन्द्रीय सदस्य डिपी ढकालले देशलाई रुपान्तरण गर्ने काम कुनै...

    जनप्रतिनिधि र कर्मचारीलाई निजी विद्यालयमा लगानी गर्न रोक्नुपर्छ : महानिर्देशक काप्री

    ललितपुर । शिक्षा तथा मानव श्रोत विकास केन्द्रका महानिर्देशक कृष्णप्रसाद काप्रीले सार्वजनिक शिक्षामा सुधार गर्न...

    जेन-जी आन्दोलनमा भक्तपुरका पत्रकारमाथि आक्रमण र दुर्ब्यवहारको निन्दा

    भक्तपुर । जेन–जी पुस्ताले गरेको आन्दोलनका क्रममा भक्तपुरमा प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता कुण्ठित भएको प्रति...

    इजरायली बन्दीहरूको ‘बिदाई तस्वीर’मा विपिन जोशी पनि

    भक्तपुर । हमासको सशस्त्र शाखाले गाजामा राखिएका ४८ इजरायली बन्दीहरूको ‘बिदाई तस्वीर’मा नेपालका विपिन जोशीको...